परिचय:
नेपालको तराई क्षेत्रमा परापूर्वकालदेखि नै बहुसंख्यक रुपमा थारुजाति पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म बसोबास गर्दै आएका छन् । नेपाल सरकारको २०६८ सालको जनगणनानुसार नेपालमा थारुहरुको अधिकारिक संख्या १७,३७,४७० अर्थात् कुल राष्ट्रिय जनसंख्याको ६ दशमलव ८ प्रतिशत रहेका छन् । थारु जाति जनगणनानुसार नेपालको चौथो बहुसंख्यक जातिमा पर्दछ । तर थारुहरु नेपालमा थारुहरुको जनसंख्या २५ लाखभन्दा बढी हुनुपर्ने भन्द्छन् ।
प्राचीन समयमा बाटोघाटोको कमी र बन जंगलले गर्दा बाघ भालुहरुको विगविगीका कारण एक क्षेत्रका थारुहरु अर्को क्षेत्रका थारुहरुसंग आवत-जावत, बोलीचाली, विवाह आदि जस्ता परम्परा एवं संस्कृति आपसमा अवरुद्ध भएकोले सबै एउटै थारु र यसका एउटै भाषा र संस्कृति हुँदाहुँदै पनि फरक स्थानले गर्दा यसका भाषा र संस्कृतिमा केहि भिन्नता पाइन्छ । यहां मध्य र पूर्वी भेगमा पाइने तराईका थारु जातिको विवाह परम्पराको विषयमा चर्चा गरिने भएकोले उक्त शीर्षक नामाकरण गरिएकोछ, तर जुनसुकै क्षेत्रका थारुहरु भएतापनि विवाहको थारु समुदायमा एउटै प्रकारको महत्व हुने गर्दछ ।
विवाह बेहुली पक्षको लागि सुख र द:खको साझा संगम हो । यसमा बेहुली पक्ष दु:खी हुँदाहुँदै पनि आफ्नी छोरी, चेलीबेटीको सुखका लागि खुशी हुने गर्दछ । यो केटी पक्षको लागि एउटा महाअनौठो उत्सव हो जसमा केटी पक्षले दु:खको अनुभूति गर्दागर्दै पनि आफ्ना दु:खलाई एउटा संस्कारिक गीतको रुपमा मात्र सिमित राखेर खुशीपूर्वक यो उत्सवमा भागलिने गरिन्छ । यो बेदनालाई समदौन गीतको रुपमा थारु समाजमा यसरी व्यत गरिन्छस्
“बाबा के कानने गे बेटी मरवा दहलैले, आमा के कानने गे बेटी भिजलै पटोरे ।
दादा के कानने गे बेटी जोडा धोती भिजलै, भौजो के छतिया कठोरे ।।”
अर्थात्, विवाहपछि छोरी विदाई हुने बेलामा उसका बुबा, आमा, दाईहरुलाई यति पीडा हुन्छ कि रुदारुदै आमाको आँशुले आमाको सारी भिज्ने, बुबाको आँशुले मरवा बगिने, दाईको आँशुबाट उसका धोती भिजने र मेरी भाउजू मलाई बिदाई गर्ने समयमा पनि खुशी छिन् जस्ता भावना गीतको माध्यमबाट व्यक्त गरिएको छ । यस प्रसंगलाई मध्यपश्चिम र सूदुरपश्चिमका थारुहरुको गीतमा यसरी व्यक्त गरिन्छ:
“मेरी मोरे रोवय ओन्टी-कोन्टी, बाबा मोर रोवय चौपाला ।
दादा मोरे रोवय डोलीमा ओगंट्के, भौजिक जियोर आनन्द ।।”
अर्थात् मेरी आमा कोन्टीमा (कोठा) रोइरहेकी छिन्, बुबा खाटमा बसेर रोइरहेको छ । दाजु मेरो डोलीमा अडेस लागेर रोएको छ भने मेरी भाउजू मलाई बिदाई गर्ने समयमा खुशी छिन् ।
विवाह पुरुष र स्त्री रुपी दुई आत्माहरुको पारस्परिक मिलन गराउने एउटा महापवित्र सामाजिक बन्धन हो । यो प्रायस् हरेक मानिसको जीवनमा हुने गर्दछ । यो अत्यन्त महत्वपूर्ण बन्धन हो तर यो जति महत्वपूर्ण तथा अत्यावश्यक उत्सव हो त्यतिकै जटील काम पनि हो । किनकि दुई आत्माहरुको जीवनभरिको सुख र दु:खको साधारणत: यही विवाह रुपी बन्धनमा भर पर्दछ । असल गुणयुक्त केटा र केटी (बेहुला र बेहुली) को छनौट भई विवाह उत्सव सम्पन्न हुन सक्यो भने दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ अर्थात् ती दम्पतिहरु जीवनभरि सुखी र खुशी हुन्छन् भने नमिलेका कुराहरु भएका बेहुला-बेहुली बीचमा विवाह भएमा ती जोडीहरु आजीवन दु:खी हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसकारण यो विवाह प्रक्रियालाई सफल बनाउने उद्देश्यले थारु जातिमा बेहुला-बेहुलीको छनौटदेखि विवाह उत्सव सम्पन्न गर्न विभिन्न सामाजिक तथा धार्मिक विधिहरु अपनाउने गरिन्छ । यी महत्वपूर्ण प्रक्रियाहरुमध्ये सबैभन्दा पहिले केटा र केटीको छनौट प्रक्रियालाई यो समाजले अति महत्वपूर्ण प्रक्रियाको रुपमा लिने गरेको पाइन्छ ।
थारु जातिमा प्राय: अभिभावक आयोजित (मांगी) विवाह परम्परा कायम छ अर्थात् अभिभावकहरुले नै केटीको लागि केटा तथा केटाको लागि केटीको छनौट गर्ने र विवाहका लागि महत्वपूर्ण निर्णयहरु लिने र विवाह गरिदिने चलन छ । शायद पहिला-पहिला थारु जातिमा बालविवाहको चलन रहेको हुनाले अहिले पनि अभिभावकहरुले नै केटा-केटीको छनौटदेखि लिएर विवाहको विद (कर्म) व्यवहारको अभिभारा लिनुपर्ने चलन चलिआईरहेको देखिन्छ । हालका दिनहरुमा थारु जातिमा प्रौढ विवाहको चलन आएता पनि प्रायस् धेरैजसो विवाह अभिभावकहरुकै अभिभारामा नै भईराखेको पाइन्छ । थारु जातिमा विवाह प्रक्रिया चाहे बालविवाह होस् वा प्रौढ विवाह, मांगी विवाह होस् वा प्रेम विवाह एउटा दिगो तथा सुखी दाम्पत्य जीवनका लागि केटा-केटी छनौट प्रक्रिया अपनाइने गरिन्छ ।
केटा-केटी छनौट प्रक्रिया: पूर्व र मध्यपूर्व नेपालका तराई भूभागमा बोलिने थारुभाषामा केटीलाई “छौंरी” र केटालाई “छौरा” भनिन्छ । यी “छौंरी” र “छौंरा” शब्दको अर्थ थारु जातिको विवाह परम्परामा बेहुला-बेहुलीको छनौट प्रक्रियाका मार्गदर्शक सरह लिइन्छ ।
यहाँ छौंरी र छौंराको व्यवहारिक अर्थ हुन्छ केटीलाई “छवटा श्रीमान्” र केटालाई पनि “छवटी श्रीमती” चाहिन्छन् अनि मात्रै त्यो विवाह दिगो र सुखी तथा दुई शरीर एक आत्मा सरह हुन सक्छ नत्र दिगो र सुखी सम्पन्न जीवनको कल्पना पनि गर्न सकिदैन । यहाँ केटीको लागि छवटा श्रीमान् र केटाको लागि छवटी श्रीमतीको अर्थ हुन्छ एउटै केटा वा एउटै केटीमा निम्न यी छ-छवटा गुणहरु जस्तै- केटा र केटी-सुन्दर, स्वस्थ, समकालिन, चरित्रवान, पढेलेखेको तथा गुणवान ९२० कुलिनता अर्थात् खानदानी, असल व्यवहारको, सजातीय तर एउटै कूलखान्दानको न भएको, विचारवान, राम्रो समझदारी ९३० आर्थिक सम्पन्नता - धनी, जग्गाजमीन, घर, भौतिक सामग्री, असल जागीर ९४० एक-अर्कालाई माया गर्ने खालको ९५० राम्रो अवस्थिति (सुविधाजनक ठाउँ, राम्रो बाटो-घाटो, असल हावापानी, असल समाज र ९६० राम्रो पारिवारिक स्थिति, युक्त हुनु हो ।
चाहे केटी पक्ष होउन वा केटा पक्ष विवाहको समयमा दुइटै पक्षले अत्यधिक प्रयास गरेर यी उपरोक्त गुणहरु युक्त केटा र केटी खोजी राखेका हुन्छन् । यी गुणहरुकै आधारमा केटी पक्षले केटा र केटा पक्षले केटीको छनौट गर्ने चलन छ ताकि विवाह र विवाहपछि पनि दुवैको दाम्पत्य जीवन सुखद र दिगो होस् । उनीहरुका बुबा-आमा तथा अन्य परिवारजनहरु पनि यो विवाहबाट सन्तुष्ट र खुशी रहुन् । हुनत सबै जोडीहरुको लागि उपरोक्त यी सबै कुराहरु मिल्न सक्नु गाह्रो (भाग्यकै) कुरा हो । त्यसकारण सबै कुराहरु न मिल्दा पनि कही न कही थोरै कुरोमा पनि दुबै पक्षले सम्झौता गर्नुपर्ने बाध्यता हुन्छ र गरिन्छ पनि । तर प्रश्न रहन्छ पछि त्यो जोडी कति समयसम्म सुखी र स्थायी रहन्छरु जोडी राम्ररी मिल्न न सक्दा आपसमा झैझगडा र सम्बन्ध विच्छेद पनि हुने गरेको पाइन्छ । यस किसिमले प्रत्यक्ष-अप्रत्यक्ष रुपबाट यी उपरोक्त कुराहरु नमिलेसम्म एक पक्ष अर्को पक्षको घरदैलोमा जादैनन् । केटाकेटीहरुको दुबै पक्षबाट मोटामोटीरुपमा छनौट भईसकेपछि मात्र अभिभावकहरु केही विशेष जिम्मेवार व्यतिहरु साथ एकपक्ष अर्को पक्षको घरदैलोमा देखासुनी वा उपायपत्रको लागि पुग्दछन् ।
देखासुनी (उपायपत्र):-
देखासुनीको शाब्दिक अर्थ हुन्छ विशिष्टरुपमा केटा र केटीलाई हेर्ने र वास्तविक कुरो सुन्ने । यस कार्यक्रममा गाउँ समाजका केही जान्ने-बुझन्ने खालका भद्र-भलादमीहरु, दुबै पक्षका दुराहरु (लमीहरु) तथा आफ्न्तहरु पनि सहभागी हुन्छन् । औपचारिकरुपमा केटा-केटी हेर्ने व्यवस्था गरिन्छ र सबैका सामु एक पटक फेरि बृहतरुपमा बुझ्नुपर्ने सबै कुरो सोधनी गरिन्छ । यसलाई अर्को शब्दमा उपायपत्र (पक्क-पक्की) पनि भनिन्छ ।
यस कार्यक्रममा खानपानको राम्रो व्यवस्था गरिन्छ । शायद कुटुम्बहरु (पाहुनाहरु) पहिला-पहिला आफ्ना घर आएर पनि होला साथै यति खेर अलिकति पनि व्यवहार राम्रो पाएन भने विवाह सम्बन्ध बिग्रिने धेरै सम्भावना रहन्छ ।
देखासुनीको क्रममा हरेक आवश्यक चीज गहिरिएर हेर्ने र बुझने काम हुन्छ । यस क्रममा घरको बनौट, सरसफाईबाट, घर परिवार, सदस्यहरुको व्यवहारबाट त्यस घरका मानिसहरुको बानी-व्यवहार, आचार-विचार, रहन-सहन बुझने गरिन्छ । यसको साथसाथै दुबै पक्षका दुराहरुबाट आ-आफ्नो पक्षको गोष्ठी (गोत्र-बंशावली) विस्तारमा भन्नु पर्छ । यसबाट केटाकेटी एउटै गोत्र-बंशका हुन् कि होइन भने छुट्याउन मद्घत हुन्छ । केटाकेटी एउटै बंशको भए थारु संस्कृति अनुसार उनीहरुको बीच बिहेवारी हुँदैन । यो गोष्ठी अर्थात् बंशानुगत इतिहासबाट कुन पक्षको इतिहास कति गौरवमय (कुलीन) हो भने कुरो पनि थप थाहा भई कथा (विवाह सम्बन्ध) पक्का गर्न मद्त हुन्छ । यी उपरोक्त सबै कुराहरुको आधारमा कथा पक्का गरिन्छ ।
कथा पक्का गर्न देखासुनी अन्तमा केटीपक्षको घरमा सम्पन्न हुन्छ त्यहाँ कुरो पक्का गर्दां कम से कम एक-एकवटा रुपैया र बेसारमा रंगाएका नौ-नौवटा सुपारी दुबै पक्षले एउटा रुमालमा जम्मा गरेर त्यहाँको समाज मूलत: जेवार (जवाफदेही युक्त व्यतिm) ले दुबै पक्षलाई पालैपालो तीन-तीन पटक कथा पक्का पक्का पक्का सोध्दा दुबै पक्षबाट सबैको सामुने पक्का जवाफ आएमा ती सुपारीहरुलाई पोकोपारी कथा पक्का भएको घोषणा गरी सुपारीको पोको केटी पक्षकोलाई दिइन्छ । सम्भवत: त्यतिखेरै केटातिर घरदेखको दिन पनि औपचारिक रुपमा निश्चित गरिन्छ ।
घरदेख:-
घरदेख विवाहोत्सवको दोश्रो ठूलो चरण हो । यसको शाब्दिक अर्थ हुन्छ केटा र केटीको घर व्यवहार आफ्न्तहरु साथ हेर्नु । यस कार्यक्रमको क्रममा बेहुला र बेहुलीलाई पान चढाउने गरिन्छ । त्यसैले घरदेखलाई पंचढही पनि भनिन्छ । यो काम हुने दिन अर्को पक्ष कहाँबाट घरदेखियाहरु (घरदेखिने पाहुनाहरु) आउँछन् । पाहुनाहरु आएका पक्षको आफ्ना पनि पाहुनाहरु हुन्छन् । घरदेखको क्रममा ठूलै भोज भतेर हुने गर्दछ । प्राय: घरदेखको अवसरमा गाउँमा भोज खुवाउने गरिन्छ । यसमा नयाँ र पुराना गरी दुई किसिमका पाहुनाहरु हुन्छन्: घरदेखिया (घरहेर्न आएका नयाँ) र आफ्ना पुराना पाहुनाहरु ।
घरदेख पहिला केटा पक्षतिर र पछि केटी पक्षतिर हुने चलन छ । घरदेख यदि केटा पक्षतिर छ भने घरदेखको एक दिन अगाबै केटा पक्षबाट एकजना घरदेखिया लिन केटी पक्षको घरमा आउँछ र अर्को दिन केटी पक्षको घरदेखिया पाहुनाहरु साथमा लिएर वा घरदेखिया आउँने कुरो पक्का गरेर केटाको घर फर्की खबर दिन्छ अनि सबै विश्वस्त भई खाने कुरो तयारीमा लाग्छन् । त्यस्तै किसिमले केटीको घरमा पनि घरदेख हुदाँ त्यही प्रक्रिया दोहोरिन्छ ।
घरदेख गर्न जादा केटी पक्षले केटाको लागि र केटा पक्षले केटीको लागि आफना गच्छ र क्षमतानुसार लुगा, घडी, गहना इत्यादि समानहरु लिएर जान्छन् । सम्बन्धित ठाउँमा पुगेपछि त्यहाँ आदर-सत्कारपछि केटारकेटीलाई पान, सुपारी, रुपैया तथा घरबाट लगेका सबै सामग्रीहरु विधिवत चढाइन्छ । यस प्रक्रियालाई चुमौन (पनचढही) भनिन्छ । यो पनि त्यस दिनका ग्रह नक्षत्रको अवस्थितिनुसार केटारकेटीको र पान चढाउँनेको बस्ने व्यवस्था मिलाइन्छ । त्यसपछि खानपीन शुरु हुन्छ ।
नास्ता, खाना खाईसकेपछि यदि घरदेख केटीतिर छ भने घरदेखिया पाहुनाहरु घर फर्कनु पूर्व दुबै पक्षले विवाहको दिन निश्चित गरी दुबै पक्षले नौ-नौवटा सुपारी एउटा थालमा जम्मा गरिन्छन् र त्यस गाउँको जेवार वा भद्रभलादमीहरुले ती जम्मा गरेको सुपारी बेसारमा रंगाई सबै सुपारी एउटा कपडामा राखी दुबै पक्षलाई पालैपालो गरी तीन-तीन पटक कथा बान्हवै कथा बान्हवै कथा बान्हवै सोधने गरिन्छ र उत्तरमा दुबै पक्षले आ-आफ्नो पालोमा बान्हू, बान्हू, बान्हू भनेर जबाफ दिनु पर्छ । यस किसिमले जबाफ बान्हू आएमा जेबारले ती सुपारीहरुको गाँठो बाधेर केटी पक्षलाई हस्तान्तरण गरिन्छ जुन सुपारी विवाहको राती विवाह काम सम्पन्न भएपछि गाँठो फुकाएर जन्तीहरु र समाजहरुलाई खान दिने गरिन्छ ।
यसरी सुपारीको गाँठो बान्धने प्रक्रियालाई लगन गाँठो (लगन बान्हनाई) अर्थात् विवाह हुने कुरो पक्का-पक्की गर्नु हो । समाज, जेवार र भद्रभलादमीको उपस्थिति भनेको साक्षी स्वरुप हो ताकि भोली दुवै पक्ष बीच कुनै फाटो आएमा समाज पनि साक्षी होस् कि कुन सही हो र कुन गलत हो । विवाहमा कुनै किसिमको गडबडी कुनै पक्षबाट भए समाजले पनि ती पक्षहरुलाई विवाह बन्धनको लागि दबाब दिन सकोस् ।
कुमरौन:-
कुमरौन विवाहको एक दिन अगाडि हुने उत्सव हो । यो उत्सव केटा र केटी दुबैतर्फ हुन्छ र दुबैतर्फ एउटै विदहरु (कर्महरु) हुन्छन् तर केटीतर्पm मरवा (मण्डप) बनाउने एउटा काम बढी हुन्छ ।
कुमरौन उत्सवमा विवाहोत्सव सफल पार्ने उद्देश्यले घरको कूल देउतालाई आजका विदहरुमध्ये अन्तिम विदको रुपमा कुमारीपाठी बली दिने व्यवहारले गर्दा आजको उत्सवलाई छोटकरीमा केवल “कुमरौन” भनिन्छ । कुमरौन उत्सवको रुपमा केटा पक्षतिर केवल कासाधान कुट्ने, मुरवाइर गांथने, कस्कुटी गर्ने, लावा भुट्न माटोको चुल्हो तयार गर्ने, कुवा विवाह गर्ने, कत्तराझार विवाह गर्ने र अन्तमा कुमारीपाठीको बली प्रदान गर्ने जस्ता विदहरु सम्पन्न गरिन्छन् भने केटी पक्षतिर यी सबै विदहरुको साथसाथै जगबेदही बनाउने र भोलीको लागि मरवा तयार पार्ने थप काम हुने गरिन्छन् ।
कुमरौनको दिन एकै दिनमा मरवा तैयार हुनु पर्दछ । केटीकै हातको नाप अनुसार मरवाको लम्बाई हुन्छ । मरवाको लम्बाई केटीको हातले प्राय: ७ वा ९ हात लामो अभिभावकको सुविधानुसार राख्ने गरिन्छ । मरवा बनाउने काममा खास गरेर समाजका मानिसहरु सहयोग गरीरहेका हुन्छन् ।
केटीतर्फ घरदेख र कुमरौन एकै दिन पनि राख्न सकिन्छ वा घरदेख पहिले गरेर कुमरौनको दिन कुमरौन मात्रै गर्न सकिन्छ । यदि केटीतर्फ घरदेख र कुमरौन पनि एकै दिन छ भने घरदेख गर्नेहरुले केटीलाई पान चढाई सकेपछि मात्रै मरवा चढाउने काम र कुमरौन उत्सव शुरु हुन्छन् ।
कुमरौन उत्सव सम्पादन गर्न केटीतर्फ दानगर्ने र केटातर्फ पर्छने (पूजागर्ने) दम्पतिहरु दुबै उपबास बसी नुहाई धुवाई गरी दानकरनी (केटी दानगर्ने की श्रीमती) र परछैवाली (केटातर्फ विवाहमा मुख्यपात्रकी श्रीमती)हरु पहिले कासाधान (कासा बनाउनको लागि ल्याएको धान) कुटेर मुरवाइर गाथने (बनाउने) गर्दछन् ।
कासाधान कुट्न पहिले आंगनमा चौका लिपपोत गरी सिन्दुर-पिठार लगाई पूजाको लागि ठीक पारेको ठाउँ) गरेर एउटा नाङ्लोमा धान र सिंगो-सिंगो बेसारका टुक्राहरु, एउटा ओखल र पांचवटा हातेमुसल राम्ररी धोई पखाली चौकामा राखिन्छन् । त्यसपछि पहिले बेहुला वा बेहुलीले हात पछाडि पारेर पांचवटै विदकरनीहरुलाई उनीहरुका आँचलमा एकएक मुठी धान दिन्छन् अनि दानकरनी वा परछैवाली, बेहुला वा बेहुली तथा अन्य चारजना विदकरनीहरु हरेकले पांच-पांच मुठी धान ओखलमा राख्द्छन् र बेहुला र बेहुलीले सबै विदकरनीहरुलाई हातमा एउटा-एउटा मुसल थमाई दिने गरिन्छ ।
सबै विदकरनीहरुले पालै-पालो पांच-पांच पटक धानलाई आप्mनो हातमा भएको मुसलले कुट्दछन् । त्यसपछि दानकरनी वा परछैवालीले धान कुटेर चामल (अच्छत) तयार गर्दछन् । त्यही अच्छता तयार भएपछि मुरवाइर गाथनेकाम, पूजा र केही अच्छतालाई फेरि कुटेर पिठो बनाई पिठोबाट कासा तयार गर्ने गरिन्छ । पहिला मुरवाइर गाथने गरिन्छ र मुरवाइरपछि बेहुलीतिर मरवा खडा गर्ने गरिन्छ । कुमरौनकै दिन १२ बजे पुर्वनै कासाधान कुट्ने र मुरवाइर गाथने तथा मरवा खडा गर्ने काम सक्नु पर्दछ । त्यसपछि मरवा बनाउने थप कामहरु र चुल्हो बनाउने कामहरु अगाडि बढ्दछन् साथै कस्कुटी गर्छ अर्थात् पहिला तयार भएको चावल (अच्छता) बाट कासाधान कुटने विधिनुसार कासा (गिलो लसादार पिठो) कुट्ने काम गरिन्छ ।
मुरवाइर गाथ्नु (तुलसीको मुन्टोबाट माला बनाउनु):-
केटीतर्फ दान गर्ने दम्पतिहरु र केटातर्फ पर्छने दम्पतिहरु उपबास बसी नुहाई कसाधान कुटिसकेपछि डालोमा सबै थोक लिएर देउता घरमा आफ्ना कूल देउताको पूजा गरी देउता अगाडि नै उपबास बसेका दम्पतिहरु दुबैजना तुलसीका मुन्टाहरुबाट तीन-तीनवटा माला बनाई केटी पक्षले एउटा माला केटी (बेहुली) लाई र केटा पक्षकाले एउटा माला केटा (बेहुला) लाई लगाई दिई दुबै पक्षले एउटा-एउटा माला देउता अगाडि र अर्को माला डालोमा राख्ने गर्दछन् । केटी पक्षकाले अर्थात् दानकरनीले त्यही डालोमा राखेको माला बेहुलालाई मुखपरखने (अनुहार हेर्ने) बेलामा बेहुलालाई र केटा पक्षकाले अर्थात् परछनेवालीले पनि बेहुलीको मुखपरखने बेलामा बेहुलीलाई लगाई दिने गरिन्छन् ।
यो तुलसीको माला बनाउन पुरुष पक्षले देब्रे हातको कान्छी औलाको मदतले फानो (गांठो) बनाउने गर्दछ भने महिला पक्षले फानोमा तुलसीको मुन्टा पसाउने (छिराउने) गर्दछिन् । यसरी एउटा मालामा पांच-पांचवटा वा नौ-नौवटाको दरले तुलसीको मुन्टाले माला बनाउने गरिन्छ । कुमरौनको दिन दम्पतिहरु यसरी तुलसीका मुन्टाहरुबाट माला बनाई बेहुलारबेहुलीहरुलाई माला लगाई दिने कामलाई मुरवाइर गाथनाई भनिन्छ । यसरी मुरवाइर गाथने काम सम्पन्न हुन्छ ।
यस किसिमले तयार पारिएको अच्छत र कासालाई डालोमा सजाई आवश्यतानुसार बांकी कामहरु अगाडि बढाइन्छ र त्यसै दिन विवाहमा काम लाग्ने हरेक सामग्रीहरु (दियो, तेल, लरीरधागो, अच्छत, धान, तराजु, तामा, मुरवाइर, पान, सुपारी, काजल, सिन्दुर, तलवार वा केराको गुभो) व्यवस्था गरेर डालोमा राखिन्छ ।
यो विवाह काम सम्पादन गर्न केटीतिर दानकरनी र केटातिर परछैवाली र लवभुजी सहितको पांच जना विदकरनीहरु हुन्छन् । खास गरेर यी व्यति- हरु नजिकका आफ्न्तहरु नै हुन्छन् ।
यसपछि केटीतिर माटोले मरवा पुरने, लिप्ने र पोत्ने कामहरु भई रहन्छन् । घरदेख पनि संगै छ भने झन कामको भार बढी हुने गर्दछ । बेलुकितिर कूल देउतालाई पूजागरी बेहुली वा बेहुला र दानकरनी वा परछैवाली तथा विदकरनीहरु र गीत गाउँनेहरु र अन्य मानिसहरु आवश्यक सबै समानहरु लिएर कुमरौन गर्न कुवामा जान्छन् । त्यहां कुवाबाट पानी झिकी बेहुला वा बेहुलीलाई पिना र चिम्ट्याइलो माटोले कपाल माजी नुहाई दिएर कुवामा पूजा गरिन्छ । पूजाको लागि कुवामा पिठार र सिन्दुरले एउटा गोलो मरी (चित्र) बनाई मरीको मांझमा एउटा सुपारी राखी सुपारीमा बेहुलारबेहुलीले तीन पटक सिन्दुर राख्दछन् । कुवामा पिठार र सिन्दुर लगाइन्छ । त्यसपछि त्यही भएको कतराझार (सिकीको बिरुवा) को जडामा पिठारबाट मरीबनाई मरीको मांझमा सुपारीमा तेल र सिन्दुरले पूजा गरी बेहुलारबेहुलीले देब्रे हातको कान्छी औलाको मदतबाट सिकीको पातमा तीनवटा गांठोपारी सबै दिशामा तीनतीन पटक चिउरा छर्की अरु चिउरा सहभागीहरुमा बाँडी कुवाबाट घर फर्किन्छ । कुवाबाट घर फर्किदा भिजेको कपडा दूईवटा थालमा राखी बेहुलारबेहुलीले त्यो भिजेको कपडाको ओडारमा रही सबै जनासाथ घर फर्किन्छन् । यता घरमा कुमारीपाठी देउतालाई चढाई (पूजागरी) बली दिइन्छ र बेहुला वा बेहुली कुवाबाट घर न फर्किदै पूजा सफा गरी सक्नु पर्छ अनि बेहुला वा बेहुली कुवाबाट फर्किएर देउतालाई ढोगी कुमरौन कर्म समाप्त हुन्छ । यसपछि बलि चढाएको पाठी काटकुट गरी पकाई रातभरी मै सबै मासु खाएर सिध्याउनु पर्छ र बिहान सम्ममा सबै भाडाँकुडाहरु, घरआँगन सफा सुघर, लिपपोत गरी विहानको लागि पवित्र वातावरण तयार गरिन्छ । यही रातीको बिहानीपख काग कराउनु अघि नै फेरि विदकरनीहरु र बेहुलारबेहुली कुवा पुगेर मरवामा राख्ने माटोका लगहैर(पुरहैर (कलशहरु) पानीले भरेर नयाँ पहेलो कपडाले कलशहरु छोपेर मरवामा राख्ने गरिन्छ ।
विवाहको दिन केटीतर्फ मरवा लिपपोत गरी रातीसम्ममा विवाह कार्यक्रमको लागि मरवा तयार गरिन्छ । मरवा सजाउनेहरु पनि मरवा सजाउने काममा दिनभरि व्यस्त हुन्छन् । केटा र केटी दुबैतर्फ बेलुकी विवाह प्रकृया सम्पन्न गर्न आवश्यक पर्ने धानको लावा भुट्न आवश्यक पर्ने माटोको नयाँ चुल्हो तयार गरिन्छ । चुल्हो कुमरौन दिन बनाउन शुरु गरे पनि विवाहको दिनसम्ममा जम्मा दुई दिनमै तयार गर्नु पर्छ । यसरी दिनभरिमा नयाँ माटोको चुल्हो र मरवा सजाई लिपपोत गरी बेलुकी लावा भुट्न र विवाहको लागि मरवा तयार गरिन्छ ।
दिउँसो केटीतर्फ केटीहरु बेहुलीलाई सजाउने, मेहंदी लगाउनेदेखि तेलकसा लगाउने काममा नै व्यस्त देखिन्छन् भने पाहुनाहरु पनि आईराखेका देखिन्छन् । बेहुली घरका मानिसहरु छोरीलाई समानहरु दिएर पठाउने सरसमानहरुको व्यवस्थामा व्यस्त देखिन्छन् । दुबैतिरका घरपरिवारमा आनन्दमय वातावरण हुन्छ । विवाह हुने घरपरिवारका सबै सदस्यहरु खुशी देखिन्छन् ।
थारु समुदायमा बासी मरवा र ताजा लावाको चलन छ । त्यसकारण विवाहको एकदिन अगाडि मरवा तयार गरिन्छ भने विवाहको दिन मात्रै लावा भुट्ने गरिन्छ । विवाहको दिन मरवा तयार भई सजाई सकेको हुन्छ । मरवा र चुल्हो त्यस दिन सात-सात पटक लिपपोत भई प्रयोगको लागि तयार भईसकेका हुन्छन् । जगबेदहीको लागि चारवटा केराको बोट (थाम) र चारवटा खरही उभाई सकेका हुन्छन् ।
आँप विवाह:-
बेलुकी दुबैतिर डालासाजी (डालोमा आवश्यक समानहरु राख्नु) साथमा चिउरा लिएर बेहुलारबेहुली, विदकरनीहरु, गीतहाईरहरु तथा अन्य सहभागीहरु आँप विवाहको लागि खास गरेर आप्mनै स्थानीय जातको आँपको रुख नजिक गएर पहिला रुख नजिक (जडानिर) लिपपोत गरी पिठार र सिन्दुरबाट मरी तयार गरिन्छ । मरीको माझमा पहिला अच्छत राखी त्यसमा सुपारी राखिन्छ र सुपारीमा बेहुलारबेहुलीले तीन तीन पटक सिन्दुर राखी सकेपछि रुखलाई चारै तिरबाट तीन पटक बेहुलारबेहुलीले लरी (पहेलो धागो)ले बेर्दछ । हरेक फेराको (पटक) अन्तमा रुखमा सिन्दुर राख्ने गरिन्छ र हरेक पटक सिन्दुर राख्दा सोध्ने गरिन्छ - के गरिरहेछौं ? र जवाफमा आँप विवाह गरिरहेछु भनि जवाफ दिनु पर्दछ । यस किसिमले तीन फेरा पूरा गरी त्यहा साथ लगेको चिउरा बेहुलारबेहुलीले तिन पटक चारैतिर छर्किन्छ र साथमा लगेको बांकी चिउरा साथमा गएका अन्य मानिसहरु तथा बाल-बच्चाहरुमा प्रसाद बाँड्ने गरिन्छ र आफ्नो घर फकिन्छ । यसरी रुखसंग विवाह गर्ने काम सम्पन्न हुन्छ ।
लावा भुट्ने काम:-
विवाहको दिन बेलुकीपख आँप विवाह गरेर घर फर्केपछि लावा भुट्ने काम शुरु हुन्छ । लावा भुट्नको लागि नयाँ माटोको चुल्हो, धान, कोही, बसनी, बाँसको पंखा, नाङ्लो, कांसको टुप्पोवाला कुचो, लवभुजा बस्नको लागि धानको मैर आँगनमा तयार गरिन्छ । लवभूजा (लावा भुट्ने मुख्य पुरुष पात्र) र लवभुजी (लावा भुट्ने पुरुष पात्र की श्रीमती)हरु पनि नयाँ लुगा लगाएर लावा भुट्न तयार हुन्छन् । चुल्होमा आगो तयार भएपछि नांङ्लोमा भएको धान पहिला बेहुलारबेहुली, लवभुजा, लवभुजी र विदकरनीहरु सबैले हरेक पटक पांचपांच मुठी धान कोही (माटोको बाटुलो सानो भाडो)मा राखि सकेपछि पहिला दुई पटक लवभुजाले र बांकी तीन पटक लवभुजीले लावा भुटेर विवाहोत्सव कामका लागि आवश्यक लावा तयार गर्दछन् । लावा भुटने काम समाप्त भएपछि एउटा दौरा, सिंक, पटै र कोदालो लावा भुट्नेलाई दिई साथमा बेहुलारबेहुली र विदकरनीहरु आफना सबै आवश्यक सामग्रीहरु साथ दूबो भएको ठाउँमा पुग्दछन् । त्यहाँ दूबो सफा गरी पानी छर्की दूबोमा पिठार र सिन्दुरले मरी बनाई त्यस मरीको बीचमा सुपारी राखी सुपारीमा बेहुला-बेहुलीबाट सिन्दुर राख्न लगाई लवभुजाले देब्रे हातबाट कोदालोले एकै पटकमा दूबोमा भएको मरी काटेर आफु लगेको भाडोमा राख्नु पर्छ । अरु आवश्यक मात्राको दूबो ताछेर भाँडोमा राख्दछ र त्यो भाँडो बोकेर घर फर्किन्छ । घरमा ढोकामा एउटा खाल्डो खनी ल्याएको सबै दूबो खाल्डोमा गाडिन्छ जुन दूबो अर्को दिन बिहानै खाल्डोबाट निकाली राम्ररी सफा गरी त्यस दिन दूबैतिर चुमौनको काममा प्रयोग गरिन्छ ।
दूबो ल्याई ढोकामा गाडि सकेपछि लावा भुटने काम समाप्त हुन्छ र त्यसपछि खान-पान शुरु हुन्छ । केटा पक्षतिर जन्ती जानको लागि मान्छे जम्मा गर्ने खुवाउने र जन्ती जान आवश्यक सामग्रीहरु तयार गरिन्छ र निश्चित समयमा जन्तीहरु (बेहुला, नोकनैत, अभिभावकहरु, आफन्तहरु, पाहुनाहरु, अन्य शुभचिन्तकहरु, मित्र तथा संगीसाथी) सबै हर्षोल्लाश वातावरणमा खूब तरकभरक रुपमा रवाना हुन्छन् । रवानाको लागि बेहुला आफना देवदेउताहरु तथा आमाबुबाहरुलाई ढोगी शुभआशीर्वाद लिई आमाले रवाना हुने बेलामा एक लोटा (गिलाश) पानी छोरालाई पियाई आशीर्वाद दिई विवाहको लागि छोरालाई रवाना गरीदिन्छे । जन्ती प्रस्थान गरिसकेपछि महिलाहरु रातभरी शिक्षाप्रद मंगलगीतहरु गाई रमाईरहेका हुन्छन् भने केटीतिर पनि त्यस्तै किसिमले आँप विवाह, लावा भुट्ने, दूबो ल्याउने कामहरु पश्चात खानपान गरी जन्तीको प्रतिक्षा तथा जन्तीलाई स्वागत तथा विवाहको व्यवस्थापनमा व्यस्त हुन्छन् । पछि घरमा जन्ती आईपुग्दछन् । जन्तीलाई बस्ने व्यवस्थापनको साथसाथै स्वागतार्थ बिडी-सिगरेट, समयानुसार चिसो वा चिया तथा नास्ताको व्यवस्थापनमा केटी पक्षका सबै व्यस्त हुन्छन् । जन्तीको लागि यी सबै व्यवस्था गरी सकेपछि अचेलको नयाँ व्यवस्थानुसार कहीकही स्वयम्बर गरिन्छ ।
स्वयम्वर:-
पहिला थारु समुदायमा बालविवाहको चलन रहेको र अहिले पनि थारु समुदायमा प्रौढ विवाह लागू भईसक्दा पनि विवाह प्रकृया अभिभावकमुखी नै रहेकोले यो अभिभावकमुखी कुरोलाई बेहुलार बेहुलीमुखी बनाउन निम्ति स्वयम्वरको चलन समावेश भएको हुनु पर्छ । तर यो स्वयम्वर प्रथाबाट साँचिकै जिम्मेबारी बोध न भएर लहैलहैमा आई बढी देखासिखी जस्तो लाग्छ । स्वयम्वरको लागि माझमा बेहुला बस्ने र बेहुला वरिपरी चारैतिर घुम्न सक्ने ठाउँको व्यवस्था गरिएको हुन्छ । बेहुला बीचमा कुर्सीमा बसी राखेको हुन्छ र पछि बेहुली पाँच जनासखीसहेलीहरु साथ हातमा आरतीका आवश्यक सामग्रीहरुसाथ आउँछिन र हातमा पानीको गिलाश लिई तीन पटक बेहुलाको परिक्रमा गरी बेहुलाको आरती उतारी बेहुलीले बेहुलाको घाँटीमा माला र दाहिने हातमा औठी लगाई दिन्छिन् । त्यसपछि बेहुलाले पनि त्यसै अनुरुप बेहुलीलाई गलामा माला र देब्रे हातको औंलामा औंठीलगाई दिई दुबै पक्षले एक अर्कालाई बरण गर्दछन् । यसरी सबैको सामुने स्वीकारोक्ति गर्ने प्रक्रियालाई स्वयम्वर भनिन्छ । अनि त्यसपछि निम्न बैवाहिक विदहरु अगाडि बढाईन्छ ।
बेहुली चुमाउने संस्कृति:-
बैवाहिक विदहरु अगाडि बढाउने क्रममा कुनै-कुनै परिवारमा बेहुली चुमाउने काम पहिला आउँछ । यस विद अनुसार बेहुला विवाहको लागि आँगनमा प्रवेश गर्नु अघि आँगनमा चौका गरिन्छ र चौकामा एउटा पिडिकामा बेहुली बसेको हुन्छिन्, त्यसपछि बेहुलाका अभिभावकहरु एउटा डालोमा बेहुलीको लागि कपडा, गहनाहरु तथा चुमाउँने सामग्रीहरु लिई आँगनमा बेहुली भएको ठाउँमा आई पहिला बेहुलीको हातमा दहीको लोदिया (माटोको सानो कचौरा) थमाई दूबोधानले बेहुली चुमाई (पूजा गरी) कपडा र गहनाहरु बेहुलीलाई दिई विवाह प्रक्रिया अगाडि बढाउने स्वीकारोतिm दिनुलाई बेहुली चुमाउने संस्कृति भनिन्छ । बेहुली चुमाई सकेपछि बेहुलीले ती नयाँ कपडाहरु र गहनाहरु लगाएर विवाह काम सम्पन्न गरिन्छ ।
धानयुध:-
धानयुधको शाब्दिक अर्थ हुन्छ धानले युध गर्नु अर्थात् परम्परागत रुपमा थारुहरुमा छोरी दिने चलन थिएन । केटा पक्षले युद्घ गरेर बलजफ्त केटी लाने गरिन्थ्यिो । तर अहिले समय बदलिसकेको हुनाले ती पौराणिक व्यवहारहरु वास्तविकताबाट “धानयुध” विदमा परिणत भई व्यवहारमा आएकोछ । त्यसैले थारु समाजमा थारु बेहुलाहरु अहिले पनि युद्घका समानहरुमध्ये तलवार हाथमा र ढालका प्रतिक हसुली (थारु महिलाहरुले घांटीमा लगाउने चांदीको गहना) पूरै विवाह अवधि भरी घांटीमा लगाई राख्ने चलन छ ।
बेहुली चुमाई सकेपछि आँगनका अन्य विवाह प्रक्रियाहरु सम्पन्न गर्न निम्ति बेहुला र जन्तीहरु आँगनमा आउँछन् । यिनीहरुको आँगनमा प्रवेश रोक्न बेहुली पक्ष र बेहुला पक्ष बीच धान युध हुन्छ अर्थात् दुबै पक्षले केही समय धानले एक-अर्का पक्षलाई हान्ने गर्दछन् जुन युधमा बेहुली पक्षको हार हुन्छ र बेहुला पक्षको जित भई उनीहरु आँगनमा प्रबेश गरी विवाहका बाँकी प्रक्रियाहरु सम्पादन गरिन्छ ।
विवाह कर्म:-
बेहुला र जन्तीहरु आँगन प्रबेश गर्दा सबै भन्दा पहिला बेहुली पक्षका विदकरनीहरु बेहुलाको गोडा धोई दानकरनीले पहिला बेहुला पर्छने गरिन्छ । यसको लागि दानकरनीले बेहुलामाथि तीन पटक डालो घुमाई कलशामा भएको पानी आँपको पातले बेहुलामाथि तीन पटक छर्की बेहुलाको मुखपर्खन्छिन् । मुखपर्खन दानकरनीले एउटा थालमा दियोबाली थालमा तेलगुर लिई दानकरनीले देब्रे हातको कान्छी औंलाको मदतले बेहुलाको दाहिने गालामा तीन पटक तेलगुर लगाई दिने गरिन्छ र त्यस्तै किसिमले बेहुलाले पनि दाहिने हातको कान्छी औलाले दानकरनीको देब्रे गालामा तीन पटक तेलगुर लगाई दिने गरिन्छ । यसपछि दानकरनीले बेहुलालाई डालोमा भएको मुरवाइर, चौकठा घाँटीमा लगाई दिने गरिन्छ । यसपछि दानकरनीले बेहुलाको टाउँकोमा तराजु र तामा ९काठको सानो भाडो तीन पटक चढाई हरेक पटक यो के हो सोध्दा हरेक पटक बेहुलाले तुरी-तामा लक्ष्मी जवाफ दिनु पर्छ । त्यसपछि दानकरनीले डालोमा भएको कुशको जिना (डोरी) माथिबाट तल हुने गरी तीन पटक पसाउने (छिराउने) गरिन्छ । यसपछि दानकरनीले बेहुलालाई चादर (धोती)ले बेरी मरवा परिक्रमा गराउँछिन् । मरवा परिक्रमा पहिले मलिथम नजिकबाट शुरु गरिन्छ । यसको लागि दानकरनीले बेहुलालाई चादरले बेरी मलिथम नजिक गएर बेहुला हातको खांड मलिथम समाउने बुढी महिलाको हातमा समाउन दिई त्यहाँबाट देब्रे भएर मरवाको तीन फेरा लगाइन्छ र हरेक फेराको अन्तमा मलिथममा सिन्दुर राख्ने गरिन्छ । हरेक पटक मलिथममा सिन्दुर राख्दा सोधिन्छ कि के गरिरहेछौं र जवाफमा हरेक पटक मलिथमसंग विवाह गरेको जवाफ दिनु पर्छ । यस किसिमले मलिथम विवाह र मरवा परिक्रमा विदहरु सकिन्छन् र अठमंगल कुट्न शुरु हुन्छ ।
अठमंगल कुट्नु:-
अठमंगल विदको लागि मरवाको उत्तरपट्टि एउटा ओखल र एउटा हाते मुसल व्यवस्था गरिन्छ । एउटा नाङ्लोमा धान ल्याइन्छ र बेहुला, बाहुन, नाई र जन्ती तथा समाज मिली पांच जना हरेकले पांच-पांच मुठीको दरले ओखलमा धान दिई सबैले मुसल समाई पंडितले मन्त्रोउचारण गर्दै धान कुट्दै चामल बनाई बाहुनलाई चामल दिई बाहुनबाट सुपारी लिने गरिन्छ र यही चामलबाट पंडितले बेहुला र बेहुलीलाई कंगन बनाएर बांधिदिन्छ । यसरी आठजना मिलेर धान कुट्ने परम्परा भएर यस विदलाई अठमंगल भनिन्छ ।
मरवाका विदहरु:-
अठमंगलपछि बेहुलालाई मरवामा लगिन्छ र बेहुलालाई नयाँ कपडाहरु लगाउँन दिईन्छ । बेहुलाले कपडाहरु लगाई सकेपछि दानपतिबाट बेहुली लान अनुमति मांगेर भित्रबाट बेहुली ल्याई दानपति नजिक बसाई दिन्छ । बेहुली पक्षकाहरुले त्यहाँ मरवामा चाहिने सबै सामग्रीहरु ल्याई राख्दछन् । पंडितले आंपको पातमा बेहुला र बेहुलीको तिन पुस्ते नाम लेखी अठमंगलका चामललाई त्यही आंपको पातमा धागोले बेरी कंगन बनाई बेहुलाको दाहिने र बेहुलीको देब्रे हातमा कंगन बाधिने गर्दछ । त्यसपछि बेहुला, बेहुली, बाहुन सबै पांच-पांच मुठीको दरले धान धोतीमा राखी मन्त्रोउचारण गरेर बेहुला र बेहुली पक्षलाई तान्नलगाई गाँठो पारिन्छ जसलाई जेठसार भनिन्छ र यसलाई बज्रगाँठोको रुपमा लिईन्छ । अर्थात् विवाह बन्धन यो गाँठो सरहनै बलियो होस् भने बुझिन्छ । यसपछि नाईले बेहुला र बेहुलीको कानमा कनलगी गरिन्छ अर्थात् तीन पटक मन्त्रोचारण गरेर फुक्ने गर्दछ । त्यसपछि पंडितले दानपतिलाई बेहुलीको हात समाती बेहुलालाई बेहुलीको हात समाउन लगाई मन्त्रोउचारण गरेर दानपतिबाट बेहुलालाई कन्यादान गराईन्छ । बेहुला-बेहुली आजीवन साथ रहने, एकअर्काको सुख-दु:ख मा साथ दिने भने बाचा गराईन्छ । त्यसपछि बेहुला र बेहुली एकातिर बस्छन् र दानकरनीले मौर (मुकुट) समाई तीन पटक घुमी बेहुलालाई मौर लगाई दिन्छिन् भने दानपतिले मौरी (मुकुट) समाई तीन पटक घुमी बेहुलीलाई मौरी लगाई दिने गरिन्छ । यस किसिमले मरवा भित्र हुने विवाह विदहरु आजको लागि अन्त हुन्छन् ।
लहछुह:-
मरवाको सबै विद सकेपछि लहछुह (लहरनीले काट्ने) विद हुन्छ । यसको लागि आँगनमा चौका गरेर त्यसमा पहिला बांसको पंखा र त्यसमाथि माटोको नयाँ कोही (बाटुलो भाडो) राखिन्छ । कोहीमा पहिले बेहुला त्यसपछि बेहुलीलाई पालैपालो बसाई नाईले बेहुलाको दाहिने हातको र बेहुलीको देब्रे हातको कान्छी औंलामा लहरनीले काटी रगत निकाली त्यो रगत कपासले पुछी कपास सम्बन्धित महिलाको जिम्मा दिने विदलाई लहछुह भनिन्छ । यस किसिमले लहछुह विद सम्पादन गरिन्छ र यसको लगतै सिन्दुरदान विद शुरु गरिन्छ ।
सिन्दुरदान:-
लहछुहपछि सिन्दुरदान गरिन्छ । सिन्दुरदानको लागि बेहुलाले आप्mनै घरबाट एउटा कियामा (सिन्दुरको सानो भाडो) भुसुना सिन्दुर, त्यसै कियाभित्र सोखसहगली (खास किसिमको औंठी जुन औंठी सिन्दुरदानको समयमा बेहुलीको देब्रे हातको कान्छी औलामा लगाई दिने गरिन्छ) र कसमीरा सनको सानो भिडा तथा टारीमा (माटोको सानो भाडो) तोरीको तेल एउटा सानो सिंकमा (बाबियोबाट बनेको झुंड्याउने चीज) व्यवस्था गरेर ल्याएको हुन्छ । यसको साथसाथै जन्तीले मसाल (प्रकाशको लागि आगो बाल्ने विशिष्ट किसिमको हातले समाउन सकने बांसको बिड भएको माटोको सानो भाडो जो विवाह अबधिसम्म बाली राख्नु पर्ने हुन्छ) पनि ल्याएको हुन्छ । सिंदुरदानको लागि बेहुलीलाई लहछुह विद जस्तै त्यही ठाउँमा बसाई बेहुलाले भुषना सिन्दुरका किया हातमा समाई तीन पटक घुमी घुंठनाको सहाराले उभी कियामा भएको सनपाटको भिंडाको सहायताले तीन पटक बेहुलीको निधारमा (सिउँदो) सिन्दुर हाल्ने गरिन्छ र यै सिन्दुर पछि केटीहरुको लागि विवाहिताको प्रतिक हुन्छ । यस विदलाई सिन्दुरदान भनिन्छ ।
होमजाप:-
यो विद विवाह विदका लगभग अन्तअन्तका विद हुन् । यसको लागि मरवाकै नजिकमा जगबेदी (जगबेदही, जग गर्ने ठाउं) बनेको हुन्छ । यो जगबेदी माटोको ढिस्कोलाई चारवटा केराका थाम, खरही र बांसका करचीले (हांगा) घेरी बनेको हुन्छ । यो जगबेदीमा सिन्दुरदानपछि पंडितले होमका सामग्रीहरुले आगो बाली मन्त्रोउचारण गरी होम गर्दछ र बेहुला, बेहुलीले हातमा धानका नयाँ लावा लिई जगबेदीको तीनपटक हातको लावा खसालिदै परिक्रमा गर्दछन् अर्थात् आगोको साक्षी राखी बेहुला बेहुलीले एकअर्कालाई आत्माले स्वीकार गरी विवाह बन्धनमा बांधिएको स्वीकारोक्ति हो ।
कोबर विवाह:-
होमजापपछि थारु समुदायमा कोबर विवाह गर्ने चलन छ । यसको लागि बेहुलीतिर कोहबर घरमा पुरैनको पातमा विभिन्न सितुवाका आकारका बुटाहरु भएको विभिन्न रंगले बनेको कोबर (भितिचित्र) हुन्छ जो एउटा पोखरी भित्र हुन्छ र जस्को चारै कुनामा सूर्य र चन्द्रमा अंकित हुन्छन् जसको अर्थ यो विवाह सूर्य चन्द्रमा रहुन्जेल कायम रहोसको प्रतिक हो । बेहुलाले तीन पटक यो कोबरमा सिन्दुर राख्नु पर्दछ र हरेक पटक के गरिरहेछौं प्रश्न सोध्दा कोबरसंग विवाह गरेको भनि जवाफ दिनु पर्दछ । यस किसिमले कोबर विवाह विद् अन्त्य हुन्छ । यसपछि बेहुला र बेहुलीहरु देउताहरुलाई ढोगी मलिथम समाउने बुढी महिलाको जिम्मा राखेको खडग लिई दुबैजनाले महिलालाई र दानपतिलाई हात समाती उठाई दिन्छन् र दही चिउरा विदको लागि घर पस्दछन् । जन्तीहरु र समाजहरु लगन सुपारी खाएर आँगनबाट बाहिर निष्कन्छन् । त्यसपछि जन्तीहरुलाई खाना खुवाउने काम शुरु हुन्छ ।
सम्धी मिलन:-
अर्को दिन विहान सबै काम सकिएपछि बिहान जन्ती भएको ठाउँमा समाजका मानिसहरु जम्मा हुन्छन् । सम्धीहरु (केटाको बुबा र केटीको बुबा) पनि एकसाथ हुन्छन् । दुबै पक्षले समाजको लागि सुपारी सहोडा एक ठाउँमा जम्मा गर्दछन् । समाजलाई बिडी चुरोटले स्वागत गरिन्छ । समाजको सामुने दुबै सम्धीहरु एकआपसमा कांधमा कांध मिलाई नमस्ते गर्दैं समाजलाई नमस्ते गर्दछन् र यस किसिमले आजदेखि सबै समाजको सामुने हामीहरु सम्धी भयौं र यस अनुसारको व्यवहार गर्नेछौं भने वाचा गर्दछन् । त्यसपछि सुपारी वितरण गरिन्छ र बांकी विदहरु अगाडि बढ्दछन् ।
घोघट:-
घोघटको व्यावहारिक अर्थ हुन्छ टाउँको, अनुहार इत्यादि अंङ्गहरु कपडाले छोप्ने परम्परा । विवाह भई सकेपछि बेहुलीले टाउँको, अनुहार इत्यादि अंङ्गहरु छोप्न बेहुलीलाई औपचारिक रुपमा कपडाहरु प्रदान गरिने विद हो । जुन बेहुला परिवारमा बेहुलीलाई घोघटको चलन छ उसले बिहान समाजिक सुपारी वितरणपछि यो विद अगाडि सार्दछ । यसको लागि आँगनमा चौका गरी चौकामा बेहुली बस्दछिन् र बेहुला पक्षले एउटा डालोमा बेहुलीको लागि कपडा, गहनाहरु ल्याएर विधिवत चुमाउँदछ र यही कपडाहरु लगाएर आज बेहुला बेहुलीहरु थनलगी गर्न जान्छन् ।
थनलगी:-
दोश्रो दिन विहान घोघटपछि घरका कूलदेउतालाई पूजा-आजा गरी बेहुलीले नयाँ वस्त्र लगाई बेहुला र बेहुली थान (ग्राम देवस्थल) गएर देउताहरुलाई तीन पटक परिक्रमा गरी लावाले पूजा गरी ढोगेर आउँने कामलाई थारु संस्कृति अनुसार थनलगी भनिन्छ र थानबाट फर्केर मात्र मरवामा चुमौन काम शुरु हुन्छ । यो थनलगी गरेर बेहुला(बेहुली त्यहाबाट केहि पर फर्किने वितिकै थानमा परेवा बलिदिने चलन छ तर अहिले हालमा कुनैकुनै गाउँमा परेवाको बली नदिएर त्यसको साटो मिठाई चढाउने चलन ल्याको छ ।
चुमौन:-
चुमौन बेहुलीतिर विवाहको अन्तिम विद हो । यसक्रममा थानबाट बेहुला-बेहुली फर्केर विधिवत आफ्न्त सबैका आशीर्वाद प्राप्त गर्न केही समयको लागि मरवामा बस्दछन् र बेहुलीतिरका सबै आफन्तहरु पालैपालो मरवामा आई बेहुला बेहुलीलाई दूबोधानले आशीर्वाद दिई आफनो क्षमतानुसारका उपहारहरु बेहुला बेहुलीलाई दिने गरिन्छ जसलाई चुमौन भनिन्छ ।
यो चुमौनपछि बेहुलीतिर फेरि खानपान शुरु हुन्छ । सबैजना खाई सकेपछि जन्ती घर फर्किने तयारी हुन थाल्छ र सबै तयारी भएपछि बेहुला-बेहुलीलाई फेरि एकपटक मरवामा ल्याई तेल-कसालगाई देउतालाई ढोगी प्रस्थान गराउने चलन छ तर अहिलेसम्म विवाह जुन एउटा हर्षोल्लाशको उत्सव थियो यतिखेर यो उत्सव महा द:खदायी घडीमा परिवर्तन भईसकेको हुन्छ । चारै तिर रुवावासी र करुण वातावरणमा बेहुली पठाउनु परेको दृष्य एउटा द:खदायी क्षण हो ।
खैर जे होस् बेहुली विदावारी भएर आफनो नयां घर पुग्छे । शायद यही द:ख-दर्दलाई कम गर्न थारु समुदायमा बेहुलीका दाई, भाउजुहरु, भाई तथा सखीसहेलीहरु बेहुली साथ गई बेहुली पू¥याउँने चलन छ । बेहुला र बेहुलीहरु घर पुगेपछि त्यहाँ बेहुला पक्षका विदकरनीहरु बेहुला र बेहुलीको खुटा धोइदिई बेहुला र बेहुलीलाई परर्छिने चलन छ । परछिनको लागि परछैवालीले बेहुला र बेहुलीमाथि तीन पटक डालो घुमाई आँपको पातले तीन पटक पानी छर्किने गरिन्छ । यसपछि परछैवालीले बेहुलीको मुखपर्खिने गरिन्छ । यसको लागि परछैवालीले आफ्नो देब्रे हातको कान्छी औलाले थालमा भएको तेलगुर बेहुलीको देब्रे गालामा तीन पटक लगाई दिन्छे र डालोमा भएको मुरवाइर बेहुलीलाई लगाई दिन्छे । त्यस्तै किसिमले बेहुली पनि आफ्नो देब्रे हातको कांन्छी औलाले परछैवालीको गालामा तीन पटक तेलगुर लगाई दिई मुखपर्खने कामको अन्त हुन्छ । यसपछि बेहुला-बेहुली चौकामा बस्दछन् र नाईले फेरि पूर्वत: कान्छी औलाहरुमा लहछुह गरिन्छ । लहछुहपछि यहाँ पनि बेहुला-बेहुलीको चुमौन शुरु हुन्छ । चुमौन गर्दा बेहुलालाई चौकामा बस्न पिड्का दिएको हुन्छ भने बेहुलीलाई सनको भिडी दिएको हुन्छ । सबै आफन्तहरु बेहुला-बेहुली चुमाई सकेपछि आंगनका विदहरु अन्त हुन्छन् ।
यसपछि बेहुलालाई फेरि कोबर विवाहको लागि कोहबर घरमा लगिन्छ र त्यहाँ बांसबासिन रुपी कोबरमा बेहुलाले तीन पटक सिन्दुर राख्दछ र सिन्दुर राख्ने बेलामा तीन पटक सोधिन्छ के गरिराखेका छौं र हरेक पटक बेहुलाले कोबरसंग विवाह गरेको जवाफ दिनुपर्छ । कोबर विवाह पश्चात बेहुला-बेहुली घरको कूल देउतालाई ढोगी बेहुली फेरि चौकामा आईबसी बेहुलीको खौछा (पोको) झार्ने विद गरिन्छ । खौछा झार्ने क्रममा नन्दले पहिला चांचमुठी चिउरा भाउजूको खौछामा दिइन्छ भने भाउजूले पनि खौछाको पांचमुठी चिउरा नन्दलाई दिइन्छ । यो क्रम तीन पटकसम्म चल्छ । यस किसिमले खौछा झार्ने विद खत्म हुन्छ । त्यसपछि आजका विदहरु सकिन्छन् र बेहुलाबेहुली घर भित्र गई दही चिउरा विद गरिन्छ ।
अब तेश्रो दिन विहान फेरि घर-आँगन सफासुघर गरी देउताको पूजापाठ गरी फेरि पूर्वतस् थनलगी गरिन्छ र थानबाट फर्केर आँगनमा पोखरी खनी त्यसमा पानी राखी पालोमा बेहुला-बेहुलीलाई बसाई पोखरीमा नुहाई दिने गरिन्छ । यो नुहाउने विदलाई “दहलौन” नुहाएको भनिन्छ अर्थात् यतिखेर विवाहका हरेक अहिरन-पहिरन (मुरवाइर, कंगन, मौर-मौरी इत्यादि) निकालिन्छ । त्यसपछि बेहुला-बेहुलीले एक-आपसमा कौडी (जुवा) खेलिन्छन् । विदकरनीहरुले बेहुला-बेहुलीसंग भएका कंगन, मुरवाइर, मौर-मौरी तथा विवाहका फाल्नु पर्ने अन्य चीजहरु खोला (नदी)मा लगेर सेलाइन्छन् । र अन्तमा पाहुनाहरुलाई खानपान गराई आ-आप्mना घर पठाइन्छ । अर्को याद राख्नु पर्ने कुरो के छ भने बेहुला-बेहुलीलाई कुमरौनको क्रममा कुवामा नुहाई दिएपछि दहलौन न नुहाउन्जेलसम्म यो बीचमा आफु मनखुशी नुहाउँन पाउँदैनन् र दानपतिलाई बेहुला पक्षबाट विशिष्ट निमन्त्रणा नआउन्जेलसम्म दानपति बेहुलीको घर जाने चलन छैन ।
घुरबहौर:-
अहिले वर्तमान परिस्थितिलाई मध्यनजर राखेर गौना प्रथालाई परिमार्जन गरी “घुरबहौर” विद कायम गरेको पाइन्छ । यस विद अनुसार आजै नोकनैत-अरियाती तथा अन्य पाहुनाहरु घरमा हुँदैं बेहुला-बेहुली माइती पुगेर आजै फर्किने चलनले गर्दा दुरागमनरगौना चलन हराउन लागेको छ । यस विदको अर्थ हुन्छ गौना गर्नु पर्दैन र विना गौना बेहुली घर र माइती आवत-जावत गर्न सकिन्छिन् ।
अब पाहुनाहरुलाई खाना खुवाई आदरसत्कारकासाथ घर फकाई विवाह उत्सब यहि समाप्त हुन्छ र बेहुलाबेहुली पति-पत्नीको रुपमा नयाँ जीवन शुरु गर्दछन् ।
दुरागमन:-
दुरागमनको शाब्दिक अर्थ हुन्छ बेहुलीको आफ्नो श्रीमान्को घरमा दोश्रो पटकको आगमन अर्थात् विवाहको क्रममा बेहुलीको पहिलो आगमन र विवाहपछि केही समयबादमा फेरि दोश्रो पटकको आगमन । यसलाई अर्को किसिमले गौना पनि भनिन्छ ।
दुरागमनको लागि विवाह पश्चात केही समय बिराएर पंडितबाट बेहुलीको द्वितीय आगमनको लागि शुभशायत निश्चित गरेर आफ्नो समाजको एकजना मार्फत बेहुलीको माइती घरमा दुरागमनको लागि दिन (समाचार) पठाउने गरिन्छ । यसरी समाचार लिएर जाने व्यक्तिलाई थारु संस्कृतिनुसार “कहौतिया” (समदिया, समाचार लिएर जाने व्यक्ति) भनिन्छ । यो कहौतिया जतिखेर संम्वाद लिएर आइपुग्दा पनि उहाँलाई भात पकाएर खुवाएरै पठाउने चलन छ ।
कहौतिया आईसकेपछि बेहुलीको माइतीमा बेहुलीकी आमाबुबा आपसमा सरसल्लाह गरेर संम्वाद अनुसार पठाउने नपठाउने कुरो निश्चित गरिन्छन् । उनीहरुले छोरी पठाउने सल्लाह गरेको भए पठाउने तयारीमा लाग्छन् । निश्चित समयमा बेहुला विवाह जस्तै बाजागाजा सहित जन्ती लिएर बेहुलीको माइतीघरमा आइपुग्छन् । यहां विवाह जस्तै बेहुला र जन्तीको आदरसत्कार गरिन्छ । समाजलाई समाजिक सुपारी दिइन्छ । त्यसपछि जन्तीहरुको लागि खानपिनको तथा सुत्ने ईत्यादिको व्यवस्था गरिन्छ ।
बेहुलालाई राती घर भित्र बोलाई महिलाहरुले अनेक किसिमका शिक्षाप्रद मंगलगीतहरु सुनाई आनंन्दित गरिरहेका हुन्छन् । भोली विहान बेहुलीतिरका आफन्त (पाहुना)हरु आउन थाल्दछन् र सबै पाहुनाहरुलाई खाना खुवाई दिनुपर्ने सरसमान र कोशेलीहरुसाथ दिएर बेहुली समाजिक रितीथिती अनुसार पठाई दिने गरिन्छ ।
तर यदि यसपटक केही समस्याले गर्दा बेहुली नपठाउने सल्लाह भएको भए बेहुला पक्षबाट समाचार पठाएको लगतै बेहुलीको माइतीबाट जिम्मेवार मानिस बेहुलाको घर पुगी त्यहां आफ्ना समस्याहरुले गर्दा यस पटक दिन नमान्ने कुरो बेहुला पक्षलाई समझाईबुझाई गरेर मनाउने चलन छ ।
पहिला थारु समुदायमा बालविवाह प्रथाले गर्दा दुरागमनको अति महत्व थियो किनकि विवाहको समयमा बेहुला-बेहुली साना-सानी हुँदा विवाह उनीहरुको लागि महत्वपूर्ण थिएन । बेहुली तरुनी नहुन्जेलसम्म माइतीमै आमासंगै बसिन्थ्यिो र तरुनी भएपछि विवाह जस्तै औपचारिक किसिमले गौनाको रुपमा बेहुलाले बेहुली भित्रियाउने प्रथालाई दुरागमन प्रथा भनिन्छ । यस प्रथानुसार अभिभावकहरु दोहरो खर्चमा पर्दथिए तर अब बालविवाह प्रथा हटिसक्यो र समय पनि बदलिसकेको हुनाले यो गौना प्रथालाई अचेल समय सुहाउँदो घुरबहौरू प्रथामा परिमार्जन गरेको पाइन्छ ।
कन्यौति प्रथा:
आजभन्दा लगभग ३०-४० वर्ष पूर्व जतिखेर थारु समुदायमा बालविवाह प्रथाको हावी थियो त्यतिखेर यो कन्यौति प्रथाको पनि यो थारु समुदायमा निकै हावी थियो । यस कन्यौति प्रथाको चलन अनुसार बेहुला पक्षले कन्याको लागि शुल्क तिर्नु पर्दथियो अर्थात् बेहुली पक्षलाई रुपैया तिर्नु पर्दथियो । कति रुपैया तिर्नु पर्ने भने सो निश्चित थिएन । यो दुवै पक्षको दामाशाहीमा भरपर्दथियो । खास गरेर दुरा (लमी)मा यो कुरो बढी निर्भर हुन्थ्यिो । यस व्यवस्थानुसार त्यसताका थारु समुदायमा कन्याहरु निकै महंगा थिए तर त्यतिखेर कन्याको लागि शुल्क तिर्दातिर्दै कतिपय केटा पक्ष गरिब भई हाल्थे र केटी फेरि त्यही गरीब घरमा विवाह पश्चात आएर द:ख भोग्नु पर्दथियो ।
तर यसबाट फाइदा के थियो भने त्यतिखेर कुनै पनि केटीले गरिबीको कारण अविवाहिता जीवन बिताउनु पर्दैनथियो । जसले गर्दा समाजमा केटीहरुको चरित्र सम्बन्धित कुनै समस्याहरु थिएनन् । शायद, यै बाट प्रभावित भएर मानिसहरु कन्योति प्रथा चलनमा आएको हुनु पर्छ । तर वर्तमान समयमा यो प्रथा थारु समुदायमा पनि समाप्त भई सकेकोछ ।
दाइजो प्रथा:-
अहिले वर्तमान समयमा खास गरेर तराईका समुदायहरुमा यो दाइजो प्रथाको निकै बोलबाला रहेको पाइन्छ । यस प्रथानुसार कन्या पक्षले बर पक्षलाई रुपैया तिर्नुपर्ने हो जसले गर्दा कन्याहरुको लागि यो प्रथा अभिशाप साबित भई सकेको छ । कतिपय समुदायको लागि यो दाइजो प्रथा प्राणघातक रोग भई सकेको छ । अहिले पनि रुपैयाको अभावमा धेरै कन्याहरुको विवाह हुन सकेको छैन र जसको विवाह भई सकेकोछ उनीहरुको जीवन पनि खतरामा छ ।
थारु समुदायमा दाइजो प्रथा अहिलेसम्म खुलम-खुल्ला रुपमा आइसकेको छैन । यो थारु समुदायको लागि एउटा गौरबकै विषय हो र यो समाजका शुभचिन्तक तथा अगुवाहरुसंग हार्दिक अनुरोध छ कि यो व्यवस्थालाई पछिसम्म यो समुदायमा पस्नदिनु हुँदैन ।
समाप्त
श्रोत व्यक्तिहरु:-
श्रीमती ताराबती चौधरी, रायपुर, सप्तरी
श्रीमती संसारी चौधरी, नरहैया, सप्तरी
श्रीमती मीना चौधरी, फुलहारा, सप्तरी
श्रीमती रामबती चौधरी, दौरी, उदयपुर
श्रीमती सरस्वती चौधरी, बेलटार, उदयपुर
श्रमिती परमेश्वरी चौधरी, तिनकुनी, सिरहा
श्रीमती अंजिला चौधरी, तिनकुनी, सिरहा