Saturday, November 22, 2014

भोट ककरा ?

ef]6 ss/f ?
२०७० साल असोज
;
;++ljwfg;ef s] lgjf{rg s] ;do cfOj u]n 5} . cvgL b]z s] jftfj/0f ;+ljwfg ;efdo Eofu]n 5} . ;+ljwfg;ef d"n ?k d] ;a s] ;ef lro} . oL x/]s hfthflt, ju{, ln+u tyf k]zfsdL{ s] ;ef lro} . oL b]z s] d"n sfg'g cyf{t\ ;+ljwfg lnv} jfnf ;ef lro} . t} b'jf/] hft}s x/]s hfthflt, ju{, ln+u s] o} ;ef d] js/ ;dfg'kflts k|ltlglwTj g} x]t} t js/ xsxLt tyf ;d:of s] j} ;ef d] s] /fOv b]t}? cf js/ xs-lxt j} ;+ljwfg d] s]g+ s] ;'lglZrt x]t} ? sL Ps hflt s] k|ltlglwTj ;] bf];/ hfOt s] k|ltlglwTj ;Dej 5}? Ps ju{ s] k|ltlglwTj ;] bf];/ ju{ s] k|ltlglwTj Eof ;s}5} ? sL Ps ln+u ;] bf];/ ln+u s] k|ltlglwTj Eof ;s} 5} ? sL Ps cfbdL s] vfgf v]g] ;] bf];/ s] k]6 e}/ ;s} 5}? hjfj cf;fg 5} - oL slxof] g] Eof ;s}5} . cvgL h] ;+ljwfg;ef s] r'gfj x}n] Hof /xn5} . cs/f] cvgL s] k|s[of cg';f/ ;a hfthflt, ju{, ln+u s] ;+ljwfg ;ef d] k|ltlglwTj g} Eof ;s}5} cf}/ ha ;a hfthflt, ju{ ln+u s] o} ;ef d] ;dfg'kflts k|ltlglwTj g} x]t} t j} hfthflt, ju{, ln+u s] n]n ;+ljwfg s] lnv\b]t}? js/ xslxt s]g+ s] ;'lglZrt x]t} ? cf ha js/ xslxt o} ;+ljwfg;efåf/f ;'lglZrt g} x]t} t p njsf ;+ljwfg s]g+ s] ;a hft hflt, ju{ ln+u s] Eof ;s}5}? oL k|Zg s] hjfj s] b]t}?

jf:tj d] sf]gf] eL b]z d] :yfoL zflGt ;'Joj:yf sfod s/}n] ;+ljwfg ;ef Ps6f dxfo1 lro} . tx} ;] ;a g]tf efif0f s/}5} - ;+ljwfg ;ef s] sf]gf] ljsNk g} x}5} . aft 7Ls lro} du/ j} n] t ;+ljwfg;ef s] k|s[of] t t]xg+ gLs xf]gf rfxL . ;] k|s[of t o}7gf 5} g} t oL s]g+ s] lglj{sNk Eof ;s}5} . sxg] ;] dfq] t g} x]t} .

jf:tj d] cvgL s] ;+ljwfg;ef hfnem]n tyf cfd hgtf s] cfFOv d] 5f}/ xfn} s] cltl/tm\ bf];/ oL slyof] g] lro} . o} ;+ljwfg;ef s] lglj{Nk s] ;+1f b]gfO{ ;/f;/ e"n lro} . oL rnfs ju{ tyf zQfwf/L s] rs|Jo"x lro} . xd/f nfu}o] o}jsL  a]/ hgtf km]g oL rnfs zQfwf/L ju{ s] rs|Jo"x d] km;}n] Hof /xn5}, kl/0ffd sL x]t} h] hgtf km]g cfufdL @)) - @%) jif{ts zQfwf/L ;] bdg, cTofrf/, cGofo ?kL rs| d] lk;fOt /xt} cyf{t\ hgtf h] ;f]r}t /x} ls ;+ljwfg;efåf/f xd/f oL e]6t p e]6t cflv/ ;a ;kg] . oL e]n sxaLo} s] k}/ h] – r]+ufdf5 r]+ufdf5 a]+U7L .

 cvgL o]xf] a]+U7L k|fKt s/}s] n]n lhNnf lhNnf d] cg]s r'gfjL gf/f\, hfne]mn tyf rnv]n ;a Eof /xn 5} . pDd]bjf/ tyf sfo{stf{ ;a cfkg cfkg k|f0f s] cfx'lt b\of /xn 5} . ;xL pDd]bjf/ s] cfd hgtf ts cyf{t\ hgcbfnt ts k'u}s] n]n anu/ kf6L{ ;a /f]s nuof /xn5} . vf; Sofs] b]vn hfO5} h] hs/ nf7L ts/ ef]6 cf hs/ gf]6 ts/ ef]6 . o};] :ki6 x}5} h] km]g ;+ljwfg;ef d] jx\of ;fdGtL, zf]ifs tyf cTofrf/L ;a s] k|ltlglwTj x]t} cf}/ p;a cfkg] lsl;d s] ;+ljwfg lgdf{0f s/t} . o}d] sf]gf] b'O{ dt g} . t km]g ;+ljwfg;ef ;] cfd hgtf s] kmfObf sL ? hg cfgbf]ng b'O{ s] dxTj sL /xn} ? cfGbf]ng s] s|d d] !@))) - !#))) nf]u ;a h] d/n} js/ dxTj sL /xn} ? oL ;a aft hg ;d'bfo s] a'em] k/n} cf}/ j} cg';f/ oL rnfs, zf]ifs tyf ;fdGtL ju{ s] cfkg ef]6 g} b\ofs] bl08t s/] k/n} cf}/ cfkg] ;] cfkg p¢f/ s/] k/n} .

txf} d] vf; Sofs] yf? ;a s] ;d:of cf}/ h6Ln 5} . oL ;d'bfo axf}t cf;fgL ;] rnfs, zf]ifs tyf ;fdGtL ju{ s] hfn d] km}; hfO5} . kmn:j?k cvgL ts p;a kLl8t, bldt tyf pk]lIft hLjg lho}s] n]n afWo 5} . sd}of s] hLjg hL/xn 5} . t o} lsl;d ;] hLjg st]s lbg rNt}? x] yf? e}of-ef}hL, sfsf-sfsL, cfaf} ckgf s] ;Dxfn', ;f]r' tyf gLs af6 klxrfg s? cf}/ j} 8u/ k/ rn' . ckgf ;] g}x}o] t bf];/f] s] sxn ;'g' cf}/ gLs 8u/ agfa' . cvgL lhNnf-lhNnf d] o} ;+ljwfg;ef s] lgjf{rg s] s|d d] ljleGg hfthflt ;a gf/f nufj} 5} – cfkg ef]6 tyf cfkg a]6L bf];/ hflt s] g} b}5} . xd/f nfu}o] aftf] l7s] lro} . o} gf/f ;] xd yf? ;a ;]xf] s'5 l;vgf rfxL cf}/ j} cg';f/ cfuf a9gf rfxL .

cvgL tlns s] cg'ej ;] a'emn hfO5} h] h]eL yf? n8sL bf];/ hflt ;] ljofx s/g] 5} p ;'vL g} 5} . p;a hjfgL ts 7Ls /x} cf}/ km]g afb d] gf]s/fgL afx]s cf}/ g} s'5 . t} b'jf/] bf];/ hflt s] n8sL b]gfO{ 7Ls g} lro} . bf];/ zAb 5} ef]6 . cfj ef]6 af/] d] slGxs lrGtg s? . x/]s hfthflt s] , ju{ s] tyf ln+u s] cfk cfkg] lsl;d s] :jfy{ x}5}, ;d:of x}5}  t p cfkg :jfy{ cg';f/ sfd s/t} sL bf];/ s] :jfy{ cg';f/? oL a'emn aft lro} ls rfx] sf]gf] eL pDd]bjf/ slyn] g] x]j], p sf]gf] g] sf]gf] hflt ljz]if s] kSs] x]t} . j} hfthflt s] cfkg] ;d:of x]t} t p cfkg hflt s] ;d:of g} b]Vs] bf];/ hflt s] ;d:of st]s b]v] ;st} ?

t} b'jf/] xd/f] nfu}o] h] a]l6o]6f g} alNs ef]6 ;]xf] bf];/ hflt s] g} b]gf rfxL . g] t j]xg+ b':v s] ;fy] ;Demf}tf s/] k/t h]g+ a]6L ;a bf];/ hfOt ;+u] ljofx Sofs] . txf} d] vf; Sofs] ;+ljwfg ;ef s] r'gfj d] cf}/ a];L . slyn] t oL ;+ljwfg lnv} jfnf ;ef lro} . cfkg cfkg efUo lnv} jfnf ;ef lro} . hf t}s xd yf? ;a cfkg a];L ;] a];L yf? k|ltlglw ;+ljwfg;ef d] g} kx'r}j} t yf? n] ;+ljwfg s] lnv\b]t} ?

bf];/ hflt ;a t klxg] ;] ;+ljwfg lnv}t o]n} cf}/ cvgL tlns cfkg] n] lnvNs} . yf? s] sd}of agfj} jfnf /0fgLlt afx]s cf}/ s'5 g} lnv ;sNs} . cfjf} km]g sd}o] agfj} jfnf ;+ljwfg rfxL ? kSs] g} . t} b'jf/] xd/ ckg] ;a ;] ljGtL cfO5 h] sd}of g} dflns ag}jfnf ;+ljwfg lnv' cf}/ j} s] jf:t] cfkg yf? pDd]bjf/ s] ef]6 lbof}+ . cvgLof] r]t} s] ;do 5} . hNbL ;] r]t' cf}/ cfkg yf? pDd]bjf/ s] axf}t dt ;] lhTofs] ;+ljwfg lnv} s] hux d] kx'rfpF . ha cvgL af6 e'On u]lno} t a'em' h] ajf{b Eof u]lno} . cfkgf] aj{fb cf km}g hfOtf] aj{fb . o} ;f]rfO{ d] ckgf s] xLg g} a'em} s] 5} . cvgL g]kfn d] ox} ;f]rfO{ - ef]6 bf];/ hflt s] g} d] ef]6 Eof/xn 5} . rfx] p h] eL kf6L{ s] jf hflt s] x]j] . o} d] sf]gf] z+sf g} .


xF t oxf} d] Ps6f ;d:of h?/] 5} h] Ps] r'gfj If]q d] ljleGg kf6L{ ;] Ps] hflt s] axf}t pDd]bjf/ r'gfjL d}bfg d] 5} . o]x]g l:ylt d] j} lsl;d ;] pDd]bjf/f] ;a cfk; d] ;/;Nnfx Sofs] pDd]bjf/L sd s/] s] sf]lzz s/] g] t hgtf v"b ljrf/ s/] h] o} hflt s] xslxt ss/f ;] a];L ;'lglZrt Eof ;s}5}? s] o} hflt s] xslxt s] n]n cfjfh a'nGb s/g] 5} cf}/ ss/ Tofu o} hflt s] n]n st]s 5} ? txf} d] st]s o} hflt s] k|lt s] ubf/L ;]xf] Eof ;s}5} . st]s yf? pDd]bjf/ ckgf g} lht}n] alNs yf? pDd]bjf/ x/fj} n] ;]xf] v8f /x}5} . oL ;a jft ljrf/, lrGtg-ddg cvgL xf]gf rfxL cf}/ j} lsl;d ;] ;xL pDd]bjf/ s] klxrfg Sofs] cfkg dt s] ;b'kof]u s/}t cfkg, cfkg hflt, cfkg ;dfh cf}/ cfkg b]z s] gLs eljio ;'lglZrt s/}t cfkg efUo s] lgdf{0f cfkg] ;] s? . wGojfb !

Thursday, November 20, 2014

नेपालका मध्य र पूर्वी तराईका थारु जातिको विवाह परम्परा




परिचय:
नेपालको तराई क्षेत्रमा परापूर्वकालदेखि नै बहुसंख्यक रुपमा थारुजाति पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म बसोबास गर्दै आएका छन् । नेपाल सरकारको २०६८ सालको जनगणनानुसार नेपालमा थारुहरुको अधिकारिक संख्या १७,३७,४७० अर्थात् कुल राष्ट्रिय जनसंख्याको ६ दशमलव ८ प्रतिशत रहेका छन् । थारु जाति जनगणनानुसार नेपालको चौथो बहुसंख्यक जातिमा पर्दछ । तर थारुहरु नेपालमा थारुहरुको जनसंख्या २५ लाखभन्दा बढी हुनुपर्ने भन्द्छन् । 

प्राचीन समयमा बाटोघाटोको कमी र बन जंगलले गर्दा बाघ भालुहरुको विगविगीका कारण एक क्षेत्रका थारुहरु अर्को क्षेत्रका थारुहरुसंग आवत-जावत, बोलीचाली, विवाह आदि जस्ता परम्परा एवं संस्कृति आपसमा अवरुद्ध भएकोले सबै एउटै थारु र यसका एउटै भाषा र संस्कृति हुँदाहुँदै पनि फरक स्थानले गर्दा यसका भाषा र संस्कृतिमा केहि भिन्नता पाइन्छ । यहां मध्य र पूर्वी भेगमा पाइने तराईका थारु जातिको विवाह परम्पराको विषयमा चर्चा गरिने भएकोले उक्त शीर्षक नामाकरण गरिएकोछ, तर जुनसुकै क्षेत्रका थारुहरु भएतापनि विवाहको थारु समुदायमा एउटै प्रकारको महत्व हुने गर्दछ ।

विवाह बेहुली पक्षको लागि सुख र द:खको साझा संगम हो । यसमा बेहुली पक्ष दु:खी हुँदाहुँदै पनि आफ्नी छोरी, चेलीबेटीको सुखका लागि खुशी हुने गर्दछ । यो केटी पक्षको लागि एउटा महाअनौठो उत्सव हो जसमा केटी पक्षले दु:खको अनुभूति गर्दागर्दै पनि आफ्ना दु:खलाई एउटा संस्कारिक गीतको रुपमा मात्र सिमित राखेर खुशीपूर्वक यो उत्सवमा भागलिने गरिन्छ । यो बेदनालाई समदौन गीतको रुपमा थारु समाजमा यसरी व्यत गरिन्छस्

“बाबा के कानने गे बेटी मरवा दहलैले, आमा के कानने गे बेटी भिजलै पटोरे ।
दादा के कानने गे बेटी जोडा धोती भिजलै, भौजो के छतिया कठोरे ।।”

अर्थात्, विवाहपछि छोरी विदाई हुने बेलामा उसका बुबा, आमा, दाईहरुलाई यति पीडा हुन्छ कि रुदारुदै आमाको आँशुले आमाको सारी भिज्ने, बुबाको आँशुले मरवा बगिने, दाईको आँशुबाट उसका धोती भिजने र मेरी भाउजू मलाई बिदाई गर्ने समयमा पनि खुशी छिन् जस्ता भावना गीतको माध्यमबाट व्यक्त गरिएको छ । यस प्रसंगलाई मध्यपश्चिम र सूदुरपश्चिमका थारुहरुको गीतमा यसरी व्यक्त गरिन्छ:

“मेरी मोरे रोवय ओन्टी-कोन्टी, बाबा मोर रोवय चौपाला । 
दादा मोरे रोवय डोलीमा ओगंट्के, भौजिक जियोर आनन्द ।।” 

अर्थात् मेरी आमा कोन्टीमा (कोठा) रोइरहेकी छिन्, बुबा खाटमा बसेर रोइरहेको छ । दाजु मेरो डोलीमा अडेस लागेर रोएको छ भने मेरी भाउजू मलाई बिदाई गर्ने समयमा खुशी छिन् ।

विवाह पुरुष र स्त्री रुपी दुई आत्माहरुको पारस्परिक मिलन गराउने एउटा महापवित्र सामाजिक बन्धन हो । यो प्रायस् हरेक मानिसको जीवनमा हुने गर्दछ । यो अत्यन्त महत्वपूर्ण बन्धन हो तर यो जति महत्वपूर्ण तथा अत्यावश्यक उत्सव हो त्यतिकै जटील काम पनि हो । किनकि दुई आत्माहरुको जीवनभरिको सुख र दु:खको साधारणत: यही विवाह रुपी बन्धनमा भर पर्दछ । असल गुणयुक्त केटा र केटी (बेहुला र बेहुली) को छनौट भई विवाह उत्सव सम्पन्न हुन सक्यो भने दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ अर्थात् ती दम्पतिहरु जीवनभरि सुखी र खुशी हुन्छन् भने नमिलेका कुराहरु भएका बेहुला-बेहुली बीचमा विवाह भएमा ती जोडीहरु आजीवन दु:खी हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसकारण यो विवाह प्रक्रियालाई सफल बनाउने उद्देश्यले थारु जातिमा बेहुला-बेहुलीको छनौटदेखि विवाह उत्सव सम्पन्न गर्न विभिन्न सामाजिक तथा धार्मिक विधिहरु अपनाउने गरिन्छ । यी महत्वपूर्ण प्रक्रियाहरुमध्ये सबैभन्दा पहिले केटा र केटीको छनौट प्रक्रियालाई यो समाजले अति महत्वपूर्ण प्रक्रियाको रुपमा लिने गरेको पाइन्छ । 

थारु जातिमा प्राय: अभिभावक आयोजित (मांगी) विवाह परम्परा कायम छ अर्थात् अभिभावकहरुले नै केटीको लागि केटा तथा केटाको लागि केटीको छनौट गर्ने र विवाहका लागि महत्वपूर्ण निर्णयहरु लिने र विवाह गरिदिने चलन छ । शायद पहिला-पहिला थारु जातिमा बालविवाहको चलन रहेको हुनाले अहिले पनि अभिभावकहरुले नै केटा-केटीको छनौटदेखि लिएर विवाहको विद (कर्म) व्यवहारको अभिभारा लिनुपर्ने चलन चलिआईरहेको देखिन्छ । हालका दिनहरुमा थारु जातिमा प्रौढ विवाहको चलन आएता पनि प्रायस् धेरैजसो विवाह अभिभावकहरुकै अभिभारामा नै भईराखेको पाइन्छ । थारु जातिमा विवाह प्रक्रिया चाहे बालविवाह होस् वा प्रौढ विवाह, मांगी विवाह होस् वा प्रेम विवाह एउटा दिगो तथा सुखी दाम्पत्य जीवनका लागि केटा-केटी छनौट प्रक्रिया अपनाइने गरिन्छ । 

केटा-केटी छनौट प्रक्रिया: पूर्व र मध्यपूर्व नेपालका तराई भूभागमा बोलिने थारुभाषामा केटीलाई “छौंरी” र केटालाई “छौरा” भनिन्छ । यी “छौंरी” र “छौंरा” शब्दको अर्थ थारु जातिको विवाह परम्परामा बेहुला-बेहुलीको छनौट प्रक्रियाका मार्गदर्शक सरह लिइन्छ ।

यहाँ छौंरी र छौंराको व्यवहारिक अर्थ हुन्छ केटीलाई “छवटा श्रीमान्” र केटालाई पनि “छवटी श्रीमती” चाहिन्छन् अनि मात्रै त्यो विवाह दिगो र सुखी तथा दुई शरीर एक आत्मा सरह हुन सक्छ नत्र दिगो र सुखी सम्पन्न जीवनको कल्पना पनि गर्न सकिदैन । यहाँ केटीको लागि छवटा श्रीमान् र केटाको लागि छवटी श्रीमतीको अर्थ हुन्छ एउटै केटा वा एउटै केटीमा निम्न यी छ-छवटा गुणहरु जस्तै- केटा र केटी-सुन्दर, स्वस्थ, समकालिन, चरित्रवान, पढेलेखेको तथा गुणवान  ९२० कुलिनता अर्थात् खानदानी, असल व्यवहारको, सजातीय तर एउटै कूलखान्दानको न भएको, विचारवान, राम्रो समझदारी  ९३० आर्थिक सम्पन्नता - धनी, जग्गाजमीन, घर, भौतिक सामग्री, असल जागीर  ९४० एक-अर्कालाई माया गर्ने खालको ९५० राम्रो अवस्थिति (सुविधाजनक ठाउँ, राम्रो बाटो-घाटो, असल हावापानी, असल समाज र ९६० राम्रो पारिवारिक स्थिति,  युक्त हुनु हो । 

चाहे केटी पक्ष होउन वा केटा पक्ष विवाहको समयमा दुइटै पक्षले अत्यधिक प्रयास गरेर यी उपरोक्त गुणहरु युक्त केटा र केटी खोजी राखेका हुन्छन् । यी गुणहरुकै आधारमा केटी पक्षले केटा र केटा पक्षले केटीको छनौट गर्ने चलन छ ताकि विवाह र विवाहपछि पनि दुवैको दाम्पत्य जीवन सुखद र दिगो होस् । उनीहरुका बुबा-आमा तथा अन्य परिवारजनहरु पनि यो विवाहबाट सन्तुष्ट र खुशी रहुन् । हुनत सबै जोडीहरुको लागि उपरोक्त यी सबै कुराहरु मिल्न सक्नु गाह्रो (भाग्यकै) कुरा हो । त्यसकारण सबै कुराहरु न मिल्दा पनि कही न कही थोरै कुरोमा पनि दुबै पक्षले सम्झौता गर्नुपर्ने बाध्यता हुन्छ र गरिन्छ पनि । तर प्रश्न रहन्छ पछि त्यो जोडी कति समयसम्म सुखी र स्थायी रहन्छरु जोडी राम्ररी मिल्न न सक्दा आपसमा झैझगडा र सम्बन्ध विच्छेद पनि हुने गरेको पाइन्छ । यस किसिमले प्रत्यक्ष-अप्रत्यक्ष रुपबाट यी उपरोक्त कुराहरु नमिलेसम्म एक पक्ष अर्को पक्षको घरदैलोमा जादैनन् । केटाकेटीहरुको दुबै पक्षबाट मोटामोटीरुपमा छनौट भईसकेपछि मात्र अभिभावकहरु केही विशेष जिम्मेवार व्यतिहरु साथ एकपक्ष अर्को पक्षको घरदैलोमा देखासुनी वा उपायपत्रको लागि पुग्दछन् । 

देखासुनी (उपायपत्र):-  
देखासुनीको शाब्दिक अर्थ हुन्छ विशिष्टरुपमा केटा र केटीलाई हेर्ने र वास्तविक कुरो सुन्ने । यस कार्यक्रममा गाउँ समाजका केही जान्ने-बुझन्ने खालका भद्र-भलादमीहरु, दुबै पक्षका दुराहरु (लमीहरु) तथा आफ्न्तहरु पनि सहभागी हुन्छन् । औपचारिकरुपमा केटा-केटी हेर्ने व्यवस्था गरिन्छ र सबैका सामु एक पटक फेरि बृहतरुपमा बुझ्नुपर्ने सबै कुरो सोधनी गरिन्छ । यसलाई अर्को शब्दमा उपायपत्र (पक्क-पक्की) पनि भनिन्छ ।

यस कार्यक्रममा खानपानको राम्रो व्यवस्था गरिन्छ । शायद कुटुम्बहरु (पाहुनाहरु) पहिला-पहिला आफ्ना घर आएर पनि होला साथै यति खेर अलिकति पनि व्यवहार राम्रो पाएन भने विवाह सम्बन्ध बिग्रिने धेरै सम्भावना रहन्छ । 

देखासुनीको क्रममा हरेक आवश्यक चीज गहिरिएर हेर्ने र बुझने काम हुन्छ । यस क्रममा घरको बनौट, सरसफाईबाट, घर परिवार, सदस्यहरुको व्यवहारबाट त्यस घरका मानिसहरुको बानी-व्यवहार, आचार-विचार, रहन-सहन बुझने गरिन्छ । यसको साथसाथै दुबै पक्षका दुराहरुबाट आ-आफ्नो पक्षको गोष्ठी (गोत्र-बंशावली) विस्तारमा भन्नु पर्छ । यसबाट केटाकेटी एउटै गोत्र-बंशका हुन् कि होइन भने छुट्याउन मद्घत हुन्छ । केटाकेटी एउटै बंशको भए थारु संस्कृति अनुसार उनीहरुको बीच बिहेवारी हुँदैन । यो गोष्ठी अर्थात् बंशानुगत इतिहासबाट कुन पक्षको इतिहास कति गौरवमय (कुलीन) हो भने कुरो पनि थप थाहा भई कथा (विवाह सम्बन्ध) पक्का गर्न मद्त हुन्छ । यी उपरोक्त सबै कुराहरुको आधारमा कथा पक्का गरिन्छ । 

कथा पक्का गर्न देखासुनी अन्तमा केटीपक्षको घरमा सम्पन्न हुन्छ त्यहाँ कुरो पक्का गर्दां कम से कम एक-एकवटा रुपैया र बेसारमा रंगाएका नौ-नौवटा सुपारी दुबै पक्षले एउटा रुमालमा जम्मा गरेर त्यहाँको समाज मूलत: जेवार (जवाफदेही युक्त व्यतिm) ले दुबै पक्षलाई पालैपालो तीन-तीन पटक कथा पक्का पक्का पक्का  सोध्दा दुबै पक्षबाट सबैको सामुने पक्का जवाफ आएमा ती सुपारीहरुलाई पोकोपारी कथा पक्का भएको घोषणा गरी सुपारीको पोको केटी पक्षकोलाई दिइन्छ । सम्भवत: त्यतिखेरै केटातिर घरदेखको दिन पनि औपचारिक रुपमा निश्चित गरिन्छ ।

घरदेख:- 
घरदेख विवाहोत्सवको दोश्रो ठूलो चरण हो । यसको शाब्दिक अर्थ हुन्छ केटा र केटीको घर व्यवहार आफ्न्तहरु साथ हेर्नु । यस कार्यक्रमको क्रममा बेहुला र बेहुलीलाई पान चढाउने गरिन्छ । त्यसैले घरदेखलाई पंचढही पनि भनिन्छ । यो काम हुने दिन अर्को पक्ष कहाँबाट घरदेखियाहरु (घरदेखिने पाहुनाहरु) आउँछन् । पाहुनाहरु आएका पक्षको आफ्ना पनि पाहुनाहरु हुन्छन् । घरदेखको क्रममा ठूलै भोज भतेर हुने गर्दछ । प्राय: घरदेखको अवसरमा गाउँमा भोज खुवाउने गरिन्छ । यसमा नयाँ र पुराना गरी दुई किसिमका पाहुनाहरु हुन्छन्: घरदेखिया (घरहेर्न आएका नयाँ) र आफ्ना पुराना पाहुनाहरु ।

घरदेख पहिला केटा पक्षतिर र पछि केटी पक्षतिर हुने चलन छ । घरदेख यदि केटा पक्षतिर छ भने घरदेखको एक दिन अगाबै केटा पक्षबाट एकजना घरदेखिया लिन केटी पक्षको घरमा आउँछ र अर्को दिन केटी पक्षको घरदेखिया पाहुनाहरु साथमा लिएर वा घरदेखिया आउँने कुरो पक्का गरेर केटाको घर फर्की खबर दिन्छ अनि सबै विश्वस्त भई खाने कुरो तयारीमा लाग्छन् । त्यस्तै किसिमले केटीको घरमा पनि घरदेख हुदाँ त्यही प्रक्रिया दोहोरिन्छ । 

घरदेख गर्न जादा केटी पक्षले केटाको लागि र केटा पक्षले केटीको लागि आफना गच्छ र क्षमतानुसार लुगा, घडी, गहना इत्यादि समानहरु लिएर जान्छन् । सम्बन्धित ठाउँमा पुगेपछि त्यहाँ आदर-सत्कारपछि केटारकेटीलाई पान, सुपारी, रुपैया तथा घरबाट लगेका सबै सामग्रीहरु विधिवत चढाइन्छ । यस प्रक्रियालाई चुमौन (पनचढही) भनिन्छ । यो पनि त्यस दिनका ग्रह नक्षत्रको अवस्थितिनुसार केटारकेटीको र पान चढाउँनेको बस्ने व्यवस्था मिलाइन्छ । त्यसपछि खानपीन शुरु हुन्छ ।

नास्ता, खाना खाईसकेपछि यदि घरदेख केटीतिर छ भने घरदेखिया पाहुनाहरु घर फर्कनु पूर्व दुबै पक्षले विवाहको दिन निश्चित गरी दुबै पक्षले नौ-नौवटा सुपारी एउटा थालमा जम्मा गरिन्छन् र त्यस गाउँको जेवार वा भद्रभलादमीहरुले ती जम्मा गरेको सुपारी बेसारमा रंगाई सबै सुपारी एउटा कपडामा राखी दुबै पक्षलाई पालैपालो गरी तीन-तीन पटक कथा बान्हवै कथा बान्हवै कथा बान्हवै सोधने गरिन्छ र उत्तरमा दुबै पक्षले आ-आफ्नो पालोमा बान्हू, बान्हू, बान्हू  भनेर जबाफ दिनु पर्छ । यस किसिमले जबाफ बान्हू आएमा जेबारले ती सुपारीहरुको गाँठो बाधेर केटी पक्षलाई हस्तान्तरण गरिन्छ जुन सुपारी विवाहको राती विवाह काम सम्पन्न भएपछि गाँठो फुकाएर जन्तीहरु र समाजहरुलाई खान दिने गरिन्छ । 

यसरी सुपारीको गाँठो बान्धने प्रक्रियालाई लगन गाँठो (लगन बान्हनाई) अर्थात् विवाह हुने कुरो पक्का-पक्की गर्नु हो । समाज, जेवार र भद्रभलादमीको उपस्थिति भनेको साक्षी स्वरुप हो ताकि भोली दुवै पक्ष बीच कुनै फाटो आएमा समाज पनि साक्षी होस् कि कुन सही हो र कुन गलत हो । विवाहमा कुनै किसिमको गडबडी कुनै पक्षबाट भए समाजले पनि ती पक्षहरुलाई विवाह बन्धनको लागि दबाब दिन सकोस् ।

कुमरौन:- 
कुमरौन विवाहको एक दिन अगाडि हुने उत्सव हो । यो उत्सव केटा र केटी दुबैतर्फ हुन्छ र दुबैतर्फ एउटै विदहरु (कर्महरु) हुन्छन् तर केटीतर्पm मरवा (मण्डप) बनाउने एउटा काम बढी हुन्छ । 

कुमरौन उत्सवमा विवाहोत्सव सफल पार्ने उद्देश्यले घरको कूल देउतालाई आजका विदहरुमध्ये अन्तिम विदको रुपमा कुमारीपाठी बली दिने व्यवहारले गर्दा आजको उत्सवलाई छोटकरीमा केवल “कुमरौन” भनिन्छ । कुमरौन उत्सवको रुपमा केटा पक्षतिर केवल कासाधान कुट्ने, मुरवाइर गांथने, कस्कुटी गर्ने, लावा भुट्न माटोको चुल्हो तयार गर्ने, कुवा विवाह गर्ने, कत्तराझार विवाह गर्ने र अन्तमा कुमारीपाठीको बली प्रदान गर्ने जस्ता विदहरु सम्पन्न गरिन्छन् भने केटी पक्षतिर यी सबै विदहरुको साथसाथै जगबेदही बनाउने र भोलीको लागि मरवा तयार पार्ने थप काम हुने गरिन्छन् । 

कुमरौनको दिन एकै दिनमा मरवा तैयार हुनु पर्दछ । केटीकै हातको नाप अनुसार मरवाको लम्बाई हुन्छ । मरवाको लम्बाई केटीको हातले प्राय: ७ वा ९ हात लामो अभिभावकको सुविधानुसार राख्ने गरिन्छ । मरवा बनाउने काममा खास गरेर समाजका मानिसहरु सहयोग गरीरहेका हुन्छन् । 

केटीतर्फ घरदेख र कुमरौन एकै दिन पनि राख्न सकिन्छ वा घरदेख पहिले गरेर कुमरौनको दिन कुमरौन मात्रै गर्न सकिन्छ । यदि केटीतर्फ घरदेख र कुमरौन पनि एकै दिन छ भने घरदेख गर्नेहरुले केटीलाई पान चढाई सकेपछि मात्रै मरवा चढाउने काम र कुमरौन उत्सव शुरु हुन्छन् । 

कुमरौन उत्सव सम्पादन गर्न केटीतर्फ दानगर्ने र केटातर्फ पर्छने (पूजागर्ने) दम्पतिहरु दुबै उपबास बसी नुहाई धुवाई गरी दानकरनी (केटी दानगर्ने की श्रीमती) र परछैवाली (केटातर्फ विवाहमा मुख्यपात्रकी श्रीमती)हरु पहिले कासाधान (कासा बनाउनको लागि ल्याएको धान) कुटेर मुरवाइर गाथने (बनाउने) गर्दछन् । 

कासाधान कुट्न पहिले आंगनमा चौका लिपपोत गरी सिन्दुर-पिठार लगाई पूजाको लागि ठीक पारेको ठाउँ) गरेर एउटा नाङ्लोमा धान र सिंगो-सिंगो बेसारका टुक्राहरु, एउटा ओखल र पांचवटा हातेमुसल राम्ररी धोई पखाली चौकामा राखिन्छन् । त्यसपछि पहिले बेहुला वा बेहुलीले हात पछाडि पारेर पांचवटै विदकरनीहरुलाई उनीहरुका आँचलमा एकएक मुठी धान दिन्छन् अनि दानकरनी वा परछैवाली, बेहुला वा बेहुली तथा अन्य चारजना विदकरनीहरु हरेकले पांच-पांच मुठी धान ओखलमा राख्द्छन् र बेहुला र बेहुलीले सबै विदकरनीहरुलाई हातमा एउटा-एउटा मुसल थमाई दिने गरिन्छ । 

सबै विदकरनीहरुले पालै-पालो पांच-पांच पटक धानलाई आप्mनो हातमा भएको मुसलले कुट्दछन् । त्यसपछि दानकरनी वा परछैवालीले धान कुटेर चामल (अच्छत) तयार गर्दछन् । त्यही अच्छता तयार भएपछि मुरवाइर गाथनेकाम, पूजा र केही अच्छतालाई फेरि कुटेर पिठो बनाई पिठोबाट कासा तयार गर्ने गरिन्छ । पहिला मुरवाइर गाथने गरिन्छ र मुरवाइरपछि बेहुलीतिर मरवा खडा गर्ने गरिन्छ । कुमरौनकै दिन १२ बजे पुर्वनै कासाधान कुट्ने र मुरवाइर गाथने तथा मरवा खडा गर्ने काम सक्नु पर्दछ । त्यसपछि मरवा बनाउने थप कामहरु र चुल्हो बनाउने कामहरु अगाडि बढ्दछन् साथै कस्कुटी गर्छ अर्थात् पहिला तयार भएको चावल (अच्छता) बाट कासाधान कुटने विधिनुसार कासा (गिलो लसादार पिठो) कुट्ने काम गरिन्छ । 

मुरवाइर गाथ्नु (तुलसीको मुन्टोबाट माला बनाउनु):- 
केटीतर्फ दान गर्ने दम्पतिहरु र केटातर्फ पर्छने दम्पतिहरु उपबास बसी नुहाई कसाधान कुटिसकेपछि डालोमा सबै थोक लिएर देउता घरमा आफ्ना कूल देउताको पूजा गरी देउता अगाडि नै उपबास बसेका दम्पतिहरु दुबैजना तुलसीका मुन्टाहरुबाट तीन-तीनवटा माला बनाई केटी पक्षले एउटा माला केटी (बेहुली) लाई र केटा पक्षकाले एउटा माला केटा (बेहुला) लाई लगाई दिई दुबै पक्षले एउटा-एउटा माला देउता अगाडि र अर्को माला डालोमा राख्ने गर्दछन् । केटी पक्षकाले अर्थात् दानकरनीले त्यही डालोमा राखेको माला बेहुलालाई मुखपरखने (अनुहार हेर्ने) बेलामा बेहुलालाई र केटा पक्षकाले अर्थात् परछनेवालीले पनि बेहुलीको मुखपरखने बेलामा बेहुलीलाई लगाई दिने गरिन्छन् । 

यो तुलसीको माला बनाउन पुरुष पक्षले देब्रे हातको कान्छी औलाको मदतले फानो (गांठो) बनाउने गर्दछ भने महिला पक्षले फानोमा तुलसीको मुन्टा पसाउने (छिराउने) गर्दछिन् । यसरी एउटा मालामा पांच-पांचवटा वा नौ-नौवटाको दरले तुलसीको मुन्टाले माला बनाउने गरिन्छ । कुमरौनको दिन दम्पतिहरु यसरी तुलसीका मुन्टाहरुबाट माला बनाई बेहुलारबेहुलीहरुलाई माला लगाई दिने कामलाई मुरवाइर गाथनाई भनिन्छ । यसरी मुरवाइर गाथने काम सम्पन्न हुन्छ । 

यस किसिमले तयार पारिएको अच्छत र कासालाई डालोमा सजाई आवश्यतानुसार बांकी कामहरु अगाडि बढाइन्छ र त्यसै दिन विवाहमा काम लाग्ने हरेक सामग्रीहरु (दियो, तेल, लरीरधागो, अच्छत, धान, तराजु, तामा, मुरवाइर, पान, सुपारी, काजल, सिन्दुर, तलवार वा केराको गुभो) व्यवस्था गरेर डालोमा राखिन्छ । 

यो विवाह काम सम्पादन गर्न केटीतिर दानकरनी र केटातिर परछैवाली र लवभुजी सहितको पांच जना विदकरनीहरु हुन्छन् । खास गरेर यी व्यति- हरु नजिकका आफ्न्तहरु नै हुन्छन् ।

यसपछि केटीतिर माटोले मरवा पुरने, लिप्ने र पोत्ने कामहरु भई रहन्छन् । घरदेख पनि संगै छ भने झन कामको भार बढी हुने गर्दछ  । बेलुकितिर कूल देउतालाई पूजागरी बेहुली वा बेहुला र दानकरनी वा परछैवाली तथा विदकरनीहरु र गीत गाउँनेहरु र अन्य मानिसहरु आवश्यक सबै समानहरु लिएर कुमरौन गर्न कुवामा जान्छन् । त्यहां कुवाबाट पानी झिकी बेहुला वा बेहुलीलाई पिना र चिम्ट्याइलो माटोले कपाल माजी नुहाई दिएर कुवामा पूजा गरिन्छ । पूजाको लागि कुवामा पिठार र सिन्दुरले एउटा गोलो मरी (चित्र) बनाई मरीको मांझमा एउटा सुपारी राखी सुपारीमा बेहुलारबेहुलीले तीन पटक सिन्दुर राख्दछन् । कुवामा पिठार र सिन्दुर लगाइन्छ । त्यसपछि त्यही भएको कतराझार (सिकीको बिरुवा) को जडामा पिठारबाट मरीबनाई मरीको मांझमा सुपारीमा तेल र सिन्दुरले पूजा गरी बेहुलारबेहुलीले देब्रे हातको कान्छी औलाको मदतबाट सिकीको पातमा तीनवटा गांठोपारी सबै दिशामा तीनतीन पटक चिउरा छर्की अरु चिउरा सहभागीहरुमा बाँडी कुवाबाट घर फर्किन्छ । कुवाबाट घर फर्किदा भिजेको कपडा दूईवटा थालमा राखी बेहुलारबेहुलीले त्यो भिजेको कपडाको ओडारमा रही सबै जनासाथ घर फर्किन्छन् । यता घरमा कुमारीपाठी देउतालाई चढाई (पूजागरी) बली दिइन्छ र बेहुला वा बेहुली कुवाबाट घर न फर्किदै पूजा सफा गरी सक्नु पर्छ अनि बेहुला वा बेहुली कुवाबाट फर्किएर देउतालाई ढोगी कुमरौन कर्म समाप्त हुन्छ । यसपछि बलि चढाएको पाठी काटकुट गरी पकाई रातभरी मै सबै मासु खाएर सिध्याउनु पर्छ र बिहान सम्ममा सबै भाडाँकुडाहरु, घरआँगन सफा सुघर, लिपपोत गरी विहानको लागि पवित्र वातावरण तयार गरिन्छ । यही रातीको बिहानीपख काग कराउनु अघि नै फेरि विदकरनीहरु र बेहुलारबेहुली कुवा पुगेर मरवामा राख्ने माटोका लगहैर(पुरहैर (कलशहरु) पानीले भरेर नयाँ पहेलो कपडाले कलशहरु छोपेर मरवामा राख्ने गरिन्छ । 

विवाहको दिन केटीतर्फ मरवा लिपपोत गरी रातीसम्ममा विवाह कार्यक्रमको लागि मरवा तयार गरिन्छ । मरवा सजाउनेहरु पनि मरवा सजाउने काममा दिनभरि व्यस्त हुन्छन् । केटा र केटी दुबैतर्फ बेलुकी विवाह प्रकृया सम्पन्न गर्न आवश्यक पर्ने धानको लावा भुट्न आवश्यक पर्ने माटोको नयाँ चुल्हो तयार गरिन्छ । चुल्हो कुमरौन दिन बनाउन शुरु गरे पनि विवाहको दिनसम्ममा जम्मा दुई दिनमै तयार गर्नु पर्छ । यसरी दिनभरिमा नयाँ माटोको चुल्हो र मरवा सजाई लिपपोत गरी बेलुकी लावा भुट्न र विवाहको लागि मरवा तयार गरिन्छ । 

दिउँसो केटीतर्फ केटीहरु बेहुलीलाई सजाउने, मेहंदी लगाउनेदेखि तेलकसा लगाउने काममा नै व्यस्त देखिन्छन् भने पाहुनाहरु पनि आईराखेका देखिन्छन् । बेहुली घरका मानिसहरु छोरीलाई समानहरु दिएर पठाउने सरसमानहरुको व्यवस्थामा व्यस्त देखिन्छन् । दुबैतिरका घरपरिवारमा आनन्दमय वातावरण हुन्छ । विवाह हुने घरपरिवारका सबै सदस्यहरु खुशी देखिन्छन् । 

थारु समुदायमा बासी मरवा र ताजा लावाको चलन छ । त्यसकारण विवाहको एकदिन अगाडि मरवा तयार गरिन्छ भने विवाहको दिन मात्रै लावा भुट्ने गरिन्छ । विवाहको दिन मरवा तयार भई सजाई सकेको हुन्छ । मरवा र चुल्हो त्यस दिन सात-सात पटक लिपपोत भई प्रयोगको लागि तयार भईसकेका हुन्छन् । जगबेदहीको लागि चारवटा केराको बोट (थाम) र चारवटा खरही उभाई सकेका हुन्छन् । 

आँप विवाह:- 
बेलुकी दुबैतिर डालासाजी (डालोमा आवश्यक समानहरु राख्नु) साथमा चिउरा लिएर बेहुलारबेहुली, विदकरनीहरु, गीतहाईरहरु तथा अन्य सहभागीहरु आँप विवाहको लागि खास गरेर आप्mनै स्थानीय जातको आँपको रुख नजिक गएर पहिला रुख नजिक (जडानिर) लिपपोत गरी पिठार र सिन्दुरबाट मरी तयार गरिन्छ । मरीको माझमा पहिला अच्छत राखी त्यसमा सुपारी राखिन्छ र सुपारीमा बेहुलारबेहुलीले तीन तीन पटक सिन्दुर राखी सकेपछि रुखलाई चारै तिरबाट तीन पटक बेहुलारबेहुलीले लरी (पहेलो धागो)ले बेर्दछ । हरेक फेराको (पटक) अन्तमा रुखमा सिन्दुर राख्ने गरिन्छ र हरेक पटक सिन्दुर राख्दा सोध्ने गरिन्छ - के गरिरहेछौं ? र जवाफमा आँप विवाह गरिरहेछु भनि जवाफ दिनु पर्दछ । यस किसिमले तीन फेरा पूरा गरी त्यहा साथ लगेको चिउरा बेहुलारबेहुलीले तिन पटक चारैतिर छर्किन्छ र साथमा लगेको बांकी चिउरा साथमा गएका अन्य मानिसहरु तथा बाल-बच्चाहरुमा प्रसाद बाँड्ने गरिन्छ र आफ्नो घर फकिन्छ । यसरी रुखसंग विवाह गर्ने काम सम्पन्न हुन्छ । 

लावा भुट्ने काम:- 
विवाहको दिन बेलुकीपख आँप विवाह गरेर घर फर्केपछि लावा भुट्ने काम शुरु हुन्छ । लावा भुट्नको लागि नयाँ माटोको चुल्हो, धान, कोही, बसनी, बाँसको पंखा, नाङ्लो, कांसको टुप्पोवाला कुचो, लवभुजा बस्नको लागि धानको मैर आँगनमा तयार गरिन्छ । लवभूजा (लावा भुट्ने मुख्य पुरुष पात्र) र लवभुजी (लावा भुट्ने पुरुष पात्र की श्रीमती)हरु पनि नयाँ लुगा लगाएर लावा भुट्न तयार हुन्छन् । चुल्होमा आगो तयार भएपछि नांङ्लोमा भएको धान पहिला बेहुलारबेहुली, लवभुजा, लवभुजी र विदकरनीहरु सबैले हरेक पटक पांचपांच मुठी धान कोही (माटोको बाटुलो सानो भाडो)मा राखि सकेपछि पहिला दुई पटक लवभुजाले र बांकी तीन पटक लवभुजीले लावा भुटेर विवाहोत्सव कामका लागि आवश्यक लावा तयार गर्दछन् । लावा भुटने काम समाप्त भएपछि एउटा दौरा, सिंक, पटै र कोदालो लावा भुट्नेलाई दिई साथमा बेहुलारबेहुली र विदकरनीहरु आफना सबै आवश्यक सामग्रीहरु साथ दूबो भएको ठाउँमा पुग्दछन् । त्यहाँ दूबो सफा गरी पानी छर्की दूबोमा पिठार र सिन्दुरले मरी बनाई त्यस मरीको बीचमा सुपारी राखी सुपारीमा बेहुला-बेहुलीबाट सिन्दुर राख्न लगाई लवभुजाले देब्रे हातबाट कोदालोले एकै पटकमा दूबोमा भएको मरी काटेर आफु लगेको भाडोमा राख्नु पर्छ । अरु आवश्यक मात्राको दूबो ताछेर भाँडोमा राख्दछ र त्यो भाँडो बोकेर घर फर्किन्छ । घरमा ढोकामा एउटा खाल्डो खनी ल्याएको सबै दूबो खाल्डोमा गाडिन्छ  जुन दूबो अर्को दिन बिहानै खाल्डोबाट निकाली राम्ररी सफा गरी त्यस दिन दूबैतिर चुमौनको काममा प्रयोग गरिन्छ ।

दूबो ल्याई ढोकामा गाडि सकेपछि लावा भुटने काम समाप्त हुन्छ र त्यसपछि खान-पान शुरु हुन्छ । केटा पक्षतिर जन्ती जानको लागि मान्छे जम्मा गर्ने खुवाउने र जन्ती जान आवश्यक सामग्रीहरु तयार गरिन्छ र निश्चित समयमा जन्तीहरु (बेहुला, नोकनैत, अभिभावकहरु, आफन्तहरु, पाहुनाहरु, अन्य शुभचिन्तकहरु, मित्र तथा संगीसाथी) सबै हर्षोल्लाश वातावरणमा खूब तरकभरक रुपमा रवाना हुन्छन् । रवानाको लागि बेहुला आफना देवदेउताहरु तथा आमाबुबाहरुलाई ढोगी शुभआशीर्वाद लिई आमाले रवाना हुने बेलामा एक लोटा (गिलाश) पानी छोरालाई पियाई आशीर्वाद दिई विवाहको लागि छोरालाई रवाना गरीदिन्छे । जन्ती प्रस्थान गरिसकेपछि महिलाहरु रातभरी शिक्षाप्रद मंगलगीतहरु गाई रमाईरहेका हुन्छन् भने केटीतिर पनि त्यस्तै किसिमले आँप विवाह, लावा भुट्ने, दूबो ल्याउने कामहरु पश्चात खानपान गरी जन्तीको प्रतिक्षा तथा जन्तीलाई स्वागत तथा विवाहको व्यवस्थापनमा व्यस्त हुन्छन् । पछि घरमा जन्ती आईपुग्दछन् । जन्तीलाई बस्ने व्यवस्थापनको साथसाथै स्वागतार्थ बिडी-सिगरेट, समयानुसार चिसो वा चिया तथा नास्ताको व्यवस्थापनमा केटी पक्षका सबै व्यस्त हुन्छन् । जन्तीको लागि यी सबै व्यवस्था गरी सकेपछि अचेलको नयाँ व्यवस्थानुसार कहीकही स्वयम्बर गरिन्छ । 

स्वयम्वर:- 
पहिला थारु समुदायमा बालविवाहको चलन रहेको र अहिले पनि थारु समुदायमा प्रौढ विवाह लागू भईसक्दा पनि विवाह प्रकृया अभिभावकमुखी नै रहेकोले यो अभिभावकमुखी कुरोलाई बेहुलार बेहुलीमुखी बनाउन निम्ति स्वयम्वरको चलन समावेश भएको हुनु पर्छ । तर यो स्वयम्वर प्रथाबाट साँचिकै जिम्मेबारी बोध न भएर लहैलहैमा आई बढी देखासिखी जस्तो लाग्छ । स्वयम्वरको लागि माझमा बेहुला बस्ने र बेहुला वरिपरी चारैतिर घुम्न सक्ने ठाउँको व्यवस्था गरिएको हुन्छ । बेहुला बीचमा कुर्सीमा बसी राखेको हुन्छ र पछि बेहुली पाँच जनासखीसहेलीहरु साथ हातमा आरतीका आवश्यक सामग्रीहरुसाथ आउँछिन र हातमा पानीको गिलाश लिई तीन पटक बेहुलाको परिक्रमा गरी बेहुलाको आरती उतारी बेहुलीले बेहुलाको घाँटीमा माला र दाहिने हातमा औठी लगाई दिन्छिन् । त्यसपछि बेहुलाले पनि त्यसै अनुरुप बेहुलीलाई गलामा माला र देब्रे हातको औंलामा औंठीलगाई दिई दुबै पक्षले एक अर्कालाई बरण गर्दछन् । यसरी सबैको सामुने स्वीकारोक्ति गर्ने प्रक्रियालाई स्वयम्वर भनिन्छ । अनि त्यसपछि निम्न बैवाहिक विदहरु अगाडि बढाईन्छ ।

बेहुली चुमाउने संस्कृति:- 
बैवाहिक विदहरु अगाडि बढाउने क्रममा कुनै-कुनै परिवारमा बेहुली चुमाउने काम पहिला आउँछ । यस विद अनुसार बेहुला विवाहको लागि आँगनमा प्रवेश गर्नु अघि आँगनमा चौका गरिन्छ र चौकामा एउटा पिडिकामा बेहुली बसेको हुन्छिन्, त्यसपछि बेहुलाका अभिभावकहरु एउटा डालोमा बेहुलीको लागि कपडा, गहनाहरु तथा चुमाउँने सामग्रीहरु लिई आँगनमा बेहुली भएको ठाउँमा आई पहिला बेहुलीको हातमा दहीको लोदिया (माटोको सानो कचौरा) थमाई दूबोधानले बेहुली चुमाई (पूजा गरी) कपडा र गहनाहरु बेहुलीलाई दिई विवाह प्रक्रिया अगाडि बढाउने स्वीकारोतिm दिनुलाई बेहुली चुमाउने संस्कृति भनिन्छ । बेहुली चुमाई सकेपछि बेहुलीले ती नयाँ कपडाहरु र गहनाहरु लगाएर विवाह काम सम्पन्न गरिन्छ । 

धानयुध:- 
धानयुधको शाब्दिक अर्थ हुन्छ धानले युध गर्नु अर्थात् परम्परागत रुपमा थारुहरुमा छोरी दिने चलन थिएन । केटा पक्षले युद्घ गरेर बलजफ्त केटी लाने गरिन्थ्यिो । तर अहिले समय बदलिसकेको हुनाले ती पौराणिक व्यवहारहरु वास्तविकताबाट “धानयुध” विदमा परिणत भई व्यवहारमा आएकोछ । त्यसैले थारु समाजमा थारु बेहुलाहरु अहिले पनि युद्घका समानहरुमध्ये तलवार हाथमा र ढालका प्रतिक हसुली (थारु महिलाहरुले घांटीमा लगाउने चांदीको गहना) पूरै विवाह अवधि भरी घांटीमा लगाई राख्ने चलन छ । 

बेहुली चुमाई सकेपछि आँगनका अन्य विवाह प्रक्रियाहरु सम्पन्न गर्न निम्ति बेहुला र जन्तीहरु आँगनमा आउँछन् । यिनीहरुको आँगनमा प्रवेश रोक्न बेहुली पक्ष र बेहुला पक्ष बीच धान युध हुन्छ अर्थात् दुबै पक्षले केही समय धानले एक-अर्का पक्षलाई हान्ने गर्दछन् जुन युधमा बेहुली पक्षको हार हुन्छ र बेहुला पक्षको जित भई उनीहरु आँगनमा प्रबेश गरी विवाहका बाँकी प्रक्रियाहरु सम्पादन गरिन्छ ।

विवाह कर्म:- 
बेहुला र जन्तीहरु आँगन प्रबेश गर्दा सबै भन्दा पहिला बेहुली पक्षका विदकरनीहरु बेहुलाको गोडा धोई दानकरनीले पहिला बेहुला पर्छने गरिन्छ । यसको लागि दानकरनीले बेहुलामाथि तीन पटक डालो घुमाई कलशामा भएको पानी आँपको पातले बेहुलामाथि तीन पटक छर्की बेहुलाको मुखपर्खन्छिन् । मुखपर्खन दानकरनीले एउटा थालमा दियोबाली थालमा तेलगुर लिई दानकरनीले देब्रे हातको कान्छी औंलाको मदतले बेहुलाको दाहिने गालामा तीन पटक तेलगुर लगाई दिने गरिन्छ र त्यस्तै किसिमले बेहुलाले पनि दाहिने हातको कान्छी औलाले दानकरनीको देब्रे गालामा तीन पटक तेलगुर लगाई दिने गरिन्छ । यसपछि दानकरनीले बेहुलालाई डालोमा भएको मुरवाइर, चौकठा घाँटीमा लगाई दिने गरिन्छ । यसपछि दानकरनीले बेहुलाको टाउँकोमा तराजु र तामा ९काठको सानो भाडो   तीन पटक चढाई हरेक पटक यो के हो सोध्दा हरेक पटक बेहुलाले तुरी-तामा लक्ष्मी जवाफ दिनु पर्छ । त्यसपछि दानकरनीले डालोमा भएको कुशको जिना (डोरी) माथिबाट तल हुने गरी तीन पटक पसाउने (छिराउने) गरिन्छ । यसपछि दानकरनीले बेहुलालाई चादर (धोती)ले बेरी मरवा परिक्रमा गराउँछिन् । मरवा परिक्रमा पहिले मलिथम नजिकबाट शुरु गरिन्छ । यसको लागि दानकरनीले बेहुलालाई चादरले बेरी मलिथम नजिक गएर बेहुला हातको खांड मलिथम समाउने बुढी महिलाको हातमा समाउन दिई त्यहाँबाट देब्रे भएर मरवाको तीन फेरा लगाइन्छ र हरेक फेराको अन्तमा मलिथममा सिन्दुर राख्ने गरिन्छ । हरेक पटक मलिथममा सिन्दुर राख्दा सोधिन्छ कि के गरिरहेछौं र जवाफमा हरेक पटक मलिथमसंग विवाह गरेको जवाफ दिनु पर्छ । यस किसिमले मलिथम विवाह र मरवा परिक्रमा विदहरु सकिन्छन् र अठमंगल कुट्न शुरु हुन्छ । 

अठमंगल कुट्नु:- 
अठमंगल विदको लागि मरवाको उत्तरपट्टि एउटा ओखल र एउटा हाते मुसल व्यवस्था गरिन्छ । एउटा नाङ्लोमा धान ल्याइन्छ र बेहुला, बाहुन, नाई र जन्ती तथा समाज मिली पांच जना हरेकले पांच-पांच मुठीको दरले ओखलमा धान दिई सबैले मुसल समाई पंडितले मन्त्रोउचारण गर्दै धान कुट्दै चामल बनाई बाहुनलाई चामल दिई बाहुनबाट सुपारी लिने गरिन्छ र यही चामलबाट पंडितले बेहुला र बेहुलीलाई कंगन बनाएर बांधिदिन्छ । यसरी आठजना मिलेर धान कुट्ने परम्परा भएर यस विदलाई अठमंगल भनिन्छ ।

मरवाका विदहरु:- 
अठमंगलपछि बेहुलालाई मरवामा लगिन्छ र बेहुलालाई नयाँ कपडाहरु लगाउँन दिईन्छ । बेहुलाले कपडाहरु लगाई सकेपछि दानपतिबाट बेहुली लान अनुमति मांगेर भित्रबाट बेहुली ल्याई दानपति नजिक बसाई दिन्छ । बेहुली पक्षकाहरुले त्यहाँ मरवामा चाहिने सबै सामग्रीहरु ल्याई राख्दछन् । पंडितले आंपको पातमा बेहुला र बेहुलीको तिन पुस्ते नाम लेखी अठमंगलका चामललाई त्यही आंपको पातमा धागोले बेरी कंगन बनाई बेहुलाको दाहिने र बेहुलीको देब्रे हातमा कंगन बाधिने गर्दछ । त्यसपछि बेहुला, बेहुली, बाहुन सबै पांच-पांच मुठीको दरले धान धोतीमा राखी मन्त्रोउचारण गरेर बेहुला र बेहुली पक्षलाई तान्नलगाई गाँठो पारिन्छ जसलाई जेठसार भनिन्छ र यसलाई बज्रगाँठोको रुपमा लिईन्छ । अर्थात् विवाह बन्धन यो गाँठो सरहनै बलियो होस् भने बुझिन्छ । यसपछि नाईले बेहुला र बेहुलीको कानमा कनलगी गरिन्छ अर्थात् तीन पटक मन्त्रोचारण गरेर फुक्ने गर्दछ । त्यसपछि पंडितले दानपतिलाई बेहुलीको हात समाती बेहुलालाई बेहुलीको हात समाउन लगाई मन्त्रोउचारण गरेर दानपतिबाट बेहुलालाई कन्यादान गराईन्छ । बेहुला-बेहुली आजीवन साथ रहने, एकअर्काको सुख-दु:ख मा साथ दिने भने बाचा गराईन्छ । त्यसपछि बेहुला र बेहुली एकातिर बस्छन् र दानकरनीले मौर (मुकुट) समाई तीन पटक घुमी बेहुलालाई मौर लगाई दिन्छिन् भने दानपतिले मौरी (मुकुट) समाई तीन पटक घुमी बेहुलीलाई मौरी लगाई दिने गरिन्छ । यस किसिमले मरवा भित्र हुने विवाह विदहरु आजको लागि अन्त हुन्छन् ।

लहछुह:- 
मरवाको सबै विद सकेपछि लहछुह (लहरनीले काट्ने) विद हुन्छ । यसको लागि आँगनमा चौका गरेर त्यसमा पहिला बांसको पंखा र त्यसमाथि माटोको नयाँ कोही (बाटुलो भाडो) राखिन्छ । कोहीमा पहिले बेहुला त्यसपछि बेहुलीलाई पालैपालो बसाई नाईले बेहुलाको दाहिने हातको र बेहुलीको देब्रे हातको कान्छी औंलामा लहरनीले काटी रगत निकाली त्यो रगत कपासले पुछी कपास सम्बन्धित महिलाको जिम्मा दिने विदलाई लहछुह भनिन्छ । यस किसिमले लहछुह विद सम्पादन गरिन्छ र यसको लगतै सिन्दुरदान विद शुरु गरिन्छ ।

सिन्दुरदान:- 
लहछुहपछि सिन्दुरदान गरिन्छ । सिन्दुरदानको लागि बेहुलाले आप्mनै घरबाट एउटा कियामा (सिन्दुरको सानो भाडो) भुसुना सिन्दुर, त्यसै कियाभित्र सोखसहगली (खास किसिमको औंठी जुन औंठी सिन्दुरदानको समयमा बेहुलीको देब्रे हातको कान्छी औलामा लगाई दिने गरिन्छ) र कसमीरा सनको सानो भिडा तथा टारीमा (माटोको सानो भाडो) तोरीको तेल एउटा सानो सिंकमा (बाबियोबाट बनेको झुंड्याउने चीज) व्यवस्था गरेर ल्याएको हुन्छ । यसको साथसाथै जन्तीले मसाल (प्रकाशको लागि आगो बाल्ने विशिष्ट किसिमको हातले समाउन सकने बांसको बिड भएको माटोको सानो भाडो जो विवाह अबधिसम्म बाली राख्नु पर्ने हुन्छ) पनि ल्याएको हुन्छ । सिंदुरदानको लागि बेहुलीलाई लहछुह विद जस्तै त्यही ठाउँमा बसाई बेहुलाले भुषना सिन्दुरका किया हातमा समाई तीन पटक घुमी घुंठनाको सहाराले उभी कियामा भएको सनपाटको भिंडाको सहायताले तीन पटक बेहुलीको निधारमा (सिउँदो) सिन्दुर हाल्ने गरिन्छ र यै सिन्दुर पछि केटीहरुको लागि विवाहिताको प्रतिक हुन्छ । यस विदलाई सिन्दुरदान भनिन्छ ।

होमजाप:- 
यो विद विवाह विदका लगभग अन्तअन्तका विद हुन् । यसको लागि मरवाकै नजिकमा जगबेदी (जगबेदही, जग गर्ने ठाउं) बनेको हुन्छ । यो जगबेदी माटोको ढिस्कोलाई चारवटा केराका थाम, खरही र बांसका करचीले (हांगा) घेरी बनेको हुन्छ । यो जगबेदीमा सिन्दुरदानपछि पंडितले होमका सामग्रीहरुले आगो बाली मन्त्रोउचारण गरी होम गर्दछ र बेहुला, बेहुलीले हातमा धानका नयाँ लावा लिई जगबेदीको तीनपटक हातको लावा खसालिदै परिक्रमा गर्दछन् अर्थात् आगोको साक्षी राखी बेहुला बेहुलीले एकअर्कालाई आत्माले स्वीकार गरी विवाह बन्धनमा बांधिएको स्वीकारोक्ति हो ।

कोबर विवाह:- 
होमजापपछि थारु समुदायमा कोबर विवाह गर्ने चलन छ । यसको लागि बेहुलीतिर कोहबर घरमा पुरैनको पातमा विभिन्न सितुवाका आकारका बुटाहरु भएको विभिन्न रंगले बनेको कोबर (भितिचित्र) हुन्छ जो एउटा पोखरी भित्र हुन्छ र जस्को चारै कुनामा सूर्य र चन्द्रमा अंकित हुन्छन् जसको अर्थ यो विवाह सूर्य चन्द्रमा रहुन्जेल कायम रहोसको  प्रतिक हो । बेहुलाले तीन पटक यो कोबरमा सिन्दुर राख्नु पर्दछ र हरेक पटक के गरिरहेछौं प्रश्न सोध्दा कोबरसंग विवाह गरेको भनि जवाफ दिनु पर्दछ । यस किसिमले कोबर विवाह विद् अन्त्य हुन्छ । यसपछि बेहुला र बेहुलीहरु देउताहरुलाई ढोगी मलिथम समाउने बुढी महिलाको जिम्मा राखेको खडग लिई दुबैजनाले महिलालाई र दानपतिलाई हात समाती उठाई दिन्छन् र दही चिउरा विदको लागि घर पस्दछन् । जन्तीहरु र समाजहरु लगन सुपारी खाएर आँगनबाट बाहिर निष्कन्छन् । त्यसपछि जन्तीहरुलाई खाना खुवाउने काम शुरु हुन्छ ।

सम्धी मिलन:- 
अर्को दिन विहान सबै काम सकिएपछि बिहान जन्ती भएको ठाउँमा समाजका मानिसहरु जम्मा हुन्छन् । सम्धीहरु (केटाको बुबा र केटीको बुबा) पनि एकसाथ हुन्छन् । दुबै पक्षले समाजको लागि सुपारी सहोडा एक ठाउँमा जम्मा गर्दछन् । समाजलाई बिडी चुरोटले स्वागत गरिन्छ । समाजको सामुने दुबै सम्धीहरु एकआपसमा कांधमा कांध मिलाई नमस्ते गर्दैं समाजलाई नमस्ते गर्दछन् र यस किसिमले आजदेखि सबै समाजको सामुने हामीहरु सम्धी भयौं र यस अनुसारको व्यवहार गर्नेछौं भने वाचा गर्दछन् । त्यसपछि सुपारी वितरण गरिन्छ र बांकी विदहरु अगाडि बढ्दछन् ।

घोघट:- 
घोघटको व्यावहारिक अर्थ हुन्छ टाउँको, अनुहार इत्यादि अंङ्गहरु कपडाले छोप्ने परम्परा । विवाह भई सकेपछि बेहुलीले टाउँको, अनुहार इत्यादि अंङ्गहरु छोप्न बेहुलीलाई औपचारिक रुपमा कपडाहरु प्रदान गरिने विद हो । जुन बेहुला परिवारमा बेहुलीलाई घोघटको चलन छ उसले बिहान समाजिक सुपारी वितरणपछि यो विद अगाडि सार्दछ । यसको लागि आँगनमा चौका गरी चौकामा बेहुली बस्दछिन् र बेहुला पक्षले एउटा डालोमा बेहुलीको लागि कपडा, गहनाहरु ल्याएर विधिवत चुमाउँदछ र यही कपडाहरु लगाएर आज बेहुला बेहुलीहरु थनलगी गर्न जान्छन् ।

थनलगी:- 
दोश्रो दिन विहान घोघटपछि घरका कूलदेउतालाई पूजा-आजा गरी बेहुलीले नयाँ वस्त्र लगाई बेहुला र बेहुली थान (ग्राम देवस्थल) गएर देउताहरुलाई तीन पटक परिक्रमा गरी लावाले पूजा गरी ढोगेर आउँने कामलाई थारु संस्कृति अनुसार थनलगी भनिन्छ र थानबाट फर्केर मात्र मरवामा चुमौन काम शुरु हुन्छ । यो थनलगी गरेर बेहुला(बेहुली त्यहाबाट केहि पर फर्किने वितिकै थानमा परेवा बलिदिने चलन छ तर अहिले हालमा कुनैकुनै गाउँमा परेवाको बली नदिएर त्यसको साटो मिठाई चढाउने चलन ल्याको छ ।

चुमौन:- 
चुमौन बेहुलीतिर विवाहको अन्तिम विद हो । यसक्रममा थानबाट बेहुला-बेहुली फर्केर विधिवत आफ्न्त सबैका आशीर्वाद प्राप्त गर्न केही समयको लागि मरवामा बस्दछन् र बेहुलीतिरका सबै आफन्तहरु पालैपालो मरवामा आई बेहुला बेहुलीलाई दूबोधानले आशीर्वाद दिई आफनो क्षमतानुसारका उपहारहरु बेहुला बेहुलीलाई दिने गरिन्छ जसलाई चुमौन भनिन्छ । 

यो चुमौनपछि बेहुलीतिर फेरि खानपान शुरु हुन्छ । सबैजना खाई सकेपछि जन्ती घर फर्किने तयारी हुन थाल्छ र सबै तयारी भएपछि बेहुला-बेहुलीलाई फेरि एकपटक मरवामा ल्याई तेल-कसालगाई देउतालाई ढोगी प्रस्थान गराउने चलन छ तर अहिलेसम्म विवाह जुन एउटा हर्षोल्लाशको उत्सव थियो यतिखेर यो उत्सव महा द:खदायी घडीमा परिवर्तन भईसकेको हुन्छ । चारै तिर रुवावासी र करुण वातावरणमा बेहुली पठाउनु परेको दृष्य एउटा द:खदायी क्षण हो ।

खैर जे होस् बेहुली विदावारी भएर आफनो नयां घर पुग्छे । शायद यही द:ख-दर्दलाई कम गर्न थारु समुदायमा बेहुलीका दाई, भाउजुहरु, भाई तथा सखीसहेलीहरु बेहुली साथ गई बेहुली पू¥याउँने चलन छ । बेहुला र बेहुलीहरु घर पुगेपछि त्यहाँ बेहुला पक्षका विदकरनीहरु बेहुला र बेहुलीको खुटा धोइदिई बेहुला र बेहुलीलाई परर्छिने चलन छ । परछिनको लागि परछैवालीले बेहुला र बेहुलीमाथि तीन पटक डालो घुमाई आँपको पातले तीन पटक पानी छर्किने गरिन्छ । यसपछि परछैवालीले बेहुलीको मुखपर्खिने गरिन्छ । यसको लागि परछैवालीले आफ्नो देब्रे हातको कान्छी औलाले थालमा भएको तेलगुर बेहुलीको देब्रे गालामा तीन पटक लगाई दिन्छे र डालोमा भएको मुरवाइर बेहुलीलाई लगाई दिन्छे । त्यस्तै किसिमले बेहुली पनि आफ्नो देब्रे हातको कांन्छी औलाले परछैवालीको गालामा तीन पटक तेलगुर लगाई दिई मुखपर्खने कामको अन्त हुन्छ । यसपछि बेहुला-बेहुली चौकामा बस्दछन् र नाईले फेरि पूर्वत: कान्छी औलाहरुमा लहछुह गरिन्छ । लहछुहपछि यहाँ पनि बेहुला-बेहुलीको चुमौन शुरु हुन्छ । चुमौन गर्दा बेहुलालाई चौकामा बस्न पिड्का दिएको हुन्छ भने बेहुलीलाई सनको भिडी दिएको हुन्छ । सबै आफन्तहरु बेहुला-बेहुली चुमाई सकेपछि आंगनका विदहरु अन्त हुन्छन् । 

यसपछि बेहुलालाई फेरि कोबर विवाहको लागि कोहबर घरमा लगिन्छ र त्यहाँ बांसबासिन रुपी कोबरमा बेहुलाले तीन पटक सिन्दुर राख्दछ र सिन्दुर राख्ने बेलामा तीन पटक सोधिन्छ के गरिराखेका छौं र हरेक पटक बेहुलाले कोबरसंग विवाह गरेको जवाफ दिनुपर्छ । कोबर विवाह पश्चात बेहुला-बेहुली घरको कूल देउतालाई ढोगी बेहुली फेरि चौकामा आईबसी बेहुलीको खौछा (पोको) झार्ने विद गरिन्छ । खौछा झार्ने क्रममा नन्दले पहिला चांचमुठी चिउरा भाउजूको खौछामा दिइन्छ भने भाउजूले पनि खौछाको पांचमुठी चिउरा नन्दलाई दिइन्छ । यो क्रम तीन पटकसम्म चल्छ । यस किसिमले खौछा झार्ने विद खत्म हुन्छ । त्यसपछि आजका विदहरु सकिन्छन् र बेहुलाबेहुली घर भित्र गई दही चिउरा विद गरिन्छ ।

अब तेश्रो दिन विहान फेरि घर-आँगन सफासुघर गरी देउताको पूजापाठ गरी फेरि पूर्वतस् थनलगी गरिन्छ र थानबाट फर्केर आँगनमा पोखरी खनी त्यसमा पानी राखी पालोमा बेहुला-बेहुलीलाई बसाई पोखरीमा नुहाई दिने गरिन्छ । यो नुहाउने विदलाई “दहलौन” नुहाएको भनिन्छ अर्थात् यतिखेर विवाहका हरेक अहिरन-पहिरन (मुरवाइर, कंगन, मौर-मौरी इत्यादि) निकालिन्छ । त्यसपछि बेहुला-बेहुलीले एक-आपसमा कौडी (जुवा) खेलिन्छन् । विदकरनीहरुले बेहुला-बेहुलीसंग भएका कंगन, मुरवाइर, मौर-मौरी तथा विवाहका फाल्नु पर्ने अन्य चीजहरु खोला (नदी)मा लगेर सेलाइन्छन् । र अन्तमा पाहुनाहरुलाई खानपान गराई आ-आप्mना घर पठाइन्छ । अर्को याद राख्नु पर्ने कुरो के छ भने बेहुला-बेहुलीलाई कुमरौनको क्रममा कुवामा नुहाई दिएपछि दहलौन न नुहाउन्जेलसम्म यो बीचमा आफु मनखुशी नुहाउँन पाउँदैनन् र दानपतिलाई बेहुला पक्षबाट विशिष्ट निमन्त्रणा नआउन्जेलसम्म दानपति बेहुलीको घर जाने चलन छैन ।

घुरबहौर:- 
अहिले वर्तमान परिस्थितिलाई मध्यनजर राखेर गौना प्रथालाई परिमार्जन गरी “घुरबहौर” विद कायम गरेको पाइन्छ । यस विद अनुसार आजै नोकनैत-अरियाती तथा अन्य पाहुनाहरु घरमा हुँदैं बेहुला-बेहुली माइती पुगेर आजै फर्किने चलनले गर्दा दुरागमनरगौना चलन हराउन लागेको छ । यस विदको अर्थ हुन्छ गौना गर्नु पर्दैन र विना गौना बेहुली घर र माइती आवत-जावत गर्न सकिन्छिन् । 

अब पाहुनाहरुलाई खाना खुवाई आदरसत्कारकासाथ घर फकाई विवाह उत्सब यहि समाप्त हुन्छ र बेहुलाबेहुली पति-पत्नीको रुपमा नयाँ जीवन शुरु गर्दछन् । 

दुरागमन:- 
दुरागमनको शाब्दिक अर्थ हुन्छ बेहुलीको आफ्नो श्रीमान्को घरमा दोश्रो पटकको आगमन अर्थात् विवाहको क्रममा बेहुलीको पहिलो आगमन र विवाहपछि केही समयबादमा फेरि दोश्रो पटकको आगमन । यसलाई अर्को किसिमले गौना पनि भनिन्छ । 

दुरागमनको लागि विवाह पश्चात केही समय बिराएर पंडितबाट बेहुलीको द्वितीय आगमनको लागि शुभशायत निश्चित गरेर आफ्नो समाजको एकजना मार्फत बेहुलीको माइती घरमा दुरागमनको लागि दिन (समाचार) पठाउने गरिन्छ । यसरी समाचार लिएर जाने व्यक्तिलाई थारु संस्कृतिनुसार “कहौतिया” (समदिया, समाचार लिएर जाने व्यक्ति) भनिन्छ । यो कहौतिया जतिखेर संम्वाद लिएर आइपुग्दा पनि उहाँलाई भात पकाएर खुवाएरै पठाउने चलन छ । 

कहौतिया आईसकेपछि बेहुलीको माइतीमा बेहुलीकी आमाबुबा आपसमा सरसल्लाह गरेर संम्वाद अनुसार पठाउने नपठाउने कुरो निश्चित गरिन्छन् । उनीहरुले छोरी पठाउने सल्लाह गरेको भए पठाउने तयारीमा लाग्छन् । निश्चित समयमा बेहुला विवाह जस्तै बाजागाजा सहित जन्ती लिएर बेहुलीको माइतीघरमा आइपुग्छन् । यहां विवाह जस्तै बेहुला र जन्तीको आदरसत्कार गरिन्छ । समाजलाई समाजिक सुपारी दिइन्छ । त्यसपछि जन्तीहरुको लागि खानपिनको तथा सुत्ने ईत्यादिको व्यवस्था गरिन्छ । 

बेहुलालाई राती घर भित्र बोलाई महिलाहरुले अनेक किसिमका शिक्षाप्रद मंगलगीतहरु सुनाई आनंन्दित गरिरहेका हुन्छन् । भोली विहान बेहुलीतिरका आफन्त (पाहुना)हरु आउन थाल्दछन् र सबै पाहुनाहरुलाई खाना खुवाई दिनुपर्ने सरसमान र कोशेलीहरुसाथ दिएर बेहुली समाजिक रितीथिती अनुसार पठाई दिने गरिन्छ । 

तर यदि यसपटक केही समस्याले गर्दा बेहुली नपठाउने सल्लाह भएको भए बेहुला पक्षबाट समाचार पठाएको लगतै बेहुलीको माइतीबाट जिम्मेवार मानिस बेहुलाको घर पुगी त्यहां आफ्ना समस्याहरुले गर्दा यस पटक दिन नमान्ने कुरो बेहुला पक्षलाई समझाईबुझाई गरेर मनाउने चलन छ ।

पहिला थारु समुदायमा बालविवाह प्रथाले गर्दा दुरागमनको अति महत्व थियो किनकि विवाहको समयमा बेहुला-बेहुली साना-सानी हुँदा विवाह उनीहरुको लागि महत्वपूर्ण थिएन । बेहुली तरुनी नहुन्जेलसम्म माइतीमै आमासंगै बसिन्थ्यिो र तरुनी भएपछि विवाह जस्तै औपचारिक किसिमले गौनाको रुपमा बेहुलाले बेहुली भित्रियाउने प्रथालाई दुरागमन प्रथा भनिन्छ । यस प्रथानुसार अभिभावकहरु दोहरो खर्चमा पर्दथिए तर अब बालविवाह प्रथा हटिसक्यो र समय पनि बदलिसकेको हुनाले यो गौना प्रथालाई अचेल समय सुहाउँदो घुरबहौरू प्रथामा परिमार्जन गरेको पाइन्छ ।

कन्यौति प्रथा:
आजभन्दा लगभग ३०-४० वर्ष पूर्व जतिखेर थारु समुदायमा बालविवाह प्रथाको हावी थियो त्यतिखेर यो कन्यौति प्रथाको पनि यो थारु समुदायमा निकै हावी थियो । यस कन्यौति प्रथाको चलन अनुसार बेहुला पक्षले कन्याको लागि शुल्क तिर्नु पर्दथियो अर्थात् बेहुली पक्षलाई रुपैया तिर्नु पर्दथियो । कति रुपैया तिर्नु पर्ने भने सो निश्चित थिएन । यो दुवै पक्षको दामाशाहीमा भरपर्दथियो । खास गरेर दुरा (लमी)मा यो कुरो बढी निर्भर हुन्थ्यिो । यस व्यवस्थानुसार त्यसताका थारु समुदायमा कन्याहरु निकै महंगा थिए तर त्यतिखेर कन्याको लागि शुल्क तिर्दातिर्दै कतिपय केटा पक्ष गरिब भई हाल्थे र केटी फेरि त्यही गरीब घरमा विवाह पश्चात आएर द:ख भोग्नु पर्दथियो । 

तर यसबाट फाइदा के थियो भने त्यतिखेर कुनै पनि केटीले गरिबीको कारण अविवाहिता जीवन बिताउनु पर्दैनथियो । जसले गर्दा समाजमा केटीहरुको चरित्र सम्बन्धित कुनै समस्याहरु थिएनन् । शायद, यै बाट प्रभावित भएर मानिसहरु कन्योति प्रथा चलनमा आएको हुनु पर्छ । तर वर्तमान समयमा यो प्रथा थारु समुदायमा पनि समाप्त भई सकेकोछ ।

दाइजो प्रथा:- 
अहिले वर्तमान समयमा खास गरेर तराईका समुदायहरुमा यो दाइजो प्रथाको निकै बोलबाला रहेको पाइन्छ । यस प्रथानुसार कन्या पक्षले बर पक्षलाई रुपैया तिर्नुपर्ने हो जसले गर्दा कन्याहरुको लागि यो प्रथा अभिशाप साबित भई सकेको छ । कतिपय समुदायको लागि यो दाइजो प्रथा प्राणघातक रोग भई सकेको छ । अहिले पनि रुपैयाको अभावमा धेरै कन्याहरुको विवाह हुन सकेको छैन र जसको विवाह भई सकेकोछ उनीहरुको जीवन पनि खतरामा छ । 

थारु समुदायमा दाइजो प्रथा अहिलेसम्म खुलम-खुल्ला रुपमा आइसकेको छैन । यो थारु समुदायको लागि एउटा गौरबकै विषय हो र यो समाजका शुभचिन्तक तथा अगुवाहरुसंग हार्दिक अनुरोध छ कि यो व्यवस्थालाई पछिसम्म यो समुदायमा पस्नदिनु हुँदैन ।
समाप्त

श्रोत व्यक्तिहरु:-

श्रीमती ताराबती चौधरी, रायपुर, सप्तरी
श्रीमती संसारी चौधरी, नरहैया, सप्तरी
श्रीमती मीना चौधरी, फुलहारा, सप्तरी
श्रीमती रामबती चौधरी, दौरी, उदयपुर
श्रीमती सरस्वती चौधरी, बेलटार, उदयपुर
श्रमिती परमेश्वरी चौधरी, तिनकुनी, सिरहा
श्रीमती अंजिला चौधरी, तिनकुनी, सिरहा

थारु समुदाय मे कनिया–पुतरी आ घरवा–दुवरवा के खेल

थारु समुदाय मे कनिया–पुतरी आ घरवा–दुवरवा के खेल 
                                                                
अगस्ट २२, २०१०
मानव जीवन सार्थक, सफल आ पूर्ण बनावै के लेल समुदाय मे लोग सब आवश्यकता अनुसार अनेक चीज विकास क्याके वकरा व्यवहार मे उतारैत आइबरहल छै । येहनं चीज सब मे थारु समुदाय के कनिया पुतरी तथा घरवा दुवरवा के खेल के ल्या सकैछै । 

कनियापुतरी थारु समुदाय मे मुख्य रुप मे छोट-नान्ह बच्चा सब (लगभग ३ से ९ वरिष) के खेलैवाला खेल चियै । यी परिवार, समाज मे समाजिक भ्यारहल घटना अनुसार बालबच्चा सब के सामाजिकीकरण करै वाला  मनोरन्जनयुक्त खेल चियै । यी खेल कन्हिक पैध-पैध बच्चो सब सेहो आपन फुर्सत  के समय मे खेलै छै त छोटका-छोटका बच्चा सब हर्दम खेलैत रहैछै ।                                    
कनियापुतरी मे कनिया माने कनिया आ पुतरी माने पुतला । अर्थात् कनियापुतली माने कनिया के पुतला युक्त मनोरन्जनात्मक खेल । यते कनिया के मात्र चर्चा हैतो वास्तविक रुप मे यै खेल मे औरो अन्य बहौत पात्र सब जेनं माय, बाप, दीदी, दाजु, बहैन, भाई, सौस, ससुर, ननैद, दियादनी, दियोर, भेसुर आ बालबच्चा के संगेसंगे नटुवा तथा बाजावाला सब के सेहो पुतला सब आ-आफन सामर्थ तथा व्यवस्थानुसार रहैछै् । अर्थात् एकटा आदर्श परिवार के प्राय: सब सदस्य सब पुतला रुप मे खेल मे मौजुद रहैछै् ।

                                                  
खास क्याके यी पुतरी सब फटलहा, काम नैलागैवाला कपरा तथा टुक्रा-टुक्री सब से बनल रहैछै मगर पुरने पटलहे कपरा होना चाही सेहो कोनो जरुरी नै । उसब आ-आपन सामर्थ तथा परिवारिक सहयोग अनुसार जे जेहेन किसिम के कनियापुतरीर पुतरी बनासकैछै । 

यी पुतरी  सब लगभग ३ इन्च से ९ ईन्च लम्बार्इ के रहैछै । यकर संगेसंगे माइट वा मुज से बनल छोटछोट खटौली रहैछै  जकरा नीक से अनेक रंग से रंग्याके वै मे कनिया विदा करैछै । 

यी पुतरी सब बच्चा सब के मैया, काकी वा दीदी सब आ-आपन फुर्सत अनुसार बन्या दैछै । पुतरी  सब बनाबै बाला के फुर्सत, सीप, लगन तथा उपलव्ध आवश्यक कच्चापदार्थ ईत्यादि अनुसार यी साधारण से ल्याके रंग विरंग के हेछै । कोइयो रंग विरंगी कपडा से रंग विरंगी पुतरी बनावैछै त कोइयो साधारण उजरा कपडा से साधारण । अकर संगेसंगे कनिया के उसब थारु संस्कुति अनुसार अनेक किसिम के  गहनास् कपार मे मँगटीका, नाक मे नथिया, बुलाकी, फुलिया, कान मे सोन वा कुण्डल, कनैली, घाँटी मे हँसुली, चन्द्रहार, सिक्री, टका के चन्द्रहार, तथा कठसैर, बाइह मे जसन, बांक, बाजु, कबजा मे मोठा, चूडी, बरही, औगुरी मे औठी, डार मे हरहरा, पाइर मे कडा, पैरी, छारा तथा टांग के औगुरी मे ठेसा नामक गहना सब  लग्याके और सुन्दर किसिम के कनिया बनावैके छै ।

यै किसिम से बच्चा सब के मैया, दीदी तथा काकी सब सेहो पुतरी बनाबैत काल आनन्द लैत रहैछै त आपन छोट-छोट बच्चा सब के खेल मे लग्याके आपना बेसी काम करैले समय पावेछै । 

यी पुतरी सब बनावै मे कोनो खास खर्चो नै हैछै , सब जगह मे बनावैवाला कच्चापदार्थ आसानी से उपलब्ध भेल त काम नै लागै वाला कपरा के पून: प्रयोग सेहो भेल आ फेन वातावरण सेहो खराब है से बाँचल । 

नेपाली मे पुतली तथा अग्रेजी मे Dolls वा Puppet के कुछ हदतक थारु समुदाय के कनियापुतरी के परिवर्तित रुप मानल ज्यासकैछै मगर हुबहुब कनियापुतरी खेले चियै से नै । कथिले त पुतली वा गुडिया से एकटा बच्चा (Baby) के पुतला के भाव मात्र बुझावैछै त कनियापुतरी से कनिया, बर तथा अन्य सदस्य सहित के । यकर अलावा पुतली के जबकि मनोरंन्जन के एकटा रुप मे मात्र प्रयोग हैछै त कनिया पुतरी के समाज मे बालबच्चा सब के खेल के माध्यम से मनोरंजन के संगेसंगे अप्रत्यक्ष रुप से सामाजिकीकरण करै के पैध सामाजिक अश्त्र के रुप मे ।

थारु समुदाय के कनिया-पुतरी विषय मे अखनी तलैक कोनो खास वैज्ञानिक अध्ययन भेल्छै, नै देखै मे आबै छै । तैयो यै खेल के हाव भाव, अर्थ आ व्यवहार के गरिमा विचार करने से यकर उत्पति तथा विकास सभ्यता के सँगसँगै अर्थात् आई से बहौत पहिने  भेल हेतै से अनुमान क्याल जया सकैछै । 

यी पुतरी खेल मे २-४ परिवार के बच्चा सब एक ठाम मे आ-आपन पुतरी साथ जम्मा भ्याके यी खेल खेलैछै । यै खेल मे खास क्याके  दुई समूह हैछै-कनिया पक्ष आ दोसर बर पक्ष । बच्चा सब पहिने एक ठाम मे जम्मा भेला के बाद उसब आपस मे समुह सब छुट्टयाके बर पक्ष एक ठाम मे तथा कनिया पक्ष दोसर ठाम मे अलगे कनिया पक्ष कनिया के पुतरी आ बर पक्ष बर के पुतरी साथ बैठैछै् । अकर बाद उसब एउटा सभ्य परिवार मे वकरौर के मैया, बाबु  सम्पन्न करै वाला हरेक संस्कार सब उसब पुतरी के माध्यम से सम्पन्न करै छै । येहनं सम्पन्न करैवाला काम सब मे से यैठो वियाह संस्कार के  एउटा उदाहरण के रुप मे उल्लेख क्याल ज्या सकैछै । यी वियाह काम सम्पन्न करैले उसब पहिने  आपन मे कोयो दुरा बेनैछै आ फेन बर कनिया छानै छै । तब वियाह के दिन निश्चित क्याके आवश्य सब चीज के व्यवस्थापन क्याके बरियाती ज्याके कनिया वियाह क्याके आपन घर आनैछै । कनिया के माय बाप सेहो खौब बेसी सठनी(रजनी तथा सनेस के साथ कनिया के खौब सजल खटौली मे चढ्याके विदाइ करैछै । यै मे बर पक्ष से कनिया के घर मे बरियाती जाइछै त कनिया पक्ष से सेहो थारु संस्कार अनुसार कनिया संगे नोकनैत अरियाती बर के घर आबैछै । दुनु पक्ष एक दोसर पक्ष के खौब स्वागत मानसम्मान तथा भोज भतेर करैछै । एवम् किसिम से नोकनैत अरियाती फिर्ता हैछै और वियाह काम सम्मपन्न हैछै । 

अकर बाद कनिया सौसरा मे आपन परिवारिक जीवन शुरु करैछै जै क्रम मे सौस(ससुर संगे एकटा भद्र पुतौह के, दियोर, ननैद संगे भद्र भौजाइ के, दियादनी संगे आदर्श दियादनी के, श्रीमानसँगे एकटा आदर्श श्रीमती के भूमिका निर्वाह क्याके परिवार के आनन्दायक बन्याके बाद मे बच्चा पाइब बच्चा केनंके पालन करैछै से ल्याके एकटा सफल महताइर के दादी के समेत भुमिका एकटा पुतरी के माध्यम से सम्पन्न करै के संगे पावैन तिहार समेत सफल पूर्वक सम्पन्न करैत यी कनियापुतरी के खेल समाप्त हैछै ।

वच्चा सब बच्चे से नक्कल करैके तथा नयाँ चीज सिखैके स्वभाव के हैछै । यै किसिम से उसब मानव जीवन मे एकटा आदर्श परिवार मे सम्पन्न करैवाला सब संस्कार, दैनिक व्यवहार, पावैन–तिहार, सादी-वियाह, खेतीपाती पुतरी के माध्यम से सम्पन्न करैत रहैर्छै त अप्रत्यक्ष रुप से उ सब घर व्यवहार कथि करवै, केनंके करवै, ककर से केनं व्यवहार करवै, आपन महताइर, बाप, सौस, दीदीसंगे  केनं व्यवहार करवै यी सब चीज सब खेल के माध्यम से सिखै छै । उसब यै किसिम से परिवार के विभिन्न पात्र पुतरी के रुप मे बन्याके वकरा यै किसिम से सिखाबै के क्रम मे उसब आपने सेहो घर व्यवहार सिखै के सामाजिक प्रक्रिया के कारण यै खेल के सामाजिकीकरण के एकटा महत्वपूर्ण प्रक्रिया के रुप मे ल्या सकैछै । वहै से प्रो. मैजनी सेहो घर परिवार के सामाजिक जीवन के प्रथम पाठशाला आ महताइर बाप के पहुनका  गुरु चियैू कहने छै ।  सही मे बच्चा महताइर बाप के दुलार मलार मे खेल खेल के माध्यम से बहौत सार्भित बात सब हँसी मज्जाके मे सिखैत रहैछै  । तहै से जे परिवार के सदस्य सब शिक्षित आ सुव्यवहार के रहैछै वै परिवार के बाल बच्चा सब स्वभाविक रुप मे असल व्यवहार महताइर बाप से सिखैत समाज के असल पात्र बनै मे  सक्षम हैछै त खराव परिवार के बालबच्चा सब खराव । 

कुछ समय बाद बच्चा सब कन्हिक पैध हैछै और तब उसब कनिया पुतरी खेल से कन्हिक उपरका तह के खेल खेले लागैछै। अर्थात् तब उसब घरवा- दुवरवा तथा भाडा कुची के खेल मे बेसी आनन्द लेवे लागैछै् । 

घरवा-दुवरवा तथा भाडाकुची खेल माने माइट के घर तथा माइट से वा अन्य चीज से भाडाकुडा बन्याके खेलै वाला खेल । यै खेल मे बच्चा सब घर मे देख्लहा आवश्यक सामान सब (भाडाकुडाहरु) वट्टा, डिब्बा वा माइट के वर्तन के टुक्रा-टुक्री के रुप मे बन्दोवस्त क्याके एकटा असल परिवार के परिकल्पना क्याके वै परिवार मे देख्लहा सब काम व्यवहार सम्पन्न करैवाला खेल चियै । 

यै खेल मे छौरा छौरी दुनु पक्ष भाग लैछै और उसब तब पुतरी के रुप मे नै कि आपने से परिवार के विभिन्न सदस्य सब के विभिन्न भूमिका सब  आपन मे बाँटफाँट क्याके परिवार मे हैवाला हरेक सँस्कार सब वियाह, नाच, गीत इत्यादि हरेक काम आ आपन भूमिका अनुसार आपने से सम्पन्न करैछै । 

यै खेल के माध्यम से उसब सही रुप मे जीवन मे कनिया बर बनै से पहिने  कनिया-बर के सब व्यवहार अखुन्वे यै खेल के रुप मे कनिया के भूमिका बालबच्चा केनंके पालनाई, बच्चा केनंके चुप करनाई, केनंके पढैनाइ, सौस, ससुर, ननैद, दियोर तथा दियादनी से केनं व्यवहार करनाई आपन वियाह से पहिनै यै खेल के माध्यम से सही रुप मे सिखलेने रहैछै । यहै से वियाह के बादो वकरा व्यवहार करै मे ककरो साथ कोनो समस्या नै हैछै और अन्त मे उ आर्दश पुतौह, माय, सौस बनै मे  सक्षम भ्याके देश के सही नागरिक बनैछै । 

यै किसिम से थारु समुदाय के विभिन्न सँस्कृति तथा खेल सब अप्रत्यक्ष रुप मे सही सामाजिक मूल्य मान्यता अनुसार आदर्श शिक्षालय के भूमिका निर्वाह करैत रहै छै आ यै किसिम से यी विभिन्न सामाजिक स्कूल सब पार करैत जे बच्चा सब बढैछै उसब एकटा आदर्श सामाजिक सदस्य बनै मे सक्षम हैछै् । यी शिक्षालय के शिक्षा सब अपूर्व हैछै । यकर महत्व के सिमांकन नै क्याल ज्या सकै के कारणे यै किसिम के शिक्षा के शिक्षाविद् सब अरितिक शिक्षा (informal education)  कहैछै ।

अखनी सामाजिकीकरण के नाम मे शिक्षालय सब जे जतेक विद्या सब सिख्या रहल छै यै से वास्तविक रुप मे  वतेक सामाजिकीकरण हैत नै देख्या परैछै आ सम्भवो नै दख्या परैछै । यी हँसी के पात्र वाहेक औरो कुछ नै भ्या सकैछै । अन्त मे सामाजिकीकरण विना के बाल-बच्चा सब के  व्यवहार देख्के छक्क परनाई कोनो अस्वभाविक बात नै चियै । लेखक आपने दुनु किसिम के अनुभव केलहा लोग चियै । लेखक के समकालीन सब जब एक तरफ यी विभिन्न सामाजिक खेल रुपी संस्था से दिक्षित भेल छै त दोसर अखनी नव पीढी सब औपचारिक शिक्षा माध्यम से दिक्षित । यी दुनु किसिम के संस्था सब से दिक्षित भेलहा नागरिक सब के तुल्नात्मक अध्ययन करने से पौराणिक किसिम से दिक्षित भेल्हा तर्फ लेखक कतेकते समर्थन करनाई कोनो अपराध नै चियै लागैये ।

यी वर्तमान समय मे अर्थात् लगभग गत २०३० साल के बाद के समय मे यी नयाँ शैक्षिक, आर्थिक, प्राविधिक तथा मानसिक वातावारण के कारणे यी खेल सब पुरै रुप मे नै विलिन हैतो वकर रुप मे, व्यवहार मे आ चिन्तन मे कुछ ने कुछ परिवर्तन हैत देख्या परैछैे । अखनी यी चेथरा रुपी पुतरी परिवर्तित भ्याके काठ के पुतरी के रुप मे परिवर्तन भ्याके यकर व्यवहारिक नाम एक तरफ कठपुतली भेलछै त दोसर परफ  ३  से ९ बरिस के बच्चा सब के खेल मात्रै नै भ्याके बुढ पुरान लोग सब के मनोरन्जन के साधन  भ्याके सामाजिकीकरण नै कि पैसा कमावैके माध्यम बनल छै और आब प्लाष्टिक के पुतरी निर्माण भ्याके सिमित प्रयोग मे येलछैे । आ फेन रंगविरंगी महग महग समान से बन्नै के यकर वास्तविक philosophy से दुर बालबच्चा सब के खेलौना नै की उ युवा प्रौढ बुढाबुढी सब के लेल show case मे राखल छै कथिले त समय मे अकर कोनो वैज्ञानिक अध्ययन नै भ्याके अकर पक्ष मे बकालत के कमी चियै । तहै सै यकर वैज्ञानिक अध्ययन भ्याके यकर प्रचार-प्रसार भेनाई आवश्यक छै । 

मानव रुप मे जन्म भने से मात्रे कोई  सही मानब नै भ्या सकैछै । असल मानव बनै के लेल वकर मे मानवीय गुण सब विद्यमान होना चाही ने त उ पशु वा दानव समान हेतै आ अन्त मे समाज मे मान-सम्मान तथा प्रतिष्ठा पावे के साटा  उ तिरस्कृत वहिष्कृत, अपहेलित, घृणित र नरकीय जीवन बितावैले बाध्य भ्या जेतै । वकर यी मानव तन सार्थक नै हेतै  । कथिले त मानव जीवन गुणवान, मूल्यवान, उपयोगी, परिपक्क, पूर्ण तथा सर्वमान भेनाईये मानव जीवन सार्थक भेनाई चियै । 

वनंत मानव प्रायः जन्मे से सब गुण से भरिभराव हैछै वा समयानुसार सब किसिम के गुण सब प्रायः ग्रहण करै के क्षमता युक्त हैछै वा गुण ग्राही हैछै  । मगर वकर यी गुण सब आपने से उजागर नै भ्या सकैछै- जेनं सलाई के काँटी मे आइग  मौजुद त रहै छै  मगर उ आपने से अइग नै हैछै । वकरा आइग बनै ले घर्षण के आवश्यकता हैछै । वेहनं मानव के सार्थक मानव बनैके लेल समाजीकीकरण प्रक्रिया आवश्यक हैछै  जे काम समाज के यी कनियापुतरी नहाइत सामाजिक प्रक्रिया सब प्रत्यक्ष अप्रत्यक्ष रुप मे प्रसस्त योगदान करैत रहैछै । समाज मे येहेन चीज सब के अभाव मे  मानव  जीवन कष्टमय भेनाई कोनो अस्वभाविक बात नै चियै । 

समुदाय मानव जीवन सार्थक, सफल तथा पूर्ण बनाबै के लेल विभिन्न किसिम के सामाजिक स्कूल सब (विद्या) निर्माण करने रहैछै  जे स्कूल सब परिवार के बाल-बच्चा जन्म लेला के बाद उमेरै अनुसार वकर मैया, बाबु, दाजु, दिदी, दैया, बावा, दादी सब बच्चा के विभिन्न प्रत्यक्ष-अप्रत्यक्ष माध्यम से आवश्यकता अनुसार यी विभिन्न सामाजिक विद्या सब मे दिक्षित करैत बच्चा के पूर्ण तथा उपयोगी मानव बनावै के कारण समाज मे येहेन समाजिक  प्रक्रिया सब के संरक्षण सम्बोधन भेनाई जरुरीछै ।
समाप्त

श्रोत व्यक्तिहरु: श्रीमती तारावती चौधरी, श्रीमती कल्पना चौधरी, श्रीमती शोभा हुजदार, श्रीमती गिता चौधरी, श्रीमती रामेश्वरी चौधरी, बिराटनगर ।

Tuesday, November 18, 2014

थारु र थारु कल्याणकारिणी सभाका केही अवसर र चुनौतीहरु (थारुको पहिचान)

थारु कल्याणकारिणी सभाको २० सौं महाधिवेशनको संहारमा सभालाई सुझाव स्वरुप यो निम्न लेख लेखिएको थियो ।
लेखक थाकस केन्द्रीय कार्यसमितिका सल्लाहकार र पूर्व महामन्त्री हुन् ।
२०६७।६।२६


पहिचानको भिन्न-भिन्न स्थान, समय, प्रशंग र तहमा भिन्न-भिन्न अर्थ हुन सक्दछ । साधारणतया पहिचानको अर्थ परिचय अर्थात् कसैको नाम, पद, बंश, जाति, उसको भौतिक स्वरुप, ठेगाना, योग्यता, परिवारिक स्थिति, उसको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमि इत्यादि बुझेता पनि यहां समुदायको पहिचानको हकमा मेरो बुझाईमा कुनै पनि समुदायको पहिचान भनेको त्यस समुदायको अस्तित्वसंग सम्बन्धित यो एउटा नैशर्गिक अवधारणा हो अर्थात् कुनै समुदाय आफ्नो पूर्वत्: वा पूर्वरुपमा वांचि रहिरहन पाउनु अर्थात् संधै वाँचिरहनु हो । यसरी खास गरेर आदिबासी जनजाति समुदायको पहिचान/ अस्तित्वका लागि केही मूलभूत तत्वहरुमध्ये पहिलो तत्व त्यस समुदाय÷जातिको आफ्नो थलो (भूगोल), दोश्रो तत्व उसको आफ्नो इतिहास र संस्कृति तथा तेश्रो तत्व त्यस समुदायको आफ्नो मातृभाषा हो । यसरी समुदायको पहिचानका यी तीन तत्वहरु मध्ये कुनै पनि तत्व नष्ट/लोप भयो भने त्यो समुदय/जाति आफै लोप हुन्छ । त्यसैले केही संस्कृति विद्हरुले भनेका छन् कि “यदि कुनै जाति/समुदायलाई समाप्त गर्नु छ भने सबैभन्दा पहिले त्यस जाति/समुदायको मातृभाषा नष्ट गर्नुपर्दछ, अनि त्यस्तो समुदय आफै लोपहुन्छ ।” 

वास्तवमा वर्तमान समयमा कुनै पनि आदिबासी जनजाति समुदायको सही, सबल तथा दिगो पहिचानको लागि यी तीन तत्वहरु: थलो, सँस्कृति तथा मातृभाषा संगै अर्थ, शिक्षा र राजनीति पनि त्यतिकै महत्वपूर्ण र अपरिहार्य तत्वहरु हुन् । पहिलो तीन तत्वहरु मध्ये थलो जाति/ समुदायको पहिचानको लागि स्थीपंजर, संस्कृति उसको मासु तथा मातृभाषा उसका रगत हुन भने बाँकी तीन तत्वहरु: अर्थ, शिक्षा र राजनीति पहिचानका आवश्यक पोषक तत्वहरु हुन् । त्यसकारण कुनै त्यस्तो समुदायर जातिले आफ्नो सबल तथा दिगो पहिचानको लागि अचेल यी छवटै तत्वहरु चुस्त र दुरुस्त राख्नु जरुरी हुन्छ अनि मात्र त्यस्तो समुदाय/जातिको पहिचानरुपी घर सबल र दिगोरुपमा कायम रहन सक्दछ । यी सही तथा प्रमाणित तथ्यहरु हुन् ।

थारुहरुका इतिहास, पढेर विचार गर्दा यी उपर्युक्त तथ्यहरु थारु समुदायले धेरै अघि देखिनै पालन गर्दै आएको देखिन्छ । तर यी उपर्युक्त समुदाय पहिचानका पहिला तीन मुख्य तत्वहरु जति महत्वपूर्ण र आवश्यक छन्, यी कायम राख्न पनि त्यतिकै अप्ठ्यारा छन् किनकि यो कुनै खास ब्यतिगत श्रीसम्पति होईन, यो सामुहिक एवं परम्परागत विशाल निधि हुो । यसलाई जगेर्ना गर्न आत्मीय माया र स्वच्छ संगठनात्मक बल चाहिन्छ र यी गुढ कुराहरुलाई हृदयगम गरेर हाम्रा पूर्वजहरुले धेरै अगाडि देखिनै थारु संघसंगठनहरु स्थापना गरेर थारु पहिचानलाई कायम राख्न आफ्ना संघसंगठन मार्फत जुझदै र संघर्षहरु गर्दै थारुलाई आजको अवस्थामा ल्याई पुरयाएका छन्  र अहिले पनि त्यस्तै घडि आईसकेको छ । फेरि पनि थारु र थारु संघसंगठनहरुले आफनो पहिचान/ अस्तीत्व कायम राख्न आफ्नो सामर्थ एकपटक पुनः उजागर गर्नु पर्ने देखिन्छ ।

यहाँ मेरो बुझाईमा अहिले जे जति सामाजिक संघ-संगठन वा संस्थाहरु छन् प्रायः सबैको एउटै उद्देश्य छ कि आफ्नो समुदाय/जातिको पहिचान अर्थात् स्थायीत्व, उसका हक-अधिकार कायम राखी राख्नु र यो हुनु पनि पर्छ र अहिलेको वातावरणले पनि त्यै भन्छ । हुनत् अहिले थारु संघ-संगठनहरु धेरै छन् र सबैको त्यही एउटै उद्देश्य पनि छ तर प्रगति र परिणाम केही पनि देखा परिरहेको छैन किनकि अहिले संघ संगठनको उद्देश्य  मुखको वोलीसम्म मात्र सिमित छ – कार्यब्य र व्यवहारमा होइन,  तर यस पटक केहि गरी  यदि थारुहरु आफ्नो पहिचान कायम राख्न सकेन भने वर्षौको लागि थारुहरुले रुनु बाहेक अरु केही बाँकी रहदैन । त्यसकारण थारु कल्याणकारिणी सभा तथा थारु अन्य संघ-संगठनहरुले यो कुरो राम्ररी मनन गरेर पहिचानको लागि मरीमेट्नुसम्म बल लगाउनु पर्दछ । हुनत् आज मात्रै होइन शुरुदेखि नै चाहे थारु काल्याणकारिणी सभा होस् वा अरु थारु संघसंस्थाहरु यी सबै थारुकै अस्तीत्व/ पहिचानको लागि नै स्थापना भएका हुन र अहिले पनि ती संघसंस्थाहरुको उद्देश्य यहि हुनु पर्दछ । यस बाहेक अहिले यदि ती थारु संघसंस्थाहरुले अन्य काम गर्न लाग्यो भने यसलाई बाटो बिराएको भन्दा अरु केही भन्न सकिदैन । 

अब अहिलेको स्थितिमा थारु समुदायको पहिचान कायम राख्न मेरो अनुभव अनुसार सबै भन्दा पहिले थारुहरुले थारु कल्याणकारिणी सभालाई सबल तथा सुसंगठित बनाउन सक्नु पर्दछ । सभालाई सबल र सुसंगठित  बनाउन समयसापेक्ष सभाको विधान संसोधन गरि यो आउने २०शौं महाधिवेशनमा सूयोग्य, जुझारु, कर्मठ, आत्मप्रेरित, इमान्दार, समय र श्रम सभाको लागि दिन सक्ने योग्य तथा क्षमतावान सदस्यहरु चुनिएर आउनु पर्दछ किनकि विधान र कार्यालय मात्रै जीवित संगठन होइन, जीवित संगठन भनेको जीवित अर्थात् सूयोग्य, कर्मठ र इमान्दार सदस्यहरु हुनु हो । त्यसपछि सगठनलाई कम्तिमा गाउँ तहसम्म विस्तार गर्नुपर्दछ र सबैलाई अत्याधिक मात्रामा सभाको आवश्यकता तथा थारुको पहिचान र वर्तमान स्थिति बारे धेरै प्रशिक्षण गर्नु पर्दछ जसले गर्दा केवल केन्द्रीय सदस्यहरु मात्रै होइन कि गाउँ स्तरसम्मकै सबैलाई अनुभूति होस् कि सभा हाम्रो हो र उनीहरुले आफ्नो पहिचान कायम राख्न आफ्नो बलिदान गर्नसम्म तयार होस् । 

माथि उल्लेख भए अनुसार थारुले आफ्नो सबल र दिगो पहिचान कायम राख्न कम्तिमा छवटै तत्वहरु: थलो, संस्कृति, मातृभाषा, अर्थ, शिक्षा र राजनीति चुस्त र दुरुस्त राख्नु पर्दछ । यहां थलो भनेको भूमि, राज्य/ भूगोल जसलाई हामी थरुहट भन्दछौ हो  । थलोको आफ्नै महत्व हुन्छ । थलोको अपहरण भयो भने थारु आफ्नै थलो (भूमिमा) प्रवासी जीवन बिताउन बाध्य हुनेछन् र उनीहरुको संस्कृति, मातृभाषा र अन्य हक-अधिकारहरु आफै विलिन हुने छन्, हाम्रा आदिवासीपना हामी यहांका रैथाने÷आदिवासी हुँदाहुदै पनि विलीन तथा निरीह हुनेछौं ।  अहिलेको समयमा आफ्नो थलो जोगाउन थारुको लागि एउटा ठूलो चूनौति पनि हो । हुनत यस्ता चुनौतिहरु त थारुहरुको अगाडि पनि धेरै आएका हुन् तर थारुहरु त्यतिखेर पनि लडे र हरेक लडाई जित्दै आए र यस पटक पनि जितिने नै बल गर्नुपर्छ तथा यस चुनौतिलाई पनि अवसरमा बद्लिनु पर्छ । 

यी चुनौतीहरु माओवादीहरुको स्वार्थ तथा दुधमुखे पत्रकारहरुको मूर्खता तथा मधेशी समुदायको स्वार्थ र बदनियतपूर्ण ब्यवहारबाट आएका हुन् जो आदिवासी थारुहरुको थलो/ भूमि अर्थात् थरुहटमा एउटा प्रवासीको रुपमा जिविकोपार्जनको लागि केही वर्ष अगाडि आएर उक्त एतिहासिक भूमिलाई बलजफत आफ्नो भूमि तथा मधेश बनाउन एडी र शिरको पसीना एक गरिरहेका छन् ।

माओेवादीको स्वार्थ भनेको उसको आफ्नो संगठन तराइमा अर्थात् हाम्रो भूमि थरुहटमा विस्तार गर्न यी मधेशे प्रवासीहरुलाई खुस पार्न उनीहरुलाई मन पराउने मधेशरुपी अवधाराणाको बिजारोपन हाम्रो थलोमा गर्नु नै हो । यो अवधारणा पहिला मधेशी साथीहरुले ल्याएका होइनन । यो अवधारणा ल्याउने माओवादी पार्टीनै हो जो केही बुझ्दै नबुझीकन बिना प्रमाण निहीत स्वार्थबस् गलत अवधारणाको खेती थरुहटमा ल्याए । सही भएको भए मलाई केही आपत्ती थिएन तर गलत किसिमले थारुको  श्रीसम्पति हनन गर्न माओवादीले थारुहरु प्रति ठूलो अन्याय गरेका हुन् । 

माओवादीका दिनानाथ शर्मा तथा देव गुरुङ्गहरुलाई धेरै कार्यक्रमहरुमा मधेशरुपी अवधारणाको प्रमाण मांग्यौ, तर उनीहरु त्यतिखेर निरुत्तर रहे । के यो मौनता थारुहरु प्रति सुनियोजित षडयन्त्र होइन र ? त्यस्तै यी हाम्रा दुधमुखे पत्रकारहरु वास्तविकता बुझदै नबुझीकन गलत अवधारणाको यति भ्रमपूर्ण खेती (प्रचारप्रसार) गरे र अन्तमा हाम्रा नवालक सरकार पनि आफना बेहासी अवस्थामै थारु संघसंस्थाहरुको बिरोधको बाबजूद पनि अन्तरिम संविधानमा मधेश अवधारणा ल्याई छाडे जसले गर्दा यो खोटो सिक्का गलत हुँदाहुँदै पनि  नेपालको तराई बजारमा चल्न लागेको छ । 

पत्रकारहरु, राजनीतिकर्मीहरु तथा नेपाल सरकारसंग यो अनुरोध गर्दछु कि सही कुराको प्रचारप्रसार गर्नुस् तर गलत चीजहरुको खेती गरी अझै वढी मूर्ख न बन्नुस् । यसको साथसाथै हामी थारुहरु, थारु संघसंगठनहरु, थारु कल्याणकारिणी सभा, थारुका सांसद तथा अरु थारु जिम्मेवार मानिसहरु पनि केही हदसम्म यस घटनाका दोषीहरु हुन् जहा कोही आफ्नो स्वार्थबस, कोही डरत्रासले, कोही आफ्नो अल्छीपन्नाले, त कोही कुरो राम्ररी नबुझेर यो मधेशरुपी अवधारणाको त्यतिखेर जुन किसिमले विरोध गर्नु पर्ने थियो त्यो त्यतिखेर हामीहरु गर्न नसकेर पनि हो । 

अहिले पनि समय छ । अब हामी थारुहरु यस शुभकाममा अझै ढिलो गरयौ, विवेक पूयाएनौ भने यसपटक हाम्रो थलो पक्का अपहरित हुनेछ । त्यसकारण, अब पनि सबै थारुहरु आफ्नो थलो जोगाउने प्रयास तन-मन-धनले गर्नु पर्छ । यसमा धेरै बढी सोच्ने अब समय छैन् । यो काम अहिले त्यति सजिलो पनि छैन्, त्यसकारण अब थारुहरुले ठूलै मिहिनत गर्नु पर्छ र उनीहरुबाट आफ्नो थलोलाई जोगाउन निम्ति थारु कल्याणकारीणी सभा यस पटक सूयोग्य, कर्मठ, जुझारु, सभाको लागि आफ्नो समय र श्रम दिन सक्ने पदाधिकारीहरुको हरेक तह र तप्कामा छनौट गरी संगठन तल्लो तहसम्म विस्तार गर्नु पर्दछ र सबैलाई अत्यिधिक मात्रामा सभाको आवश्यकता र थारुको पहिचान र हालको स्थिति बारे धेरै प्रशिक्षित गरी सवैलाई वास्तविकताबाट परिचित गराउनु पर्दछ ।

यसको साथसाथै, थारु कल्ययाकारिणी सभाले सबै थारु संघसंगठनहरुसंग समन्वय गरी सबैलाई एक सुत्रमा बाध्ने थारु सांसदहरुलाई थारुको हकहितमा लाग्न वाध्य गराउने, नेपाल सरकार तथा राजनैतिक पार्टीहरुसँग वार्ता तथा प्रचारप्रसारको माध्यमबाट थरुहट र थारुको हकहित प्रति जोडदार वकालत गर्ने । यो हाम्रो थलो थरुहट हो को सम्बन्धमा प्रशस्त अनुसन्धान गरी बढी भन्दा बढी सबुत प्रमाणहरु जुटाउने । आफ्नो सुरक्षार्थ स्वंयसेबककोरुपमा दक्ष थारु सेना बनाई शान्तिपूर्ण आन्दोलन गर्ने । त्यस्तै पहिचानका अर्का तत्वहरु संस्कृति र मातृभाषाको संरक्षण सम्बधर्नको लागि आर्थिक फण्ड÷कोष बनाई थारु संस्कृति, थारुको उत्पति, थरुहटमा भएका ऐतिहासिक गढहरु र थारु मातृभाषा बारे प्रशस्त अनुसन्धान गर्ने, थारु गीत, नृत्यहरु संकलन र प्रकाशन गर्ने, थारुभाषाको शब्दावली तयार गर्ने, क्षेत्रानुसार ब्याकरण तयार गर्ने र प्रकाशन गर्ने । क्षेत्रानुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, नियमित पत्र–पत्रिका प्रकाशन इत्यादि गर्ने, थारु मिडिया तथा सिनेमाहरु बनाउने । त्यस्तै चौथो, पांचौ तथा छैठो क्रमश अर्थ, शिक्षा तथा राजनीतिक तत्वहरु थारु पहिचानका अर्का आवश्यक पोषक तत्वहरु हुन । भनाई छ भुखे भजन न होही गोपाला अर्थात् भोकै भगवानको पनि भजन गर्न मन लाग्दैन भने थारु काल्याणकारिणी सभाको काम कसरी चल्छ ? स्वभाविक हो अर्थ चाहिन्छ-चाहिन्छ नै र त्यस्तै अर्को तत्व शिक्षा बिहीना नर पशु ही समाना अर्थात् शिक्षा पनि उतिकै महत्वपूर्ण र आवश्यक तत्व भएकोले सबैलाई पढन तथा पढाउन प्रोत्साहित गर्ने, गरीब र जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृतिको ब्यवस्था गर्ने र फेरि राजनीति पनि अहिलेको समयमा थारु पहिचानका लागि धेरै बलियो कारक भएको हुनाले राजनीतिलाई पनि त्यतिकै आवश्यक र महत्वपूर्ण पोषक तत्वको रुपमा लिएर राजनैतिक चेतना अभिवृद्धि गराउने काममा सभा लाग्नु पर्दछ । 

स्वभाविक हो, कुनै पनि काम गर्न अर्थ चाहिन्छ । त्यसकारण सभाको आर्थिक स्थिति मजबूत बनाउने सम्बन्धमा मेरो सुझाव के छ भने पहिले, थारु कल्याणकारिणी सभाले आफ्नै समुदायमा अर्थ संकलन अभियान शुरु गरने दोस्रो, सदस्य संख्या विस्तार गर्ने, तेस्रो आफ्नो जनगणना आफै संकलन गर्ने, चौथो थारु पत्रपत्रिकाहरुको प्रकाशन र वितरण गर्ने, पांचौ थारु सांसद, शिक्षक तथा कर्मचारीहरुबाट चन्दा संकलन गर्ने, छैठो बचत कोष खडा गर्ने, सातौ थारु संस्कृति भाषा अध्यनार्थ, गरिवी न्यूनिकरण र कमैया उन्मुन गर्न, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु र शिक्षण -प्रशिक्षण इत्यादि संचालन गर्ने तथा राजनीतिक कार्यक्रम गर्न राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थाहरु र नेपाल सरकार र अन्य दातृ संघसंस्थाहरुमा आर्थिक सहयोगको लागि प्रस्तावनाहरु पेश गर्ने र सो काम इमान्दारी साथ सम्पन्न गराउने । आठौं, आजीवन सदस्यतालाई विस्तार गर्ने हो भने मलाई लाग्छ थारु कल्याणकारिणी सभा पक्कै आर्थिकरुपमा सबल हुन सक्छ । यसरी अर्थ संकलनको लागि यी मध्ये केही कामहरु हाम्रा पूर्वाधिकारिहरुले पनि गरे तर सफल भएनन् किनकि कर्मठ, इमान्दारिता र लगनशिलरुपमा कसैले पनि सो काम गरेनन्  नत्र अहिलेको समयमा यति राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थाहरु छन् कि यसको रुपैया खर्चा हुन सकेको छैन् । उसले रुपैया कसलाई दिउ भन्ने मान्छे भेटिराखेको छैन् । यहाँ मात्र एक चीजको कमी छ इमान्दार, सक्षम तथा कर्मठ र प्रतिवद्घ ब्यतिको । 

मेरो ब्यक्तिगत तर प्रमाणित अनुभव अनुसार तराईमा अरु जातका मांग्नेहरु पनि थारु समुदाय बाहेक अरु समुदायमा मांग्न जादैनन्, उनीहरुले केवल थारु समुदायमै मात्र मांगेर प्रयाप्त कमाई गर्न सकिराखेका छन् तर हामी थारु पदाधिकारीहरुले थारु समुदायको विकासको लागि थारु समुदायबाट पनि केही अर्थ संकलन गर्न न सक्नु के कही न कही, कुनै न कुनै हामी पदाधिकारीहरुको पनि कमी-कमजोरी होइन र ? यो एउटै कमजोरी के हो भने विश्वास दिलाउन न सक्नु । यदि हामीहरुले यी कुराहरुमा थारु तथा अन्य राष्ट्रिय, अन्तरराष्ट्र्रिय दात्री संघ संस्थारुलाई आफनो काम र इमान्दारीताबाट  विश्वास दिलाउन सक्यौं भने मलाई लाग्छ थारु कल्याणकारिणी सभालाई अर्थ/ रुपैयाको समस्या हुदैन र नवौ विकल्पको रुपमा म के भन्न सक्छु भने पहिचानका यी छवटै तत्वहरु थारु कल्याणकारिणी सभाले नै गर्नु पर्छ भन्ने जरुरी छैन । यहाँ विभिन्न थारु संघसंगठनहरु छन्, जसमा कोही थारु अनुसंधान तर्फ त कोही थारु संस्कृति तथा थारुभाषा विकास तर्फ त कोही गरिबी न्यूनिकरण र कमैया उन्मूलन त कुनै संस्था राजनीतिक चेतना अभिवृद्धि र शिक्षण प्रशिक्षण तिर लागेका छन् भने त्यस किसिमले थारु कल्याणकारिणी सभाले अन्य थारु संघ-संगठनहरुसंग समन्वय गरी ती संघसंस्थाहरुलाई परिचालन गरेर आफ्नो तथा थारुको पहिचान सुनिश्चित गर्न सकिन्छ र यदि थारु कल्याणकारिणी सभा वा अन्य थारु संघसंस्थाहरुले सो न गरी थारुको मौलिक पहिचान यस पटक पनि सुनिश्चित गर्न  सकेन भने थारु गाद्दी जस्ता प्रभुत्वशाली संस्था त देखादेखि मृत्युवरण गर्यो भने थारु कल्याणकारिणी सभा वा अन्य थारु संघ-संगठनहरुको पनि त्यस्तै विचलन र विस्थापन नहोला भन्न सकिन्न ................अस्तु ।

Monday, November 17, 2014

सुकराती/सुकराइत/सुखरात्रि

सुकराती/सुकराइत/सुखरात्रि

नोभेम्बर २, २०१३, 
परिचय:
यो पर्व थारुहरुको महान पर्व पावैन हो । यो पर्व थारु वाहेक अन्य हिन्दुहरु पनि मान्द्छन् । यस पर्वलाई कोई सुकराती, कोई तिहार त कोई दीपावली ईत्यादि आ-आफ्ना चलनचल्ती अनुसार अनेक नामले मान्द्छन् अथवा पर्व एक र नाम अनेक मात्रै हुन् । तर यो पर्व जे जसो नामले मान्दा पनि यस पर्व अन्तर्गत धेरै पर्वहरु समाविष्ट भएका छन् जस्तै काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा तथा भाई टीका इत्यादि । तर थारुहरुले यो पर्व केवल दुई दिन मात्रै आमावश्याको दिन बेलुकी पहर लक्ष्मी पूजा र हुंक्कापात्ती तथा अर्को दिन गाई पूजा, गोदहनी गोवर्धन पूजा र हुंराहुंरी पूजा गर्ने चलन छ ।

यो पर्व थारुहरुको लागि प्रत्येक वर्ष कार्तिक कृष्णपक्ष आमावश्या देखि कार्तिक शुल्क पक्ष परिवा तिथिसम्म मान्ने गरिन्छ । तर यदि परिवा तिथि विहिवार पर्यो भने गाईपूजा, गोबर्धनपूजा र हुराहुरी एक दिन ढिलो हुन्छ । यस दिनलाई थारुहरु खाली दिन मान्द्छन् । त्यस दिन थारुहरु गाई ईत्यादि वस्तुभावहरुको पूजा र गोबर्धन पूजा गरिदैनन् र त्यस दिन हुराहुरी पनि दिदैनन् ।

यस पर्वको दर्षण:
यो सुकराती पर्व मानिसको भन्दा पनि लक्ष्मीमाता र वस्तुभावहरुको पर्व हो । यस पर्वमा मानिसहरुलाई मिठो-मिठो खानु र लाउनुभन्द वस्तुभावहरुलाई मिठोमिठो तथा पौष्टिक खानेकुराहरु: दाना र चाराहरु खुवाउने तथा सिंगारने चलन छ  ।

मानिसहरु जे गर्दछन् त्यो लक्ष्मी अर्थात् धन-सम्पतिको लागि गर्दछन् । त्यसैले लक्ष्मीलाई पूज्नु स्वभाविक हो । लक्ष्मीउपार्जनका लागि थारुहरुका मूख्य पेशा कृषि हो र कृषि पेशा अथवा खेतीगर्न वस्तुभावहरुको अहम भूमिका रहेकोले वस्तुभावहरुलाई मान गर्नु पनि स्वभाविक कुरा हो । वर्षायामका अनेक पशुरोगब्याधिका कारण तथा खेतीमा गोरु/बहर तथा रांगाहरु बढिलागिपरेका कारण कमजोर भईसकेका हुन्छन् । यसलाई पुन: कामयाबी बनाउनु मानिसको धर्म हो । नत्र वस्तुभावहरु कमजोर भएर वा मृतभएर कृषकलाई थप समस्या समाधान गर्नु पर्ने हुनसक्छ । मलाई लाग्छ शायद आफ्ना वस्तुभावहरुलाई पुनरबलियो बनाई आफना कृषितन्त्र पुन:  सुचालुबनाई राख्न कृषकहरुको यो पर्व एउटा बैज्ञानिक रणनीति हो ।

यो कृषि पेशा संसारका सबैभन्दा पूराना पेशा हुन् । त्यसकारण सभ्यताको शुरुवात अथवा कृषिको शुरुवातकै हाराहारीदेखिनै यो पर्व शुरु भएको होला भने सजिलैसंग अनुमान गर्न सकिन्छ ।

पर्व मनाउने विधि:
यो पर्वको तैयारीमा कृषकहरु यो पर्व आउनुभन्दा  एक-दुई महिना पहिलेदेखिनै आ-आफ्नाबस्तुभावहरुलाई मिठोमिठो तथा पौष्टिक चाराहरु खुवाएर बलियो बनाउन थाल्छन् । पर्वको लगभग दुई हप्ता अगाडिदेखिनै मानिसहरु आ-आफ्ना घर-आंगन, गोठ तथा खलिहानहरुमा नयॉ माटो पुर्ने, मिलाउने, लेप राखने तथा सफासुघर गर्ने, लिपपोत गर्ने र विभिन्न रंगरोगन लगाएर घर ऑगन सुन्दर बनाउन थाल्दछन् ।

यस किसिमले पर्वको पहिलो दिन अथवा आमावश्याको दिन लक्ष्मी पूजाको दिन दिउसोनै घरमूलीले सन्ठी/ सनपाटको कडाभाग, बबई र बढनी/ राडीझार मिसाएर बबईको पांच-पांचवटा बन्धनयुक्त घरपरिवारमा हुक्कापाती खेलनसकने मानिसको   संख्या अनुसार हुक्कापाती बनाएर राख्छन् । बेलुकी आवश्यकतानुसार दियो बाल्न ठीक पार्छन् र सूर्यास्तपछि पहिले घर देउता, अन्यदेवो स्थलहरु र घर-आंगन जगामय हुने किसिमले बत्ती र धूप बाल्छन् । देउताघरको ढोकामा चिम्टियालो माटोले पोतेर त्यसमा पिठो र सिन्दुरबाट मडी/ घेरा बनाउंछ , त्यसमा धान र घोप्टोपारी तामा ( काठको बनेको भाडो) राख्दछ अनि तामाको पिंधमा पनि पिठोको चक्र बनाई त्यसमा सिन्दुर लगाई त्यस तामाको पिंधमा बलिरहेको दियो राख्छ ।

ऑगनमा पनि चिम्टियालो माटोले महिलाले चौक्का बनाउंछ, त्यसमा बनाईराखेका सबै हुंक्कापात्ती राखेर पिठो र सिन्दुरले पूजा गरिन्छ, एउटा हुक्कापाती देउताघरको छानोमा फाल्छ, बांकी हुक्कापात्तीहरु खेल्ने सदस्यहरुले आ-आफ्ना भाग बोक्छन् र होसियार सदस्यहरु देउत्ता घरको ढोकामा पूजा गरेर बलिराखेको दियोमा आगो बाली पहिला देउत्ता घरको ढोकामा त्यसपछि अरुघरकाढोकाहरु पाल्लैपालो घुमाई घुमाई मन्त्र “अ्न्न धन लक्ष्मी, घर ढुक/ प्रवेशगर लक्ष्मी, बाहिर होउ दलिदर” तीन पटकको दरले यो मन्त्र पढ्छन् अनि खुल्ला फराकिलो चौर वा नदीहरुमा गएर हुक्कापात्ती हल्लाई-हल्लाई खेल्छन् । यतिखेर गाउंका सबैजना खेल्न एक्कैठाउंमा जम्मा भएर खेलिरहेको दृश्य रातीमा बडो आकर्षक देखिन्छ । पछि यो सिध्नलागेपछि सबै जना बांकी रहेका हुक्कापाती एक्कै ठाउंमा राखी आगो बाल्दछ र सबै ठुटाहरु जलिसकेपछि आगो निभाएर अन्तमा निभिएका केही ठुटाहरु लिएर सहभागीहरु आ-आफ्ना घर फर्किन्छन् । ती ठुटाहरु कोही घरमा राखछन् भने कोही तरकारीवारीमा गाडेर आउछन् । जन विश्वाष के छ भने तरकारीमा रोग ब्याधी लाग्दैनन् ।

त्यसपछि सबै खाना खान्छन् अनि महिलाहरु त्यस परिवारमा भएजतिका वस्तुभावहरु, भेडाबाख्राका संख्यानुसार पिठोबाट बस्तुभावहरुको मूर्ति बनाउछन् र सुत्नुअघि ती बनेका चीजहरु र अन्य विभिन्न पूजन सामग्रीहरु तथा रुपैयापैसाले गोठमा गई बस्तुभावहरु पूजेर आउछन् अनि त्यही रातीको अन्तिम पहरमा महिलाहरु उठ्छन् र पहिला घरमूली महिलाले नांग्लो देउघरबाट सबै घर आंगन गोठ दरवाजासम्म ठटाउदै अन्नधन लक्ष्मी घरढुक लक्ष्मी बाहिर होउ दलिदर मन्त्र पढदै नाग्लो बाहिर छोडेर आउछिन् अनि सबै जनाले चावलको पिठोबाट बगिया पकाउछन् । तर अहिले नाग्लो ठाटाउने चलन हराउंदै गएको जस्तै छ ।

यस किसिमले अब अर्को दिनको कार्यक्रम शुरु हुन्छ । महिलाहरु बिहानै घरआंगन राम्ररी नीपपोत गर्छन्, । बस्तुभावहरु र अन्यचीजहरुमा पिठो र सिन्दुर लगाएर पूजा  गर्छन् । पुरुषहरु घरमा भएका सबै हलहतियार, जावलहरु, ढोक्काहरु, गाडी इत्यादिहरु पानीले धुन्छन् र सफागरेका सबै चीजहरु चौका गरेको ठाउंमा राख्छन्,। धान, पिठो तथा सिन्दुरले यी सबै सामग्रीहरुको पूजा गरेर दुई दिनसम्म न चलाई सफा लुगाले छोपेर राख्दछ । वस्तुभावहरुलाई, चाराहरु, दानाहरु, धानहरु, बगियाहरु, नुनहरु खूब खुवाउदछन् ।

बस्तुभाववालाहरु दिउंसोको लागि हुंरा बनाउन यसका सामग्रीहरु जम्मा गरेर जान्ने मानिसहरुबाट हुरा तयार गरिन्छ । महिलाहरु गोठमा गई गोबरबाट दुईवटा गोदहैनी (गोबर्धन) बनाउं छिन् र त्यसलाई कोदो, पिठो, सिन्दुर, तेल र घिरौलाको पत्ता र फूलले पूजा गरिन्छन् । यी गोदहैनीहरुवाट अर्को दिन चिपरी (रोटी) जस्तो बनाउं छिन् जुन चिपरीहरुबाट नेमानमा (नवअन्न खाने पर्वमा) आगोबाल्ने गरिन्छ । गोठ खूब राम्ररी विकास गरोस् त्यसको लागि हरेक गोठधनीले गोठ देउतालाई गोठमा गई गाई पूजाकै दिन परेबाहरु चढाउ छन् ।

दिउंसो हुरावालाहरु बजागाजासाथ हरेक घर हुरा लिएर पुग्दछ । महिलाहरु हुराको विधिवत पूजा गरेर रुपैया पैसा चढाउं छिन् । पुरुषहरु दिउंसोको खानाखाई आ-आफ्ना वस्तुभावहरुलाई विभिन्न रंगहरुले सिंगारने गरिन्छन्, तोरीको तेल, बकाइनको रसहरु पिलाउने गरिन्छन् अनि बेलुकि तिर गांउका सबै वस्तुभावहरु एकठाउंमा जम्मा गरेर हुरादिने गरिन्छ । भैसीको हकमा भैसी गोठालाहरु विशेष मनोरंजनको लागि हुरामा पाहुर बांधेर हुंरादिने चलन पनि छ । यसपछि कुनै कुनै समुदायमा मानिसहरुमा आपसमा कुश्ती पनि खेल्ने गरिन्छ ।

अन्तमा सबै वस्तुभाववालाहरु आ-आफना वस्तुहरुको जिउमा पानी छर्केर घरल्याउने गरिन्छन् । महिलाहरु राती पूजनको लागि तयार पारेका पिठोका सबै चीजवीजहरु  जलाशयमा गई जलप्रवाह गरेर घर फर्किछन् र राती फेरि घरदेउताहरु र अन्य देवोस्थलहरु र घर आगनमा दियो बालेर घरआंगन जगामग पारी पूजा गरी खाना खाई सुत्द्छन् । यो एक दिन हलो र गाडाहरु केही चल्दैनन्। यस किसिमले यो वर्षको सुकराती पर्वको अन्त हुन्छ ।

पर्वको महत्व:
यो पर्वको धरै महत्व छ । यो धार्मिक, सामाजिक, आर्थिक तथा बैज्ञानिक महत्व बोकेको पर्व हो । अरुको उपकार तथा भलाई चिताउन ठूलो धर्म हो । यस पर्वमा मानिसहरु आफना भलो न चिताई पशुधनको सेवामा, हितमा लागेको यो पर्व एउटा ठूलो उदाहरण हो । त्यस्तै सामाजिक एकत्ता, पारस्परिक सहयोग तथा सहानुभूतिको लागि पनि यो पर्व प्रख्यात् छ । यो पर्वले अनध्यारोलाई नासगरी उज्यालो पारे जस्तै समाजका हरेक मानिसको मनका विकार नष्ट गरी राम्रो मानिस बनने संन्देश दिन्छ भने समाजका सबै बैमान, भ्रष्ट, दुराचारीहरु यस पर्वमा सबै रोगब्याधीहरु आगोमा डढेर नष्ट भए जस्तै तिनीहरु पनि नष्ट होऊन भने कुरो बुझिन्छ ।

यस पर्वमा चारैतिर एउटा मनमोहकरुप बनेपछि मन पनि आन्नदित र प्रफुलित हुन्छ । आर्थिकरुपमा हेर्ने हो भने यो पर्व अर्थको यो मूल मन्त्रनै हो भने बुझिन्छ । भनाई छ “हलोको नसार सियो सबैको आशा” । त्यस्तै बैज्ञानिकरुपमा हेर्ने हो भने यो पर्व पशु स्वास्थ्यको लागि मात्रै प्रख्यात छैन् कि यस पर्वमा सफासुघरपन्ना पनि त्यतिकै यसको मूख्य पक्ष हो । काठका समानहरुमा यस अवसरमा तोरीको तेल दल्दा उ राम्रो देखिनुको साथै उसको आयु पनि बढ्दछ । यसको अर्को फैईदा के देखिन्छ भने पुरै समुदयका सबै जनाहरु हुंक्कापात्ती एउटा अभियानकोरुपमा एक्कै ठाउंमा खेल्दा त्यहॉका लामखुट्टे तथा अन्य मक्षरहरुको नासभई थारुहरु औलो क्षेत्रमा पनि निर्धक्करुपले वर्षौदेखि बस्न सकेको कुरो जगजाहिर छ ।

खराबपक्ष:

यो पर्वको एउटा खराब पक्ष के छ भने अलि असावधान हुने वितिक्कै पूरै गाउं-घरनै आगोले डढेर सखाप हुनसक्छ । दोश्रो खराबी के भन्न सकिन्छ भने हुक्कापात्तीको आगोमा अताउत्ता कुद्दा आगोमा खसेर पोलन सकिन्छ र कहिले कॉही कुश्तीस्थलमा पनि मारपीट हुन सकिन्छ । त्यसकारण जस्तै सुक्कै पर्व किन्न न हो्स्, सावधानी लिनै पर्ने हुन्छ ।

निष्कर्ष: 
हुनत: खराबी वा उसका कमजोर पक्षहरु प्राय: जस्तो सुक्कै राम्रा चीजहरुसंग पनि केही न केही मात्रामा मौजुद हुन्छन् । सूर्यमा पनि ताप छ । तर त्यो खराबी कतिमात्रामा छ, सुधारात्मक छ कि छैन् यसमा भरपर्छ । यसरी विचार गर्दा सुकराती पर्वमा खराबी नगन्य मात्रामा छ र यसलाई अलिकति सावधानी राख्दैमा यसको खराबीबाट मुक्त हुन सकिन्छ ।

 तर यसका सबलपक्षहरु धेरै छन् । मानिसहरु अहिले यसका महत्व न बुझेर होलान् अर्थात् सफाई सुघरपन्नका महत्व नबुझेर होलान्, गाउ-घर दिनकादिन फोहर भई गाउ-घरको सुन्दरता त गयो गयो साथै मानिसहरु थरीथरीका रोगहरुबाट पीडित भई मृत्तवरण गर्न बाध्य छन् । मानिसहरुले खेती-किसानी गर्न गोरुशक्तिको विकल्प आविष्कार गरिसक्दा पनि पशुहरुले प्रदान गर्ने गोठे मल महत्वपूर्ण रहिरन्छ । मानिसहरु यी कुराहरु बिर्सेर यी पर्वहरुमा धेरै परिर्वन गरेर यी पर्वहरुको मौलिकताबाट टाढा भईसके छन् । समयानुसार परिवर्तन हुनु खराब होईन खराबी छ केवल कुरो बुझनु न बुझनुमा । समाप्त