सुकराती/सुकराइत/सुखरात्रि
नोभेम्बर २, २०१३,
परिचय:यो पर्व थारुहरुको महान पर्व पावैन हो । यो पर्व थारु वाहेक अन्य हिन्दुहरु पनि मान्द्छन् । यस पर्वलाई कोई सुकराती, कोई तिहार त कोई दीपावली ईत्यादि आ-आफ्ना चलनचल्ती अनुसार अनेक नामले मान्द्छन् अथवा पर्व एक र नाम अनेक मात्रै हुन् । तर यो पर्व जे जसो नामले मान्दा पनि यस पर्व अन्तर्गत धेरै पर्वहरु समाविष्ट भएका छन् जस्तै काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा तथा भाई टीका इत्यादि । तर थारुहरुले यो पर्व केवल दुई दिन मात्रै आमावश्याको दिन बेलुकी पहर लक्ष्मी पूजा र हुंक्कापात्ती तथा अर्को दिन गाई पूजा, गोदहनी गोवर्धन पूजा र हुंराहुंरी पूजा गर्ने चलन छ ।
यो पर्व थारुहरुको लागि प्रत्येक वर्ष कार्तिक कृष्णपक्ष आमावश्या देखि कार्तिक शुल्क पक्ष परिवा तिथिसम्म मान्ने गरिन्छ । तर यदि परिवा तिथि विहिवार पर्यो भने गाईपूजा, गोबर्धनपूजा र हुराहुरी एक दिन ढिलो हुन्छ । यस दिनलाई थारुहरु खाली दिन मान्द्छन् । त्यस दिन थारुहरु गाई ईत्यादि वस्तुभावहरुको पूजा र गोबर्धन पूजा गरिदैनन् र त्यस दिन हुराहुरी पनि दिदैनन् ।
यस पर्वको दर्षण:
यो सुकराती पर्व मानिसको भन्दा पनि लक्ष्मीमाता र वस्तुभावहरुको पर्व हो । यस पर्वमा मानिसहरुलाई मिठो-मिठो खानु र लाउनुभन्द वस्तुभावहरुलाई मिठोमिठो तथा पौष्टिक खानेकुराहरु: दाना र चाराहरु खुवाउने तथा सिंगारने चलन छ ।
मानिसहरु जे गर्दछन् त्यो लक्ष्मी अर्थात् धन-सम्पतिको लागि गर्दछन् । त्यसैले लक्ष्मीलाई पूज्नु स्वभाविक हो । लक्ष्मीउपार्जनका लागि थारुहरुका मूख्य पेशा कृषि हो र कृषि पेशा अथवा खेतीगर्न वस्तुभावहरुको अहम भूमिका रहेकोले वस्तुभावहरुलाई मान गर्नु पनि स्वभाविक कुरा हो । वर्षायामका अनेक पशुरोगब्याधिका कारण तथा खेतीमा गोरु/बहर तथा रांगाहरु बढिलागिपरेका कारण कमजोर भईसकेका हुन्छन् । यसलाई पुन: कामयाबी बनाउनु मानिसको धर्म हो । नत्र वस्तुभावहरु कमजोर भएर वा मृतभएर कृषकलाई थप समस्या समाधान गर्नु पर्ने हुनसक्छ । मलाई लाग्छ शायद आफ्ना वस्तुभावहरुलाई पुनरबलियो बनाई आफना कृषितन्त्र पुन: सुचालुबनाई राख्न कृषकहरुको यो पर्व एउटा बैज्ञानिक रणनीति हो ।
यो कृषि पेशा संसारका सबैभन्दा पूराना पेशा हुन् । त्यसकारण सभ्यताको शुरुवात अथवा कृषिको शुरुवातकै हाराहारीदेखिनै यो पर्व शुरु भएको होला भने सजिलैसंग अनुमान गर्न सकिन्छ ।
पर्व मनाउने विधि:
यो पर्वको तैयारीमा कृषकहरु यो पर्व आउनुभन्दा एक-दुई महिना पहिलेदेखिनै आ-आफ्नाबस्तुभावहरुलाई मिठोमिठो तथा पौष्टिक चाराहरु खुवाएर बलियो बनाउन थाल्छन् । पर्वको लगभग दुई हप्ता अगाडिदेखिनै मानिसहरु आ-आफ्ना घर-आंगन, गोठ तथा खलिहानहरुमा नयॉ माटो पुर्ने, मिलाउने, लेप राखने तथा सफासुघर गर्ने, लिपपोत गर्ने र विभिन्न रंगरोगन लगाएर घर ऑगन सुन्दर बनाउन थाल्दछन् ।
यस किसिमले पर्वको पहिलो दिन अथवा आमावश्याको दिन लक्ष्मी पूजाको दिन दिउसोनै घरमूलीले सन्ठी/ सनपाटको कडाभाग, बबई र बढनी/ राडीझार मिसाएर बबईको पांच-पांचवटा बन्धनयुक्त घरपरिवारमा हुक्कापाती खेलनसकने मानिसको संख्या अनुसार हुक्कापाती बनाएर राख्छन् । बेलुकी आवश्यकतानुसार दियो बाल्न ठीक पार्छन् र सूर्यास्तपछि पहिले घर देउता, अन्यदेवो स्थलहरु र घर-आंगन जगामय हुने किसिमले बत्ती र धूप बाल्छन् । देउताघरको ढोकामा चिम्टियालो माटोले पोतेर त्यसमा पिठो र सिन्दुरबाट मडी/ घेरा बनाउंछ , त्यसमा धान र घोप्टोपारी तामा ( काठको बनेको भाडो) राख्दछ अनि तामाको पिंधमा पनि पिठोको चक्र बनाई त्यसमा सिन्दुर लगाई त्यस तामाको पिंधमा बलिरहेको दियो राख्छ ।
ऑगनमा पनि चिम्टियालो माटोले महिलाले चौक्का बनाउंछ, त्यसमा बनाईराखेका सबै हुंक्कापात्ती राखेर पिठो र सिन्दुरले पूजा गरिन्छ, एउटा हुक्कापाती देउताघरको छानोमा फाल्छ, बांकी हुक्कापात्तीहरु खेल्ने सदस्यहरुले आ-आफ्ना भाग बोक्छन् र होसियार सदस्यहरु देउत्ता घरको ढोकामा पूजा गरेर बलिराखेको दियोमा आगो बाली पहिला देउत्ता घरको ढोकामा त्यसपछि अरुघरकाढोकाहरु पाल्लैपालो घुमाई घुमाई मन्त्र “अ्न्न धन लक्ष्मी, घर ढुक/ प्रवेशगर लक्ष्मी, बाहिर होउ दलिदर” तीन पटकको दरले यो मन्त्र पढ्छन् अनि खुल्ला फराकिलो चौर वा नदीहरुमा गएर हुक्कापात्ती हल्लाई-हल्लाई खेल्छन् । यतिखेर गाउंका सबैजना खेल्न एक्कैठाउंमा जम्मा भएर खेलिरहेको दृश्य रातीमा बडो आकर्षक देखिन्छ । पछि यो सिध्नलागेपछि सबै जना बांकी रहेका हुक्कापाती एक्कै ठाउंमा राखी आगो बाल्दछ र सबै ठुटाहरु जलिसकेपछि आगो निभाएर अन्तमा निभिएका केही ठुटाहरु लिएर सहभागीहरु आ-आफ्ना घर फर्किन्छन् । ती ठुटाहरु कोही घरमा राखछन् भने कोही तरकारीवारीमा गाडेर आउछन् । जन विश्वाष के छ भने तरकारीमा रोग ब्याधी लाग्दैनन् ।
त्यसपछि सबै खाना खान्छन् अनि महिलाहरु त्यस परिवारमा भएजतिका वस्तुभावहरु, भेडाबाख्राका संख्यानुसार पिठोबाट बस्तुभावहरुको मूर्ति बनाउछन् र सुत्नुअघि ती बनेका चीजहरु र अन्य विभिन्न पूजन सामग्रीहरु तथा रुपैयापैसाले गोठमा गई बस्तुभावहरु पूजेर आउछन् अनि त्यही रातीको अन्तिम पहरमा महिलाहरु उठ्छन् र पहिला घरमूली महिलाले नांग्लो देउघरबाट सबै घर आंगन गोठ दरवाजासम्म ठटाउदै अन्नधन लक्ष्मी घरढुक लक्ष्मी बाहिर होउ दलिदर मन्त्र पढदै नाग्लो बाहिर छोडेर आउछिन् अनि सबै जनाले चावलको पिठोबाट बगिया पकाउछन् । तर अहिले नाग्लो ठाटाउने चलन हराउंदै गएको जस्तै छ ।
यस किसिमले अब अर्को दिनको कार्यक्रम शुरु हुन्छ । महिलाहरु बिहानै घरआंगन राम्ररी नीपपोत गर्छन्, । बस्तुभावहरु र अन्यचीजहरुमा पिठो र सिन्दुर लगाएर पूजा गर्छन् । पुरुषहरु घरमा भएका सबै हलहतियार, जावलहरु, ढोक्काहरु, गाडी इत्यादिहरु पानीले धुन्छन् र सफागरेका सबै चीजहरु चौका गरेको ठाउंमा राख्छन्,। धान, पिठो तथा सिन्दुरले यी सबै सामग्रीहरुको पूजा गरेर दुई दिनसम्म न चलाई सफा लुगाले छोपेर राख्दछ । वस्तुभावहरुलाई, चाराहरु, दानाहरु, धानहरु, बगियाहरु, नुनहरु खूब खुवाउदछन् ।
बस्तुभाववालाहरु दिउंसोको लागि हुंरा बनाउन यसका सामग्रीहरु जम्मा गरेर जान्ने मानिसहरुबाट हुरा तयार गरिन्छ । महिलाहरु गोठमा गई गोबरबाट दुईवटा गोदहैनी (गोबर्धन) बनाउं छिन् र त्यसलाई कोदो, पिठो, सिन्दुर, तेल र घिरौलाको पत्ता र फूलले पूजा गरिन्छन् । यी गोदहैनीहरुवाट अर्को दिन चिपरी (रोटी) जस्तो बनाउं छिन् जुन चिपरीहरुबाट नेमानमा (नवअन्न खाने पर्वमा) आगोबाल्ने गरिन्छ । गोठ खूब राम्ररी विकास गरोस् त्यसको लागि हरेक गोठधनीले गोठ देउतालाई गोठमा गई गाई पूजाकै दिन परेबाहरु चढाउ छन् ।
दिउंसो हुरावालाहरु बजागाजासाथ हरेक घर हुरा लिएर पुग्दछ । महिलाहरु हुराको विधिवत पूजा गरेर रुपैया पैसा चढाउं छिन् । पुरुषहरु दिउंसोको खानाखाई आ-आफ्ना वस्तुभावहरुलाई विभिन्न रंगहरुले सिंगारने गरिन्छन्, तोरीको तेल, बकाइनको रसहरु पिलाउने गरिन्छन् अनि बेलुकि तिर गांउका सबै वस्तुभावहरु एकठाउंमा जम्मा गरेर हुरादिने गरिन्छ । भैसीको हकमा भैसी गोठालाहरु विशेष मनोरंजनको लागि हुरामा पाहुर बांधेर हुंरादिने चलन पनि छ । यसपछि कुनै कुनै समुदायमा मानिसहरुमा आपसमा कुश्ती पनि खेल्ने गरिन्छ ।
अन्तमा सबै वस्तुभाववालाहरु आ-आफना वस्तुहरुको जिउमा पानी छर्केर घरल्याउने गरिन्छन् । महिलाहरु राती पूजनको लागि तयार पारेका पिठोका सबै चीजवीजहरु जलाशयमा गई जलप्रवाह गरेर घर फर्किछन् र राती फेरि घरदेउताहरु र अन्य देवोस्थलहरु र घर आगनमा दियो बालेर घरआंगन जगामग पारी पूजा गरी खाना खाई सुत्द्छन् । यो एक दिन हलो र गाडाहरु केही चल्दैनन्। यस किसिमले यो वर्षको सुकराती पर्वको अन्त हुन्छ ।
पर्वको महत्व:
यो पर्वको धरै महत्व छ । यो धार्मिक, सामाजिक, आर्थिक तथा बैज्ञानिक महत्व बोकेको पर्व हो । अरुको उपकार तथा भलाई चिताउन ठूलो धर्म हो । यस पर्वमा मानिसहरु आफना भलो न चिताई पशुधनको सेवामा, हितमा लागेको यो पर्व एउटा ठूलो उदाहरण हो । त्यस्तै सामाजिक एकत्ता, पारस्परिक सहयोग तथा सहानुभूतिको लागि पनि यो पर्व प्रख्यात् छ । यो पर्वले अनध्यारोलाई नासगरी उज्यालो पारे जस्तै समाजका हरेक मानिसको मनका विकार नष्ट गरी राम्रो मानिस बनने संन्देश दिन्छ भने समाजका सबै बैमान, भ्रष्ट, दुराचारीहरु यस पर्वमा सबै रोगब्याधीहरु आगोमा डढेर नष्ट भए जस्तै तिनीहरु पनि नष्ट होऊन भने कुरो बुझिन्छ ।
यस पर्वमा चारैतिर एउटा मनमोहकरुप बनेपछि मन पनि आन्नदित र प्रफुलित हुन्छ । आर्थिकरुपमा हेर्ने हो भने यो पर्व अर्थको यो मूल मन्त्रनै हो भने बुझिन्छ । भनाई छ “हलोको नसार सियो सबैको आशा” । त्यस्तै बैज्ञानिकरुपमा हेर्ने हो भने यो पर्व पशु स्वास्थ्यको लागि मात्रै प्रख्यात छैन् कि यस पर्वमा सफासुघरपन्ना पनि त्यतिकै यसको मूख्य पक्ष हो । काठका समानहरुमा यस अवसरमा तोरीको तेल दल्दा उ राम्रो देखिनुको साथै उसको आयु पनि बढ्दछ । यसको अर्को फैईदा के देखिन्छ भने पुरै समुदयका सबै जनाहरु हुंक्कापात्ती एउटा अभियानकोरुपमा एक्कै ठाउंमा खेल्दा त्यहॉका लामखुट्टे तथा अन्य मक्षरहरुको नासभई थारुहरु औलो क्षेत्रमा पनि निर्धक्करुपले वर्षौदेखि बस्न सकेको कुरो जगजाहिर छ ।
खराबपक्ष:
यो पर्वको एउटा खराब पक्ष के छ भने अलि असावधान हुने वितिक्कै पूरै गाउं-घरनै आगोले डढेर सखाप हुनसक्छ । दोश्रो खराबी के भन्न सकिन्छ भने हुक्कापात्तीको आगोमा अताउत्ता कुद्दा आगोमा खसेर पोलन सकिन्छ र कहिले कॉही कुश्तीस्थलमा पनि मारपीट हुन सकिन्छ । त्यसकारण जस्तै सुक्कै पर्व किन्न न हो्स्, सावधानी लिनै पर्ने हुन्छ ।
निष्कर्ष:
हुनत: खराबी वा उसका कमजोर पक्षहरु प्राय: जस्तो सुक्कै राम्रा चीजहरुसंग पनि केही न केही मात्रामा मौजुद हुन्छन् । सूर्यमा पनि ताप छ । तर त्यो खराबी कतिमात्रामा छ, सुधारात्मक छ कि छैन् यसमा भरपर्छ । यसरी विचार गर्दा सुकराती पर्वमा खराबी नगन्य मात्रामा छ र यसलाई अलिकति सावधानी राख्दैमा यसको खराबीबाट मुक्त हुन सकिन्छ ।
तर यसका सबलपक्षहरु धेरै छन् । मानिसहरु अहिले यसका महत्व न बुझेर होलान् अर्थात् सफाई सुघरपन्नका महत्व नबुझेर होलान्, गाउ-घर दिनकादिन फोहर भई गाउ-घरको सुन्दरता त गयो गयो साथै मानिसहरु थरीथरीका रोगहरुबाट पीडित भई मृत्तवरण गर्न बाध्य छन् । मानिसहरुले खेती-किसानी गर्न गोरुशक्तिको विकल्प आविष्कार गरिसक्दा पनि पशुहरुले प्रदान गर्ने गोठे मल महत्वपूर्ण रहिरन्छ । मानिसहरु यी कुराहरु बिर्सेर यी पर्वहरुमा धेरै परिर्वन गरेर यी पर्वहरुको मौलिकताबाट टाढा भईसके छन् । समयानुसार परिवर्तन हुनु खराब होईन खराबी छ केवल कुरो बुझनु न बुझनुमा । समाप्त
No comments:
Post a Comment